बिशेस समाचार

प्रचण्ड लेनिन र माओ बन्न असफल भए, विप्लव अग्नी परीक्षामा छन्’ -गोपाल किराती

RECENT NEWS       ,

माओवादी केन्द्रका विद्रोही नेता गोपाल किरातीले प्रचण्डलाई आफुहरुले लेनिन र माओ बनाउन खोजेपनि उनकै कारण त्यो संभव नभएको बताएका छन ।

लेनिन र माओले रुस र चीनमा वर्गीय आन्दोलनसँगै उत्पीडित जाती र अल्पसंख्यक जातीहरुको मुक्तिको आन्दोलनलाई सफल बनाउन सकेको तर नेपालमा प्रचण्ड त्यसमा असफल भएको अरोप लगाएका छन् ।

जनपाटी अलनाइनसँग संक्षिप्त कुराकानी गर्दै माओवादी केन्द्रका नेता किरातीले प्रचण्डले अहिले वर्गीय र जातीय आन्दोलनको नेतृत्व गर्न असफल भएको समेत बताए ।

माओवादी केन्द्रले एमालेसँग एकता गर्न खोजेर विलयको बाटो समाएको भन्दै किरातीले आफु प्रचण्डसँग सती नजाने बताए ।

‘प्रचण्डले एमालेसँग विलयको बाटो रोजेका छन्, मैले त्यसलार्इ अस्वीकार गरेको छु ।’ उनले भने, ‘एमालेले माओवाद र पहिचानको मुद्धा मान्दैन भने अनि कसरी एमालेमा विलय हुन गइन्छ रु’

वर्गीय आन्दोलन रक्षात्मक चरणमा रहेको बेला जातीय मुक्तिको आन्दोलन पनि कमजोर भएको भन्दै किरातीले नेपालमा लेनिन र माओको खोजी भएको बताए ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नयाँ क्रान्ति गर्न खोजिरहेको बेला किरातीले विप्लव र एकीकृत क्रान्ति इतिहासको गंभीर अग्नी परीक्षामा रहेको बताए ।

‘मलार्इ विप्लवजीको स्पिरिटमा कुनै शंका छैन, तर उहाँले उत्पीडित जातीको मुक्तिको प्रश्नमा के सोच्नु भएको छ रु’ किरातीले भने( ‘मैले उहाँलार्इ नेतृत्वको रूपमा पहिल्यै स्वीकार गरेको हुँ तर उहाँले जातीय मुक्तिको प्रश्नमा कस्तो धारणा लिनु हुन्छ, त्यसैमा उहाँसँग सहकार्यको ढोका खुल्नेछ ।’

साथै उनले विप्लव लेनिन र माओ बन्न सक्ने या नसक्ने भन्ने ठूलो परीक्षामा रहेको समेत बताए ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations