बिशेस समाचार

बालकृष्ण ढुंगेलले जेलबाटै ‘अदालतको अवहेलना सम्बन्धी मुद्धा’को लिखित जवाफ पठाएका छन्

HOT NEWS       ,

नेकपा माओवादीका नेता तथा ओखलढुङ्गाका चर्चित नेता एवम् पुर्व सभासद बालकृष्ण ढुंगेलले जेलबाटै ‘अदालतको अवहेलना सम्बन्धी मुद्धा’को लिखित जवाफ पठाएका छन् । लिखित जवाफ सगै ढुङ्गेलले आफु राजनीतिक अभियन्ता भएको पुन दोहो¥याएका छन् । ढुंगेलले बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् ।
ढुंगेल ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतको आदेशमा डिल्लिबजारस्थित कारागारमा सर्वश्वसहित जन्मकैद भूक्तान गरिरहेका छन् । गत कात्तिक १४ मा ललितपुरबाट नेपाल प्रहरीको सिआईबी टोलीले उनलाई पक्राउ गरेको थियो । अधिवक्ता दिनेश त्रिपाठीद्वारा दायर अदालतको अवहेलना सम्बन्धी मुद्धाको बारेमा कारागारबाटै ढुंगेलले लिखित जवाफ फर्काएका हुन् ।

ढुंगेलले आफूले श्रेष्ठको हत्या नगरेको दाबी गर्दै अदालत, मिडिया तथा मानव अधिकारकर्मी पूर्वाग्रही बनेको आरोप पनि लगाएका छन् । ‘मृतक भनिएको व्यक्तिको शव नै फेला परेको छैन । लाश नभेटिएको कुरा जाहेरीमा तथा अभियोग पत्रमा समेत उल्लेख गरिएको छ ।’

ढुङ्गेलको जवाफमा भनिएको छ,‘ मारिएको भनिएको व्यक्तिको शव नै फेला नपरेको भनी स्वयं जाहेरवाला र अभियोजनकर्ताले नै स्वीकार गरिरहेको अवस्थामा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३९३० बमोजिम कसुरदार कायम हुन सक्दैन । तर यो मुद्दामा शब नै फेला नपरेको भएपनि मलाई सर्वस्वसहित जन्म कैदको सजाँय हुनेगरी फैसला भएको छ ।’

‘कथित मानवअधिकारको नाममा सडकमा मानव अधिकारको ढोल पिटेर नाटकीय रूपमा रुवावासी चलाएको भरमा तथा केही प्रकाशनगृहले योजनाबद्ध ढंगले सूचनाको स्रोत, अध्ययन र आधारबिना पीतपत्रकारिताको रूपमा नियोजित तरिकाले समाचार सम्प्रेषण गरेकै आधारमा न्यायालय प्रभावित भई फैसला गरेको छ ।’ ढुंगेलले लिखित जवाफमा भनेका छन्,‘ आफू उक्त दिन घटनास्थलमा नभई पसलेको ऋण तिर्न गएको र सो दिन पसलेकै घरमा बसेकाले घटनामा आफ्नो संलग्नता छैन ।’

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations