बिशेस समाचार

संगीन साझहरुमा स्टालिन

फेरि पात्रो पलटियो
ती पुराना संगीन साझहरु
अनि जुनकीरीहरु
याद आईरहेका छन।

स्टालिनले बिताएका
ती जिवनहरु खोज्न जरुरि छ ,
रातो लालटीन बालेर सहरमा
संसदीय दलालहरु खोज्नु छ ,
जसरी बोसिभिक हरुले
मेनसिभिक , क्रान्तिकारी नामका सोसिएलिस्त
र जार हरु लाई खोजीखोजी
धुलो चटाए ।

हो ! अब
नयाँ टुकडी ले सहर मा गर्ने छन,
त्यो युवाले गर्ने छन
पुरानो टुकडी ले सिंहदरबारमा
गर्नेछ्न
त्यो वृद्ध हरुले गर्नेछन् ।

तिमीहरूका सभा हरु
साम्राज्यवाद र पुजिवाद का
पैसा खन्याउने
मलका खाडल बन्ने छन
अनि जूका जस्तै मोटाउनेछौ ।

तर,
जनता अनि
नेपालका बोल्सिभिक हरु ले
चाइनाका माओवादी हरुले
तिमीहरू को घाटी तन्काएर
फाल्ने छन
तेसैले आज ,
ती, सङ्गिन साझहरु याद आरेरहेका छन ।

तिमीहरू ,
कागजी बाघका डमरू हरु हौ
या शिवजि का ,
हामी सिंहका डमरू हौ
राज्य तिमीहरू जस्तो चितुवाको हैन
जनता को हो त्यो फिर्ता गर ।

आज स्तालिन ले पनि सोभियत संघ
सम्झेका छन क्रान्तिकारी रसीयाले
स्तालिनलाई सम्झेको छ।
छितिज मा नयाँ चे हरु
उभिएका छन ,
विश्वो सर्बहारा वर्गसंघर्षमा।
तिमीहरु का रंगिन साझहहरु माथी
जनता ले बारुद बर्साउदै छन ,
तिमी हरुको मुतको न्यानो हैन
समाजवाद !
खबरदार त्यो
भुकम्पको नयाँ लहर हो।
अब तिमीहरू को बिसर्जन लाई
बाढार्ने हुरी आउदै छ।
किनकि युवा हरुले
हिरासतमा साझ बिताइरहेका छन ।
झुट्टमुद्दा हरु अनि,
त्रास फ्याकी रहेका छौ !
तर तिम्रो मुटुमा ध्याङ्ग्रो
बजिरहेको छ।

हामीलाई कुनै प्रवाह छैन
किनकि अब तिमीहरू का
झन निद हरामा हुनेछन।
एकीकृत जनक्रान्ती ले
अर्को पाइला चाल्दै छ।
सुनौलो बैज्ञानिक समाजवाद
आउनेछ ।
सुन बहिराहरु हो
सर्पको मुख बाट
हाम्रो प्राण जोगाउनु छ
जुन तिमीहरू ले चारो सोचेका छौ

तिमीहरू नडराउ
अब हामी जङ्गल हैन
गाउँ र सहर दुबै
घेर्नेछौ
अब
नयाँ लुटतन्त्र बन्द गर।
तिमीहरू को आकाशमा कालो बादल
आउदै छ ।
किनकि पृथ्वी घुमेको हो ,
पात्रो पल्टेको हैन
दुम्सीहरु हो
लोभ लालचाका काँडा
नफ्याक
निस्तेज पारिने छ !

तिमीले जति भ्रम छरे पनि
हामिले कृत्रिम
जालो फाँडिरहेका छौँ ।
बिसालु माकुरा हो
अब नयाँ अध्याय सुरुहुने छ
त्यो तिमीहरू को उल्टो गन्ती हो
किनकी आज सङिन साझहरुमा
स्तालिन को याद आइरहेको छ।

भिजेका बिरालाहरु
अब हिउँदको जाडोमा
घाम तापिरहेका छौ ,
हामी चन्द्रमाको सितमा
न्यानो अभिवादन साटिरहेकाछौ ।

पख भोलिपल्टै
बिहानै घामसँगै उदाने छौँ ।
जनता का
चाहना बनेर
काल्पनिक भगवानहरु पनि मर्ने छन्
तिमीहरू को भ्रम झैँ ।
लास का मलामीहरु हो
मुर्दा जागेर आउछ हेर
तिमीहरू आफै हरियो
बाँस तयार गर्नेछौं ।
आफ्नै चिता को छाया हेर
किनकि ,
सपनाहरु चिहान बाट
उठदैछन ,
कसमहरु बिउँझेका छन ।
आज संगीन साझहरुमा
हामी उदाई रहैने छौँ ,
कहिले हराउने छैनौं
रक्तबिज हरु !

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations