बिशेस समाचार

क्रान्तिकारी धारको नेतृत्व विप्लव नेतृत्वमा रहेको नेकपा : लोकेन्द्र बिष्टमगर

राजनीति       ,

कुनै बेला माओवादी पार्टीभित्र प्रभावशाली मानिने नेता बिष्टले रातो खबर साप्ताहिकलाई अन्तरवार्ता दिँदै प्रचण्ड अब एमालेमा विलय भएको बताए । उनले भने, ‘प्रचण्ड अब एमालेमा विलय हुँदै हुनुहुन्छ ।

माओवादी केन्द्रबाट राजीनामा दिएर बसेका रुकुमेली नेता लोकेन्द्र बिष्टमगरले संसदीय धारको नेतृत्व एमालेले र क्रान्तिकारी धारको नेतृत्व विप्लव नेतृत्वमा रहेको नेकपाले गरिरहको बताएका छन् ।

उहाँवरिपरि खासगरी चार घेरा छन् : पहिलो, परिवारको घेरा, दोस्रो पार्टीभित्रकै लोभीपापीहरूको घेरा, तेस्रो कमिसनखोर, तस्कर, शोषकसामन्तीको घेरा र चौथो देशीविदेशी प्रतिक्रियावादीको घेरा ।

त्यसैले प्रचण्ड इतिहासको कुनै क्षणमा आदर्श व्यक्ति हुनुहुन्थ्यो तर राजनीतिक आस्था र विचारका हिसाबले च्यूत भएपछि त्यो आदर्श उहाँले आफैँ भत्काउनुभयो ।’

आफ्नो पार्टीभित्र सैद्धान्तिक विषयलाई लिएर स्कुलिङ र प्रशिक्षणहरू कहिल्यै नभएको भन्दै बिष्टले माओवादी केन्द्र सङ्गठनात्मक रूपमा लथालिङ्ग भएको बताए ।

आफू क्रान्तिकारी धु्रवीकरणका पक्षमा रहेको बताउँदै बिष्टले गरिरहेको र गैरसंसदीय एवम् क्रान्तिकारी धारको नेतृत्व नेकपाले गरिरहको भन्दै माओवादी केन्द्रभित्र क्रान्तिप्रति आस्था राख्नेहरूलाई बेलैमा आँखा खोल्न आग्रह पनि गरेका छन् ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations