बिशेस समाचार

हामी विप्लव र मोहनविक्रमसँग एकता गर्दैछौं : माेहन वैद्य

RECENT NEWS       ,

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माअाेवादीका महासचिव माेहन वैद्य किरणले वास्तविक कम्युनिस्ट घटकहरूबीच एकता प्रकिया अगाडि बढेकाे बताएका छन् ।

वैद्यले नेत्र विक्रम चन्द विप्ल्व नेतृत्वकाे नेकपासँग एकताका लागि वार्ताटाेली समेत बनेकाे बताएका छन् । साथै माेहन विक्रम सिंह नेतृत्वकाे नेकपा मसाल र ऋषि कट्टेल नेतृत्वकाे नेकपासँग पनि एकता प्रकिया अगाडि बढेकाे वैद्यकाे धारणा छ ।

प्रचण्ड नेतृत्वकाे माअाेवादी केन्द्रकाे अनलाइन एभरेष्ट दैनिकसँगकाे कुराकानीमा वैद्यले राष्ट्रियता, जनतन्त्र र जनजीविकाकाे प्रश्नमा एक भएर जान वार्ता चलेकाे बताए ।

बाँकी वैद्यसँगकाे संक्षिप्त कुराकानी :-

साना कम्युनिष्ट पार्टीहरुबीच एकता गर्ने निर्णय गर्नुभयो किँन ?

हाम्रा राजनीतिक उद्देश्य समान छन् भने किन अलग–अलग लड्ने । यहि उदेश्यले एकताको पहल गरिराखेका छौँ । हामीले भन्दै आएका छौँ, नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने हाम्रो कार्यदिशा हो ।

यही साझा बिन्दुलाई समातेर अब संगै अगाडी बढौँ भन्ने प्रस्ताव हामीले गरेका छौँ । हाम्रो पहलकदमीमा उहाँहरु ( नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र ऋषि कट्टेल नेतृत्वको कम्युनिस्ट पार्टी‌) सकारात्मक हुनुभएको छ । समान नीति कार्यक्रम र उद्देश्य राखेका कम्युनिस्ट समूह र व्यक्तिहरुलाई एकतावद्ध गर्नुपर्ने अहिलेको आवश्यक्ता हो भनेर भन्नुस ।

तपाँहरुको संवाद कहाँसम्म पुग्यो :-

हेर्नुस अब, हामीबीच निरन्तर संवाद चलिरहेको छ । विप्लवजीले पनि वार्ता टोली बनाउँदैछन् । नेकपा मसाल र ऋषि कट्टेल नेतृत्वको पार्टीले पनि संवादका लागि खुला रहेको भन्दै एकताको आधार तयार पार्न वार्ता टोली बनाउँदै हुनुहुन्छ । अझ हाम्रो पार्टीले संयुक्त टोली बनाएर जान सकिन्छ भनेर भनेका छौँ ।

विप्लव समुहले माओवादी छाडीसक्यो, एकतामा जाँदा के हुन्छ ?

यो बिषयमा खुला बहस हुन्छ । उहाँहरुले कम्युनिष्ट नै छाडेको त होईनन नी । हामीले बैचारिक, राजनीतिक, सांगठनिक सबै बिषयमा खुला छलफल गरौँ भनेका छौँ । एकताको आधार तयार पार्न वार्ता टोली नै बनाई पहल गर्ने हाम्रो निर्णयपछि उहाँहरु पनि आन्तरिक छलफल गरिरहनुभएको छ ।

राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायतका विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा सङ्घर्षमा जानुपर्ने अहिलेको परिस्थितिले नै हामीलाई एक गराउँदैछ छ भनेर बुझनुस बाँकी सबै बिषयमा खुला र गहन छलफल भएर एउटा निश्कर्षमा पुगिन्छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations