बिशेस समाचार

कस्तो समाजवाद ?

सामन्ती पुँजीवादको स्थान निगम पुँजीवादले लिएको छ । एक्काइसौँ शताब्दीको दोस्रो दशकसँगै निगम पुँजीवाद पनि संकटमा पर्दै गएको छ । लाग्छ, फेरि एकपटक कुनै नामका पुँजीवादको खैरियत छैन । नेपालको सन्दर्भमा पनि कुनै पनि नामको संसदीय व्यवस्था जुन अहिले दलाल पुँजीवादी छ, त्यो पनि संकटग्रस्त भइरहेको छ । तर पनि यहाँका दलाल पुँजीपतिहरू यसलाई टिकाइराख्न चाहन्छन् ।

विषय प्रवेश
संविधान २०७२ को प्रस्तावनामा समाजवादतिर उन्मुख राज्यप्रणाली बनाउने उल्लेख गरिएको छ । नेपालको वर्तमान संसदीय राज्यप्रणालीलाई स्वीकार गर्ने प्रायः सबै राजनीतिक दलहरूले समाजवादको कुरा गरिराखेका छन् । गएका स्थानीय, प्रदेश र संघको चुनावमा उनीहरूले समाजवाद लागू गर्ने नारा दिएका थिए । यसरी समाजवादका कुरा गर्ने नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र मात्र नभएर घोषित राजावादी अथवा पूर्वपञ्च, मधेसवादी दलहरू पनि रहेका छन् । उनीहरूले अहिले रहेको दलाल पुँजीवादी संसदीय व्यवस्थाअन्तर्गत नै समाजवाद लागू गर्न सकिन्छ भन्ने भ्रम दिइरहेका छन् । त्यसमा पनि पूर्व–कम्युनिस्टहरू एमाले र माओवादी केन्द्र जसले विगतमा नयाँ जनवादी व्यवस्थाको स्थापना गरेर समाजवाद हुँदै साम्यवादसम्म पुग्ने भनी सशस्त्र संघर्षको नेतृत्व गरेका थिए, उनीहरूले अहिले वर्गसंघर्षबिना यही व्यवस्थाअन्तर्गत नै समाजवाद लागू गर्न सकिने भनिरहेका छन् ।

नेपालमा सञ्चालित जनयुद्धले यहाँको परम्परागत समान्तवादको अन्त गरिदियो तर जनयुद्धलाई नयाँ जनवादी व्यवस्था स्थापनासम्म नपु¥याएर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का मुख्य नेताहरू प्रचण्ड र बाबुरामद्वारा स्थगन गरेर पुरानै संसदीय व्यवस्थालाई स्वीकार गरियो तब सामन्तवादी संसदीय राज्यव्यवस्थाको स्थान दलाल पुँजीवादी संसदीय व्यवस्था स्थापना हुन पुगेको थियो । यसरी दलाल संसदीय पुँजीवादी राज्यप्रणालीअन्तर्गत स्थापना गर्न लागिएको भनिएको समाजवाद कार्ल माक्र्सका अनुसार “निम्न पुँजीवादी समाजवाद१” अहिलेको परिवेशमा दलाल पुँजीवादी समाजवाद हुन जानेछ । जसरी माक्र्सका समयमा विभिन्न खाले समाजवादको हौवा फिजाएर वैज्ञानिक समाजवादलाई भ्रमित गरिएको थियो, त्यसैगरी अहिले पनि नेपालका सच्चा क्रान्तिकारी कम्युनिस्टहरूले यो दलाल पुँजीवाद राज्यप्रणालीका विकल्पमा वर्गसंघर्षका माध्यमद्वारा स्थापना गर्न क्रान्तिलाई प्रभावित पार्ने गरी संसद्वादी पार्टीहरूले भ्रम छरिराखेका छन् । उनीहरूको यो कार्यले एकातिर वास्तविक समाजवाद स्थापनामाथि रोकावट मात्र होइन कि जनतामा कुनै किसिमको वर्गसंघर्ष, बल प्रयोग क्रान्तिबिना समाजवाद लागू गर्न सकिन्छ भन्ने भ्रम सिर्जना गर्न सक्दछ । त्यसैले संसदीय दलहरू त्यसमा पनि पूर्व कम्युनिस्टहरूका यस्ता रवैयाको समयमा नै चिरफार गर्न जरुरी छ ।

माक्र्सअघि समाजवादको बहस
कार्ल माक्र्स र एंगेल्सद्वारा कम्युनिस्ट घोषणापत्र जारी गर्नुअघि पनि समाजवादको बहस भएको थियो । पुँजीवादको विकास हुँदै गर्दा जब मजदुरमाथि शोषण र दमनको प्रकृति उजागर हुन थाल्यो र मजदुरहरू आन्दोलित हुन थाले अनि पुँजीवादको स्थान समाजवादले लिनुपर्छ भन्ने खोज हुन थालेको थियो । सोह्रौं शताब्दीमा बेलायतका राजनीतिज्ञ तथा मानवतावादी लेखक थोमस मुर ९सन् १४८८–१५३८० ले ‘दुखी जनताको हितमा’ भनेर नयाँ समाजको परिकल्पना गरेका थिए । यस सन्दर्भमा सन् १५१६ मा उनको ‘युटोपिटा’ नामक किताब नै प्रकाशित भएको थियो । यसरी थोमस मुरलाई समाजवादको परिकल्पना गर्ने पहिलो व्यक्ति मानिन्छ । त्यसपछि क्लाउद हेनरी कोमेनेडे ९सन् १७६०–१८२५० जो सेन्ट साइमनका नामले प्रख्यात छन्, उनले समाजवादको व्याख्या गरेर ‘उद्योग’, ‘औद्योगिक व्यवस्था’, ‘उद्योगपतिको आलोचना’ र ‘नयाँ किस्तानवाद’ जस्ता पुस्तकहरू नै तयार पारेका थिए । साइनमले मृत्युशैयाबाट मे १९, १८२५ मा “छिट्टै मजदुर पार्टी बन्नेछ र भविष्य त्यही पार्टीको हुनेछ” भनेका थिए । चाल्र्स फुरिये ९सन् १७७२–१८३७० ले निजी सम्पत्तिको उन्मूलन भएको समतामूलक समाजसहितको ‘फालेक्स’ को परिकल्पना गरेका थिए । उनले आफ्नो जीवनकालमा ‘द थ्योरी अफ फोर मुभमेन्टस् एन्ड जनरल डेस्टिनिज’, द थ्योरी अफ युनिभर्सल युनिटी, द न्यु एन्ड युस्टियल सोसियल वल्र्ड रचना गरेका थिए । रोर्बट ओवेन ९सन् ११७७१–१८५८० लाई काल्पनिक समाजवादका विचारक मानिन्छ । उनले अ न्यु भ्यु अफ सोसाइटी, द बुक अफ द मोरल वल्र्ड, ह्वाट इज सोसलिजमजस्ता पुस्तक मात्र प्रकाशित गरेनन् कि आफैँले कम्युन पनि निर्माण गरेका थिए ।

यी काल्पनिक समाजवादीहरू थिए । यिनीहरूले परिकल्पना गरेको समाजवाद सम्भव थिएन तर यिनीहरू इमानदार थिए । इमानदारिताका साथ खोज गरेको र कार्यान्वयन गरेकाले उनीहरूबाट वैज्ञानिक समाजवादका सिद्धान्तहरू प्रतिपादन गर्न महत्वपूर्ण योगदान भएको स्वयं माक्र्स र एंगेल्सले स्वीकार गर्नुभएको थियो । यसरी काल्पनिक समाजवादीहरूले वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व, क्रान्ति र वैज्ञानिक समाजवादी व्यवस्थाको सिद्धान्त प्रतिपादन गर्ने र साम्यवादको जग स्थापना गर्ने प्रश्नमा माक्र्स र एंगेल्सलाई वैचारिक स्रोतको भूमिका निर्वाह गरेका थिए ।

थोमस मुर ९सन् १४८८–१५३८० देखि जिन जोसेफ चाल्र्स लुई ब्लाङ्क ९सन् १८१३–१८८३० सम्मका काल्पनिक समाजवादीहरूपछि माक्र्स–एंगेल्सले वैज्ञानिक समाजवादको प्रतिपादन गरिसकेपछि विभिन्न खाले समाजवादका कुराहरू सार्वजनिक भएका थिए । पुँजीवादको विकल्प समाजवाद हुने पुष्टि भइसकेपछि वैज्ञानिक समाजवादका विरुद्ध विभिन्न खाले भ्रमपूर्ण समाजवादहरू योजनाबद्ध प्रक्षेपण गरिएको थियो । भ्रम नै भ्रमले भरिएका समाजवादहरू आउन थालेपछि माक्र्स, एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा नै ती भ्रमपूर्ण समाजवादको चित्रण गर्नुभएको थियो ।

कस्ता–कस्ता समाजवाद
माक्र्स–एंगेल्सद्वारा कम्युनिस्ट घोषणा तयार गर्दैगर्दासम्म सतहमा देखिएका विभिन्न खाले ‘समाजवाद’ चित्रण गर्दै तिनीहरूको चरित्रको पनि उजागार गर्नुभएको थियो । उहाँहरूले वैज्ञानिक समाजवादबाहेक अन्य प्रतिक्रियावादी, संशोधनवादी ‘समाजवाद’ हरूको उल्लेख गर्नुभएको थियो । उहाँहरूले प्रतिक्रियावादी समाजवादअन्तर्गत सामन्तवादी समाजवाद र निम्न–पुँजीवादी समाजवादमा वर्गीकरण गर्नुभएको थियो । त्यसैगरी, जर्मन वा ‘सच्चा’ समाजवाद र अनुदारवादी वा पुँजीवादी समाजवादको पनि उल्लेख गर्नुभएको छ । यी विभिन्न खाले समाजवादहरूलाई उहाँहरूले तत्काल र त्यसपूर्व भएका अभ्यास र बहसहरूलाई आधार बनाउनुभएको थियो । अक्टोबर क्रान्ति सफल भएपछि स्थापना भएको वैज्ञानिक समाजवादपश्चात् समाजवाद स्थापनाको लहर नै चलेको थियो । चीनमा दीर्घकालीन जनयुद्धमार्फत् नयाँ जनवादको स्थापनापश्चात् समाजवादको घोषणासँगै विश्वको एक तिहाइ भू–भागमा समाजवाद स्थापना भएको थियो । यसरी वास्तविक समाजवादले पुँजीवादी साम्राज्यावादलाई लपेट्दै गएको थियो । त्यसपछि नक्कली समाजवाद पनि देखिन थाले । त्यस समयमा विश्वका कुनै पनि देशमा समाजवादभन्दा बाहिरको राजनीति बेकम्माजस्तै हुन पुगेको थियो । घोर प्रतिक्रियावादी सत्ताधारीहरूले आफूलाई टिकाउन समाजवादको नारा दिन थाले । सत्तामा पुग्नका लागि पनि समाजवाद नै भन्नुपर्ने भयो । त्यसैले हिटलरले नाजीवादी क्रूर शासन सञ्चालन गर्नका लागि समाजवादका नारा दिएका थिए । भारतमा भगतसिंहले सुरुआत गरेको समाजवादी क्रान्तिका विरुद्ध गान्धी–नेहरूहरूले समाजवादको नारा दिएका थिए । कट्टर मुस्लिम देशहरूमा पनि समाजवाद भन्ने गरिएको थियो । यहाँसम्म कि पाकिस्तानमा जुल्फीकर अलि भुट्टोले समाजवादको भ्रम दिएर मुस्लिम राज्यको मान्यता लिएका थिए ।

नेपालमा भ्रमपूर्ण समाजवाद
युरोप र पूर्वी एसियामा नाम मात्रको समाजवादी सत्ताहरू ढलेपछि सन् १९९० को दशकमा फ्रान्सिस फुकुयामाहरूले ‘समाजवादको अन्त्य भएकोे’, ‘इतिहासको अन्त्य भएको’ डङ्का पिटाएका थिए । समाजवाद ढलेकोमा विश्वभरि पुँजीवादीहरूले विजयोत्सव मनाइरहेका थिए । उनीहरूले नवउदारवादको वकालत गरिराखेका थिए । तर नेपालमा भने क्रान्तिकारी कम्युनिस्ट आन्दोलनले पकड जमाउँदै थियो । वैज्ञानिक समाजवादको प्रचार–प्रसारले तीब्रता लिएको थियो । भर्खरै स्थापना भएको सामन्ती संसदीय व्यवस्थाका भ्रमहरूलाई चिर्दै नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादको स्थापना गर्ने हेतुले जनयुद्धको उद्घोष सन् १९९६ मा भएको थियो । त्यसबखत पनि विश्वमा समाजवादी आन्दोलन अत्यन्त रक्षात्मक थियो । विश्वभरि साम्राज्यवादी पुँजीवादको एकलौटी बोलवाला थियो । एकल ध्रुवीय अमेरिकी साम्राज्यवादको हैकम चलेको थियो । नेपालमा जनयुद्धको विकाससँगै सामन्तवादी पुँजीवादको अन्त्येष्टि नै हुन पुग्यो भने आन्तरिक र बाह्य अन्तर्विरोधहरूका कारण साम्राज्यवादी पुँजीवाद संकटमा पर्दै गयो । उनीहरूबीचको अन्तर्विरोध अहिले चरम छ । अहिले नेपालमा राजतन्त्रको अन्त भएको छ । सामन्ती पुँजीवादको स्थान निगम पुँजीवादले लिएको छ । एक्काइसौँ शताब्दीको दोस्रो दशकसँगै निगम पुँजीवाद पनि संकटमा पर्दै गएको छ । लाग्छ, फेरि एकपटक कुनै नामका पुँजीवादको खैरियत छैन । नेपालको सन्दर्भमा पनि कुनै पनि नामको संसदीय व्यवस्था जुन अहिले दलाल पुँजीवादी छ, त्यो पनि संकटग्रस्त भइरहेको छ । तर पनि यहाँका दलाल पुँजीपतिहरू यसलाई टिकाइराख्न चाहन्छन् । प्रजातन्त्रको नाममा विगतका संसदीय व्यवस्थाअन्तर्गतका उदार पुँजीवाद, नवउदार पुँजीवाद वा कुनै पनि नामको पुँजीवादलाई भजाएर नेपाली जनतामाथि शासन गर्ने, शोषण, दमन र उत्पीडन थोपर्ने सम्भावना अन्त्य भएको छ । नेपालको यस्तो परिस्थितिमा यहाँका घोर प्रतिक्रियावादी, अनुदारवादी पुँजीवादी र सामाजिक दलाल पुँजीवादीहरूले राजनीति गर्न समाजवाद जप्नुपर्ने बाध्यता भएको छ ।

त्यसैले उनीहरू सबैले समाजवादोन्मुख संविधान र राज्यप्रणाली स्थापना गर्ने नारा दिइरहेका छन् । यो उनीहरूको बाध्यता नै हो तर उनीहरूले भन्दै गरेको समाजवाद वैज्ञानिक समाजवाद नभएर उनीहरूले पुरानै राज्यप्रणाली टिकाइराख्न वा पुरानै व्यवस्थामा फर्काउनका लागि दिएको भ्रम मात्रै हो । उनीहरूले भनिरहेको समाजवादलाई माक्र्स–एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा चित्रित गरिसक्नुभएको छ । उनीहरूको समाजवादलाई पनि सामन्तवादी समाजवाद, जर्मन ‘सच्चा’ समाजवाद र निम्न–पुँजीवादी ९अहिले सामाजिक दलाल पुँजीवादी० समाजवादमा वर्गीकृत गर्न सकिन्छ । त्यसैले अहिले सबै संसद्वादीहरूले समाजवादको नाममा भ्रमको खेती गरिहेका छन् । उनीहरूको यो भ्रमपूर्ण खेतीलाई सखाप पारेर वैज्ञानिक समाजवाद लागू गर्नुपर्छ । क्रमशः स्रोत स् रातो खबर साप्ताहिक

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations