बिशेस समाचार

संसदीय व्यवस्था र पुजीवाद जनतामा जवरजस्ती लाद्न खोजे युवाहरू छापामार बनेर अवश्य दलालको गर्दन रेट्न आउँनेछन्

धेरै जिज्ञासा अनि प्रश्नले भरिएको यो मनलाई आजको नेपालको राजनितिमा आएको तरङ्गलाई विश्लेशण गर्न खोज्दैछ । म अथवा हामी अहिलेशान्ति प्रक्रियामा छौ या त सङक्रमणकालमा छौ त्यो थाहा पाउन एक निमुखा परिवारमा गएर बुझ्नु पर्ने हुन्छ जो १० बर्षे जनयुद्धको वरिपरी हुर्केको र पछिल्लो १० वर्षे शान्ति प्रक्रियामा आएको र वेरोजगार युवा अनि गरिवीले उथुल पुथुल भएको वा माया ममता अनि स्नेहा पाउने समयमा टुहुरो भएको बालकसँग वा सोध्नुपर्दछ बुढेसकालमा साहारा पाउने अवस्थामा छोरा सहिद भएकालाई ? या त सोध्नुपर्दछ जतिखेर बिहेवारी गरेर घरजम गर्ने बेलामा आफ्नो लोकने सहिद भएकोलाई ? या त सोध्नु पर्दछ डिग्री पास गरेर खाडीमा रगत बगाएको युवालाई ?

नेपालको राजनिती त अहिले बजारमा विग्रि गर्न राखिएको कवाडि झै भइसक्यो १० बर्षे जनयुद्धमा सोझा युवाहरुलाई नौलो जनवाद ल्याउनको लागि हामीले बलिदान गर्नैपर्छ भन्ने बाबुराम अनि प्रचण्ड ! अनि गाउँगाउँमा गएर समाजवाद अनि जनसत्ता ल्याउनु पर्छ भन्दै हिन्ने माउवादीका दलाल, भष्ट्रहरु संसदिय व्यवस्थामा कुकुरले पुच्छर निहुराए झै लम्पसार भए ! जतिबेला रोजगारको खाँचो भएका बेला युवाहरुलाई जनमुक्तिमा भर्ति बनाएर संस्दिय व्यवस्थालाई ढाल्नका निम्ति र नौलो जनवाद ल्याउछौँ भन्ने महान जनयुद्धका महानायकहरुले जसरी छापामार बनाएर दलाललाई समातेर ढुङ्गाले किल्चिकिल्चि मार्ने हाम्रा महानायकहरु अनि १० हजार सहिदले तातो तातो राइफलका गोलि खाई खाई आफु मरेर यीनीहरुलाई बचाए ! उनीहरुले मर्दा खेरी भन्ने गर्दथे कमरेड गदार नगर्नहोला लाल सलाम भन्दै विदाइ हुन्थे अनि तिनै हाम्रा महानायकले भाषण मज्जाले दिन्थे कमरेडहरुको सपना पुरा गरेरै छाड्ने छौ भनेर ! अनि उनीहरुको सम्झनामा मौन धारण पनि बस्थे ! उच्च सहादत पाउनु भयो पनि भन्थे !

अनि यिनै महानायकहरुले भाषण गर्देथे गदार गर्नेलाई मार्नुपर्दछ बचाउनुहुन्न यी गदारहरुले हामीलाई सिध्याउछन हाम्रा सहिदका सपनामा खेलवाड गर्नेछन् भनेर ! अनि जब चुवाङ्गको वार्ताबाट शान्ति प्रक्रियामा जानु भयो हाम्रा नायकहरु जङ्गलका बाघ भनेर चिन्निने शहर पसेर त स्याल बनेर संस्दिय व्यवस्थामा लम्पसार हुनु भयो । हामीले मान्ने गरेका महानायक भनेर चिन्निने क.प्रचण्ड क.बाबुराम अन्य अरु त खलनायक पो हुनुहुदोरहेछ ! तेत्रो १० वर्षे जनयुद्ध हाकेका हाम्रा महानायकहरुले त सहिदको सपनामा पो खेलवाड गरिरहनु भएको रहेछ । सहिदले बगाएको रगतलाई डलरले साट्न थाल्नु भएछ । अनि घर, बंग्लामा बसेर हिजोका दिनमा रुकुमको चुनवाङ्गको डिढो र रोल्पा थबाङ्गको सिस्नु भुलेर चौरासी व्यन्जनमा रमाउन थाल्नु भयो ।

त्यहाँका सोझा साझाँ निमुखा जनताको पीठो खाएर अन्तिममा उहाँहरुलाई नै चिन्दैन म सम्म भन्न थाल्नु भयो । हिजो तेत्रो १० वर्षे संकटकालमा मृत्युको मुखमा पसेका प्रचण्ड बाबुरालाई त्यहाँका जनताले गुण लगाएको यस्तो देख्न पो रहेछ । बरु उहाँहरु त्यतिखेरै संकटकालमा मर्नु भएको भए यस्तो दिन देख्नु पर्दैन्थ्यो होला । संकटकालमा मर्नु भएको भए १० हजारमा ५, ६ जना थपिएर सम्मान अनि विर योद्धाका नामले चिरपरिचत हुनुहुन्थ्यो होला कम्सेकम यसरी पुत्लासम्म त पक्कै जलाइन्थ्यो होला ! या त अहिले तस्विरलाई सलाम ठोकिन्थ्यो होला । अव त केबल उहाँहरुले पाउने सम्मान केवल ३ वटा शब्द मात्र बाँकी राख्नु भएको छ ! त्यो हो गदार बाबुराम, गदार प्रचण्ड, गदार अन्नत, गदार पासाङ्ग………………यस्तै अरु माकेका दलाल, माफिया !

अव त सहिदको आत्माले पनि भन्न थालिसक्यो यी दलालको दिन छोटिदै छ भनेर ! क.प्रचण्ड, क.बाबुराम, क.वर्षमानहरुले नभुल्नुहोस इतिहासका शहिदहरुलाई किनकि उहाँहरुको आत्मा अँझै पनि भड्किरहेको छ ! सहिदका आत्माले तपाईहरुलाई जतिखेर पनि सोध्न सक्छन् तपाईको गर्धन छिन्निने दिन आउदैछन् भनेर ! किनकि यो तपाईहरुले सहिदको रगतमा खेलेको भुल हो । अझै पनि समय छ मरि लानु के नै छ र ! १० वर्षे युद्ध हाकेर राजतन्त्र पल्टाएर आउने तपाईहरु नै त हो ? तपाईहरुले चाहे पछि संस्दिय व्यवस्था पनि पल्टिने छ ।

तपाईहरुले अहिले जुन बामगठबन्धनको नारा सहिद आउनु भएको छ ! त्यो विल्कुल गलत छ किनकि हिजोका दिनमा कुनै पनि व्यक्तिले माउवादी भोलि गएर संस्दिय व्यवस्थासँग या एमाले काङ्गेससँग एकता वा विलय हुनका लागि सहिद भएका पक्कै होइनन् । त्यसैले यसमा नअल्मलिनुस किनकि यो व्यवस्था नै ठिक छैन । भने हामी यो देशमा शान्ति, शुरक्षा, विकास कुनै पनि सम्भव छैन् किनकि, कुनै पनि विष भएको पोखरीमा जति पनि माछा हाले पनि बाँच्न असम्भव छ ! माछा बचाउनका लागि पोखरीको सबै पानि नै फाल्नु पर्दछ अनि मात्र सम्भव छ ।

अहिले जसरी पैसाको भरमा जसरी चुनाव जितेका छन् ति पात्रले कहिल्यै यो देश र गाउँ बिकासको लागि सोच्ने छैनन् र संसदिय दलाल, बुर्जवा, पुजीवादीबाट आएका पात्रले सबै थोक बेचेर आफ्नो बाकस भर्नेछन् । जसरी पुजीवादले जनताको दुवै हात खुट्टा काटेर अपाङ्ग बनाएर दिन विताउन गाह्रो बनाइदिएको छ । अनि दिनदिनै महंगी बढ्दैछ ! पुजीबाद र संसदिय व्यवस्थाबाट समाजबाद ल्याउछु भन्ने हाम्रा दलालहरुले सोच्दा हुन्छ हलुवामा बालुवा मिसाएको सरह हो भन्ने ।

जसरी अहिलेको परिस्थतीलाई विशलेषण गर्ने हो भने दलाल भनौ या नेता भनौदाहरु सामान्य रोग लाग्दा पनि उनीहरु विदेश गएर देशको जनताको करढौँको ढुकुटी रित्याउछन् । केपी ओलीजीका कुरा गरौँ भने उहाँ सामान्य झाँडापखला लाग्दा पनि थाइलेण्ड जानुहुन्छ । उहाँले नै भाषण थुर्नहुन्छ जाजरकोटमा रुघाँखोकीले मान्छे मर्दैैछन् का छ यो दलाल सरकार ! अनि काङ्ग्रेसका दलाल भनौँ या त नेता भनौदो शेरबहादुर देउवाका कुरा गरौँ उहाँले के भन्नु हुन्छ भने ‘उता भारतलाई ५० बिगा जमिन बेचेर त्यो सच्याउला ! यस्तै त उहाँहरुले कति सीमानाहरु बुझाइसक्नु भको छ यो उदाहरण भयो । त्यस्ता त छन हाम्रा पधानमन्त्री भनौ ! या त देशका जग्गा बिग्री गर्ने दलाल ? अनि हाम्रा जनसमुदायका कुरा गरौ यस्ता नेताका पछाडि लागेर संवृद्धि चाहान्छन् । कहिल्यै गाउँघरमा नाकमुख नदेखाउने दलाल, माफिया, भनौँ या त नेता भनौँदा आएर हुदैनभएका भाषण गरेर लोभमा पर्दछन अनि त्यस्कै पछि लागेर वा सर्वस्व ठानेर मेरो सबै यो नै हो भनेर लाग्छन ।

अनि त्यस्का आखेपाखे भनौदा भनौ या थोरै भएपनि धनले मात्तिएका भनौ या दलाल भनौ गाउँ घरमा थोरै भए पनि दान गर्ने समयमा वा सहयोग गर्न अघि सर्धैन्न र चुनावमा टिकटको लागि मरिहत्ते गर्दछ अनि टिकत पनि पाउँछ जो जीवन भर आफ्नो जीवनलाई राजनितीमा सुुम्पेके हुन्छ जनताको लागि दान गरेको हुन्छ उसलाई पछार्दै उसले टिकट पाउँछ अनि गाउँमा आएर त्यसैले नै विकासका नाराका शब्दलाई डाको बस्ने गरी भुक्छ जसलाई राजनितीको र पनि आउदैन उसैले नै राजनितीको बारेमा गलत व्याख्या गर्दै हिन्छ जो कि राम्रोसँग क देखि ज्ञ सम्म अक्षर लेख्न आउदैनन् भनौन ! औला छापवाला छन् के यीनीहरुले गाउँबिकास गर्लान त ! अर्काे कुरा गाउँमा यो दलित यो कामी यो दमाई भन्दाखेरी मलाई दलित भन्यो भनेर अदालतमा गएर मुद्धा हाल्ने गर्दछ अनि त्यही जुन ब्यक्तिले मलाई दलित भन्न पाइदैन भन्नेले कुनै सेवासुविधा आएमा त्यही व्यक्ति नै म दलित म कामि म त दमाई हु भनेर अघि सर्छ ।

सेवा सुविधा पनि लिन्छ अनि कसैले तपाई त कामी हो है भन्यो भने पड्किन्छ । यस्तो त हाम्रो समाज ! अनि हामीले नै भित्रयाउने गर्दर्छौ दलाल, माफियाहरुलाई तै पनि बाजा गाजालिएर ! थुक्क यस्तालाई त वाजाले हैन ! शरिरमा वमबारुद राखेर स्वागत गर्नुपर्ने ! त्यसैले हामी कहिल्यै पनि नसोचौँ यस्ता दलालले गाँउ, शहर, विकास गर्ला ! त्यसैले यो व्यवस्थाले कहिल्यै पनि परिबर्तन ल्याउदैन र संसदिय व्यवस्थालाई ढाल्न् एकिकृत जनक्रान्ति आवश्यक पर्दछ । त्यसैले हामी एक हुनैपर्नेछ । संसदिय व्यवस्थालाई विगठन गर्न हामी छापामार पनि हुन तयार हुनुपर्नेछ ! सहिद हुन पनि तयार हुनुपर्नेछ ! या त बार्ताले नै सम्भव हुनेछ यो कुरा हाम्रा दलाल सरकारको हातमा नै छ ।

यी दलालहरुले आफुलाई सुधार्ने मौका अँझै छ ! जनतामा पुजीबाँद, संसदिय व्यवस्था जवरजस्ती लादन खोजेमा यो हामी निमुखा जनतालाई सुइकार्य हुने छैन् । अनि त्यतिखेर हामी युवाहरु छापामार बनेर अवश्य दलालको गर्दन रेटन आउनेछाैं ।

सुजन मल्लको स्टाटसबाट

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations