बिशेस समाचार

‘राष्ट्रिय पठन मेला २०१८’ सुरु

RECENT NEWS       ,

‘राष्ट्रिय पठन मेला २०१८’ सुरु भएको छ। शिक्षा नेपाल र हिमालयन क्लाइमेट इनिसिएटिभको आयोजनामा शनिबारबाट राष्ट्रिय नाचघरमा उक्त कार्यक्रम सुरु भएको हो।

‘सेलेब्रेटिङ जोय अफ रिडिङ’ नारा रहेको मेलाले लेखक एवम् पुस्तकको प्रचार गर्नुका साथै पढ्ने संस्कृति वृद्धि गर्ने, व्यापक र विस्तृत गर्ने उद्धेश्य राखेको छ।

शिक्षा नेपालले अघिल्लो वर्षदेखि पठ्न मेला आयोजना गर्दै आएको छ। यो पटकको मेलामा पुस्तक प्रदर्शनी, कविता कन्सर्ट, फोटो प्रदर्शनी, पुस्तकको प्रत्यक्ष छलफल लगायतका मुख्य आकर्षण रहेको छ।

कार्यक्रमको दोस्रो दिन हास्यँकलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो पुस्तक ‘महको म’ को विषयमा चर्चा गरे। उनले आफ्नो जिवन, पार्किन्सनसको रोग, पुस्तक लेखनको अनुभव लगायतको विषयमा सुनाए।

‘मेरो पुस्तक बजारमा आएदेखि मानिसहरुले बाटोमा भेट्दा पनि मैले तपाईंको पुस्तक पढेनी भन्न थालेका छन्,’ उनले भने, ‘म साच्चिँकै उनीहरुले मेरो पुस्तक पढेको हुन् कि होइनन् भनेर जाच्न कुन भाग तपाईंलाई मन पर्यो भनेर सोध्ने गर्छु। पढेका हुन कि होइनन् थाहाँ भइहाल्छ।’

शिक्षा नेपालले सन् २०१२ देखि ‘एउटा किताब’ नारासहित ग्रामिण भु–भागका बालबालिकाहरुलाई पुस्तक वितरण गर्दै आएको छ। पठ्न संस्कृतिलाई अझैँ व्यापक रुपले वृद्धि गर्ने उद्धेश्यले पठ्न मेला आयोजना गरेको शिक्षा नेपालका संस्थापक प्रेम बहादुर बोहोरा बताउँछन्।

‘शिक्षा नेपालले सन् २०१५ सम्म एउटा किताब क्याम्पियन मार्फत १ लाख बालबालिकालाई पुस्तक वितरण गरेको थियो,’ बोहोराले सेतोपाटीसँग भने, ‘सन् २०३० सम्ममा हामीले १ करोड बाल कथाका किताबहरु पुर्याउने लक्ष्य राखेका छौ।’

‘राष्ट्रिय पठन मेला २०१८’ सोमबारसम्म चल्नेछ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations