बिशेस समाचार

कर्णाली किन गरिब भो ?

कर्णालीको गाउँमा
बाड्न भनी दिएको चामल
काठमाडौको
निजि गोदाममा बेचि
घर, गाडी किनेर
बचेको पैसा
चुनावमा मासुभात बाड्ने नेता
जब संसद बैठकमा
बोल्ने समय माग्छ
रोस्ट्रममा उभिएर चिच्याउछ
र भनिरहन्छ
कर्णालीमा भोकमरी छ

कर्णाली भित्रकै
कर्णालीहरुमा पठाउ भनी
बिदेशी दाताले दिएका
कपि र कलम
एउटा स्टेशनरीलाई बेचेर
रातो बंगलामा पढ्ने
छोराछोरीको फि तिरेर
फाइभ स्टारको सेमिनार पुगेपछि
एउटा एनजीओको मालिक
रिपोर्ट सुनाउछ
कर्णालीमा अशिक्षा छ
अनि याचना गर्छ बिदेशीसंग
थप केही डलर र युरोका लागि

नेपाललाई नै
धनी बनाउन सक्ने
नदि, खोला, जंगल र जडिबुटी
कमिसनको निम्ति
कौडिको भाउमा बेच्ने
सम्झौतामा हस्ताक्षर गरेपछि
सरकार
पत्रकार सम्मेलन गरेर
घोषणा गर्छ
कर्णाली गरिब छ

तर अर्कोतिर
कालिकोटमा एउटा किसानले
बारीमा फलेको स्याउ
खाएर बाडेर
नसकिएपछी
गाइ भैसिलाई
दिदै गरेको तस्बिर
पत्रीकामा आएपछि
डोल्पामा पाइने
यार्सागुम्बाको
अन्तरास्ट्रिय मूल्य
अनलाइनमा पढेपछि
मुगुको रारा
पुगेर हेर्दा
काल्पनिक सुन्दरता ओझेलमा परेपछि
जुम्लाको सिजा
भाषा, संकृती र इतिहास पढेपछि
कान्जिरोवा, से९फोक्सुण्डोको फोटो
गुगलमै हेरेपनी
एउटा मनुष्यको दिमागमा
खेल्दो हो घरीघरी
एउटै प्रश्न
कहिलेदेखि, कसरी र
किन कर्णाली गरिब भो ?

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations