बिशेस समाचार

रसुवाली कविको चर्चित कविता : कमरेड समाजवादमा जग्गा दलाल गर्न पाइन्छ कि पाइदैनन ?

कमरेड
यो समाजवाद गाडीमा चढेपछी
जग्गा दलाल गर्न पाइन्छ कि पाइदैनन ?

दोधारमा छु
जवज समातु
यथास्थितिवादी हुने डर
समाजवादमा सवार हौ त
यो पेट पाल्ने मेसो गुम्ला भन्ने पिर

कमरेड
संविधान समाजवादले
प्लटिङ रोक्छ कि
हाम्रो पार्टीको जनवादले
जग्गा दलाली

म दोधारमा छु
मलाई कम्युनिस्ट पनि हुनुछ
जग्गाको कमिसन पनि खानुछ
जनवादी पनि हुनुछ
सियर मार्केटिङको रुल पनि घोक्नुछ

कमरेड म हृदय फुलाएर भन्छु
संघीयतालाई ताली बजाउदै
समाजवादलाई लात हान्ने
हाम्रो पार्टीको कार्यक्रम हुनुपर्छ
खुस्चेपको गोप्य प्रतिबेदन जस्तो
हाम्रो देखाउने दात अर्कै हुनुपर्छ

होईन भने त हाम्रो बिजोग हुन्छ कमरेड
पार्टीलाई चन्दा दिनेहरूको बेहाल हुन्छ
अध्यक्ष कमरेडको सिएर रहेको बैंक नि डुब्छ
सहकारी बाकी रहन्न

विद्यार्थी अध्यक्षको सहकारी मात्र होइन
महिला नेत्रीको मेनपावरले नि हावा खान्छ

चल्न त कविता लेखेर आफ्नै पार्टीको नीतिशास्त्रमा सहमत नहुने
कविहरुको अनलाइन चल्ला
नेतालाई दरवारिया भन्ने
शिक्षकहरुको म्यागजिन पनि चल्ला
जनवादको हल्ला चल्ला
हाम्रा प्रतिक्रान्तिकारी लेख पनि चल्ला

तर पार्टी केन्द्रिय समिति टाट फर्किन्छ
एउटा पुष्पलाल बेचेर के गर्ने
मदन भन्डारीको पुस्ससेल गरेर के गर्ने

यो समाजवादको घोडा पनि नचढ्ने अब
गाडी नचढ्ने

हो कमरेड
हाम्लाइ राजनीति होइन बिजनेस गर्नुछ

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations