बिशेस समाचार

आजको दलाल सत्ता र जनजागारणबारे रणविरको लेख

विचार       ,

कथित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अन्तर्गत भर्खर चुनाव सम्पन्न भएको छ र कथित बाम गठबन्धनले बहुमत प्राप्त गरेको छ । शाषक वर्गले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको लामो वलिदानीपूर्ण संघर्षबाट स्थापित नयाँ राज्यसत्ता भएकोले यसले शान्ति, स्थिरता र समृद्धि दिने दावी गरिरहेका छन् भने बामगठबन्धनले त अब समाजवाद आउने वा ल्याउन सकिने तर्क पनि गरेको छ । तर एकातिर जनताको जीवनमा “नयाँ बोतलमा पुरानै रक्सी” वा “जो आएपनि कानै चिरेका” भन्ने भनाइको अनुभूति गराएको छ, भने अर्कोतिर नेकपाले यो सारतः पुरानै असफल संसदीय पुँजीवादी व्यवस्था भएकोले यसलाई अस्विकार गरेर विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थालाई तर्क अगाडि सारेको छ । यसरी हाम्रो देश नेपाल राजनैतिक रूपमा दुई धु्रवमा विभाजित हुन पुगेको छ भने जनता भ्रम र अन्यौलतामा बाँचेका छन । त्यसैले वतर्मान राज्यको यर्थाथ र सही विकल्प बारे जागरण अभियान आवश्यक भएको छ । यहाँ यही विषयमा सामान्य चर्चा गर्ने प्रयास गरिन्छ ।

वतर्मान राज्यसत्ता के हो ?
वतर्मान राज्यसत्ता संघीय लोकतान्त्रिक गणतन्त्र रूपमा नयाँ जस्तो देखिएपनि यो सारतः जनविरोधी र राष्ट्रविरोधी पुरानै असफल संसदीय पुँजीवादी राज्यसत्ता हो । यो वास्तविकतालाई स्पष्ट पार्न तीन मानकलाई अगाडि सारेर हेर्न आवश्यक छ ।

पहिलो, राज्यको स्वतन्त्र राष्ट्रिय नीति—अहिलेको राज्यसँग यो राष्ट्रिय नीति नै छैन । किनकि हाम्रो देश पूर्णतः स्वतन्त्र भइसकेको छैन । तथ्यमा हेर्दा यो कथित नयाँ राज्यले पनि विगतका असमान सन्धी सम्झौताहरू खारेज गर्न सकेको छैन । खुला सीमानाको समस्या, सीमा अतिक्रमणको समस्या कायमै छ—जो भर्खरै वीरगंजमा ५० बिगा नेपाली जमिन अतिक्रमणमा देखिएको छ । संसदीय राजनैतिक पार्टीका प्रायःमुल नेतृत्वमा राष्ट्रिय आत्मसमपर्णवादको समस्या देखा परेको छ । परिणामतः संविधानतः देश सार्वभौम र स्वतन्त्र भनिएपनि बस्तुतः देश अर्धऔपनिवेशिकताबाट नवउपनिवेश बनेको छ । आजको विश्वमा विकसित आणविक शक्तिसम्पन्न देशहरूले पनि आफ्नो संकटलाई टार्न कथित राष्ट्रवादको नारा दिइरहेका छन् । यद्यपी यी देशहरूले दिएको राष्ट्रवादको नारा अन्धराष्ट्रवादको नारा हो र वास्तविक रूपमा यो पुँजीवादी फासिवादी नारा हो । आफ्नो संकटलाई टार्न भएपनि शक्तिसम्पन्न देशले त राष्ट्रवादको नारा दिरहेको छन् भने हाम्रो जस्तो अविकसित तेस्रो विश्वको देशमा राष्ट्रिय स्वतन्त्रता बिना कसरी शान्ति, स्थायित्व र समृद्धि हुन्छ रु जब कुनै देश आफै स्वतन्त्र हुदैन भनें त्यो देशमा कसरी समृद्ध हुन्छ । त्यसैले जुन राज्यसँग आफ्नो स्वतन्त्र राष्ट्रिय नीति नै छैन भने त्यो राज्यसत्ता कसरी राष्ट्रिय हितमा हुन्छ ?

दोस्रो, राज्यको अर्थनीति हो । अहिलेको राज्यले अवलम्वन गरेको अर्थनीति विगत राज्यसत्ताकै अर्थनीतिको निरन्तरताको नीति हो । यो अर्थनीति उत्तरसाम्राज्यवादी निगम पुँजीवादको अधिनस्थ रहेको छ वा त्योद्वारा निर्देशित छ । यो अर्थनीति नीजिकरण र व्यपारीकरणको नवउदारवादी अर्थनीति हो । यो अर्थनीति विश्व बैंक र व्यापार संगठनद्वारा नियन्त्रित हुन्छ । यो गैरसरकारी संस्थाद्वारा धेरै हदसम्म प्रभावित हुन्छ । यसलाई हामीले दलाल पुँजीवादी अर्थनीति भन्छौ भने, पुँजीवादी स्वंयले पनि असाध्य पुँजीवाद भन्ने गरेका छन् । यही दलाल पुँजीवादी अर्थनीतिको व्यावहारिक परिणाम यो हो कि देश एकपछि अर्को परनिर्भर र कंगाल बन्दै गएको छ । कमिसन र भ्रस्टाचार वैधानिक र संस्थागत भएको छ । वेरोजगारी र युवा पलायनतामा तिव्र बृद्धि भएको छ । प्रत्येक नेपालीहरूको थाप्लोमा २२ हजार विदेशी ऋण थोपरिएको छ । शिक्षा र स्वास्थ्य धेरै महंगो बन्दै गएको छ । यो आधारभूत कुरा पनि सामान्य जनतालाई काल झै बनेर पछ्याइरहेको छ । हामीले यो दलाल पुँजीको सरल रूप काठमाण्डौंको कालीमाटीको तरकारीमा देख्न सक्छौ । जहाँ गाँउबाट आफ्नै बाबा९कृषक०ले मिहिनेत गरेर उत्पादन गरेको तरकारी २० रूपैयामा बेच्छ र कालीमाटीमा पुगेपछि कलेज पढ्न आएको छोरा९उपभोक्ता०ले १५० रूपैयामा किनेर खान्छ । यसरी वास्तविक श्रमिक जनता ठगिन्छ र बिचौलीयाले दलाल पुँजीको वृद्धि गर्छ । यिनै विचौलीयाकमिसनखोर, माफियाहरू र दलाल पुँजीपतिको संजाल नेपाली समाजको हरेक क्षेत्रमा व्याप्त रहेको छ । त्यस्तै हामी दलाल पुँजीको जटिल रूप नेताहरूको चुनावी खर्चमा देख्न सक्छौ । अहिले नेताहरूले पेश गरेको चुनावी खर्च लाखको अनुपातमा छ । प्रचण्डले त साँढे नौ लाखको चुनावी खर्च विवरण पेश गरेर दिउँसै रात पारेका छन् । तर वास्तविक खर्च करोडौंमा छ र त्यो संस्थागत नभएको, बैंकिङ्ग रेर्कड नभएको, नदेखिएको र देखाउन नमिल्ने दलाल पुुुँजी९थैला पुँजी० हो । वास्तवमा दलाल पुँजी भनेको अनुत्पादक पुँजी हो । यसको लगानी दलालहरूको उत्पादनमा हुन्छ । यसको उर्वर भूमि हाम्रो जस्तो तेस्रो विश्वका अविकसित देश हुन्छन् । त्यसैले नेपालमा संसदीय राजनैतिक पार्टीहरूले दिएको कथित “आर्थिक क्रान्ति” को नारा यही दलाल पुँजीपति वर्गको नारा हो । अब यो दलाल पुँजीवादी अर्थनीतिलाई अवलम्वन गरिरहेको राज्य कसरी जनहितको राज्य हुन्छ ?

तेस्रो, राज्यको वर्गीय नीति हो । हजारौं वर्ष पहिलेको दास–मालिक समाजमा जस्तै अहिलेको राज्य पनि वर्गीय राज्य हो । जसरी दास– मालिक समाजमा दासलाई छोडेर दास–मालिकको राज्य हुन्थ्यो । किनकि त्यहाँ दासलाई कुनै अधिकार हुदैनथ्यो र त्यहाँको लोकतन्त्र भनेको मालिकको मात्र लोकतन्त्र हुन्थ्यो । सामन्ती समाजमा किसानलाई दमन गर्ने हतियारको रूपमा सामान्त तथा जमिन्दारको राज्य हुन्थ्यो । किनकि त्यहाँ किसानलाई कुनै अधिकार हुदैनथ्यो । ठीक त्यसरी नेपालको सन्र्दभमा दलाल पुँजीपति वर्गको राज्य हो । यहाँपनि पुँजी नभएका श्रमिक जनताको कुनै अधिकार हुदैन । कानूनतः भनाईमा सबैको अधिकार बराबर हुन्छ भनेपनि वास्तविक जीवनमा पुँजी नभएका जनताको कुनै अधिकार हुदैन । यो तथ्य चुनावले सामान्य जनतालाई पनि स्पष्ट पारेको छ । त्यसैले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेको दलाल पुँजीपति वर्गको राज्य हो ।

कम्युनिष्ट भएकाको त कुरा छोडौं कम्युनिष्ट बन्न चाहाना मात्र राख्नेले पनि राज्यको वर्गीय स्वरूपलाई मान्दै श्रमिक वर्गीय राज्यको पक्षमा संघर्षरत रहनु र नीजि पुँजी उन्मुलनको मान्यता स्वीकार गर्न आवश्यक हुन्छ । अब यहाँ नेपालका कम्युनिष्ट र अहिलेको कथित बाम गठबन्धन बारे न्युनतमः कुरा भन्न र जान्न जरुरी छ । किनभने हाम्रो देशमा कम्युनिष्ट र बामको नाममा राजनैतिक रूपमा राज्यको वर्गीय स्वरूपलाई लुकाउने र आर्थिक रूपमा नीजि पुँजीको उन्मुलन गर्नुको बदला नीजि पुँजीको संरक्षण गर्दै बृद्धि गर्ने काम गर्ने गरेका छन् । त्यसैले अहिलेको यो कथित बामगठबन्धनलाई हाम्रो पार्टी नेकपाले “सामाजिक दलाल पुँजीवाद” भनेर संश्लेषण गरेको छ ।

जनजागरण अभियान बारे
अहिले भर्खर हाम्रो पार्टीे नेकपाको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । यो बैठकले कथित वामगठबन्धनलाई “सामाजिक दलाल पुँजीवाद” को रूपमा परिभाषित गर्दै यसको भ्रमबाट जनतालाई मुक्त पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक वतर्मान दलाल पुँजीवादी राज्यसँग रहेको नेपाली जनताको मुख्य अन्तरविरोध हल गर्नलाई यो राज्यसत्ताको वास्तविकता जनतालाई स्पष्ट पार्न देशव्यापी “जनजागरण अभियान” संचालन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । त्यसैले यो अभियानको महत्वपूर्ण पक्ष बारे सामान्य चर्चा गर्न आवश्यक छ ।

जनजागरण अभियानको पहिलो कार्यभार भनेको वर्तमान कथित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसत्ताको जनविरोधी, राष्ट्रविरोधी र फासिवादी वर्गीय सारको भण्डाफोर गर्नु हो । साथै सामान्यतः एक वर्ग अधिनायकत्व अन्र्तगतका दुई गठबन्धन बारे विषेशतः कथित कम्युनिष्ट बामरूपको “सामाजिक दलाल पुँजीवाद” को भण्डाफोर गर्नु हो र यसको भ्रमबाट जनतालाई मुक्त गर्नु हो । किनकि कथित लोकतान्त्रिक भन्दा बामगठबन्धनले बढी भ्रम पार्ने सम्भावना छ । साथै मालेमावादी विचार, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको प्रचार प्रसार गर्दै यसको वैज्ञानिकता र अनिवार्यतालाई स्थापित गर्नु हो ।

दोस्रो कार्यभार भनेको पुरानो राज्यसत्ता र शाषक वर्गसँगको जनताको असन्तुष्टिलाई पार्टीको कम्युनिष्ट क्रान्तिकारी राजनैतिक विचारद्वारा प्रभावित गर्दै त्यसलाई संगठनमा बदल्ने हो । सवै वर्ग, जाति, क्षेत्र र लिङ्ग भन्दामाथि उठेका “कम्युनिष्टहरूबाट बनेको पार्टी नै कम्युनिष्ट पार्टी हो” भन्ने मान्यतासहित पार्टीको सुदृढीकरण गर्दै एकीकृत र केन्द्रीकृत पार्टी बनाउनु हो । सच्चा देशभक्त र लोकतन्त्रवादीसँग वृहत राष्ट्रिय संयुक्त मोर्चा निर्माणकालागि पहल गुर्न हो ।

जनजागरण अभियानको तेस्रो कार्यभार भनेको वर्गसंघर्षलाई जारी राख्दै एकिकृत जनक्रान्तिलाई निरन्तरता दिनु हो । जस अँन्र्तगत राष्ट्रियता र भ्रष्टचार विरुद्धको संघर्षलाई अगाडी वढाउने हो । जनतन्त्र र जनजिविकाका सवाललाई लीएर संघर्ष गर्ने हो जसअँन्र्तगत राष्ट्र लुट्नेको पहिचान गर्दै क्रमश जनतालाई संघर्षमा उत्रीन अपिल गर्ने,महङ्गी विरुद्ध संघर्ष गर्ने, कम्युनिष्टको अन्त्य गर्न जन्माइएका गैर सरकारी संस्था विरुद्ध संघर्ष उठान गरीनेछ र पार्टी विरोधि अपराधिक तत्वलाई सर्तक वनाउने साथै,पुरानो सत्ताका तथाकथित जनप्रतिनिधि विरुद्धको संघर्ष पनि अघि वढाउदै लीने कार्यभार हो ।

चौथो कार्यभार भनेको जनसत्ताद्धारा उत्पादन र विकास निर्माण लगायत अन्य लोकप्रिय काम अघि वढाउदै,न्याय र सुरक्षाको काम गर्नु अनि समग्र पार्टीले व्यवस्थापकिय काम व्यवस्थित गर्नु पनि हो । यो जनजागरण अभियान जनताहरूको व्यापक समर्थन र परिचालनद्धारा शान्तिपुर्ण रूपमा चल्नेछ तर राज्यले वास्तविक सत्य कुरा जनतामा जान रोक्न यसैलाई बहाना वनाई दमन गर्छ भने पार्टीले एकिकृत जनक्रान्तिलाई नयाँ उचाइ प्रदान गर्दै जनप्रतिरोधलाई संगठीत गर्नु हुनेछ ।

अन्त्यमा, नेपालमा दलाल पुँजीवाद र वैज्ञानिक समाजवाद, राष्ट्रिय आत्मसमर्पण र स्वाभिमान, आम्ने साम्ने हुदै प्रतिक्रान्ति र क्रान्तिको टक्करको प्रकृया नयाँ चरणमा प्रवेश गरेको छ । प्रत्यक नेपालीले सोच्न जरुरी छ कि कथित संघिय लोकतान्त्रिक गणतन्त्रात्मक वर्तमान राज्यले मुक्ति,परिवर्तन र संम्वृद्धिको सरल मार्ग प्रस्तुत गर्दै थप संकट ल्याएर आउदैछ त्यसैले यो संकटको सहि समाधान एकिकृत जनक्रान्तिको सम्पन्नता र राष्ट्रिय स्वाधिनतासहितको वैज्ञानिक समाजवादको स्थापना हो यहि सत्यलाई जनतामा पुर्याउन जनजागरण अभियान निरन्तर चलाइनुपर्ने हुन्छ र चल्दै जानेछ । स्रोतः रातो खबर

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations