बिशेस समाचार

नेपाल कम्युनिस्ट पार्टीले तिन महिने ‘जनजागरण अभियान’ सोमवारबाट शुरु गरेको छ !

HOT NEWS       ,

नेपाल कम्युनिस्ट पार्टीले देशब्यापीरुममा संचालन गर्न लागेको तिन महिने ‘जनजागरण अभियान’को उदघाटन यही सोमवार गरेको छ । पार्टी केन्द्रीय समितिको यहि पौष अन्तिम साता बसेको बैठकले उक्त अभियानको योजना पारित गरेको थियो । तिन महिने उक्त अभियानको अवधिमा नेकपाले ब्यापक रूपमा संगठन विस्तार गर्ने भएको छ । अभियान अवधिमा पार्टीका केन्द्रीय नेताहरू पनि जिल्ला र गाउ स्तरका कार्यक्रमहरूमा सहभागी हुनेछन् ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तिन महिने अभियानको क्रममा ब्यापक जनताको विचमा पुग्न र जागरण पैदा गर्न सिंगो आन्तरिक पंक्तिलाई निर्देशन गरेका छन् । गएका दुईवटा निर्वाचन पछी आफनो पार्टी नयाँ उचाईमा उठेको मुल्याङक गर्दै विप्लवले आगामी तिन महिना मेची देखि महाकालीसम्म चल्ने अभियानलाई प्रभावकारी र भब्य बनाउदै पार्टीलाई नयाँ उचाई प्रदान गर्नुपर्ने बताएका छन् ।

अभियानको क्रममा आफनो पार्टीले अघि सारेका राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरूलाई जनतामा लैजाने नेकपाका स्थायी समिति सदस्य तथा सुदुरपश्चिम केन्द्रीय कमाण्ड इन्चार्ज धमेन्द्र बास्तोला ‘कञ्चन’ले बताएका छन् । इतिहासमै राष्ट्रियता निकै कमजोर भएको बेला राष्ट्रियताको सवाल निकै गम्भिर बनेको बताउदै नेता कन्चनले तिन महिने अभियानपछि आफनो पार्टीको आन्तरिक जीवनमा संगठनिकरूपले पनि माथि उठ्ने बताएका छन् ।

अभियानको प्रचार प्रसारको अवधीमा नेकपाले काठमाण्डौं उपत्यकाको वातावरण निकै प्रदुषीत भएको र मानवजीवनमा प्रत्यक्ष असर गरिरहेको भन्दै यसको निराकरण गर्न जनजागरणका कार्यक्रम गर्ने छ । साथै नेकपाले अभियानको अवधिमा प्रचण्ड बाबुरामले क्रान्तिकारी धारलाई विचल्लीत पारेका भन्दै नयाँ र क्रान्तिकारी धारलाई सुदृढ बनाउन देशभक्त एवं क्रान्तिकारी जनसमुदायका विचमा ब्यापक धु्रवीकरण कार्यक्रम गर्ने पनि जनाएको छ । साथै जनयुद्धकालदेखिनै स्थापित भएका शहिद सप्ताह लगायतका विभिन्न दिवसहरू पनि तिन महिने अभियानकै क्राममा मनाउने सो पार्टीले बताएको छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations