बिशेस समाचार

‘रअ’का जन्मदाता ?

RECENT NEWS       ,

रेहान फजलरबीबीसी

सन् १९९६ मा समग्र भारतभरी बङ्गलादेश जन्मिएको २५औँ वर्ष दिनको खुसियाली मनाइँदै थियो । त्यसै अवसरमा कैयौँ बैठकहरु आयोजना गरिएका थिए । यस्तै एउटा बैठकमा बङ्गलादेशी पत्रकारले हलको पछिल्लो सिटमा एउटा लामो, स्मार्ट र आकर्षक मानिस बसेको देखे ।

उनी त्यो मानिस नजिक गए र भने– ‘सर तपाईं त त्यहाँ मञ्चको बीचमा हुनुपर्ने हो । तपाईंकै कारणले त सन् १९७१ हुन सकेको हो । अकर्षक जस्तो लाग्ने व्यक्तिले भन्यो– ‘होइन मैले त्यस्तो केही पनि गरेको छैन् ।’ त्यो मान्छेको नाम हो– रामेश्वरनाथ कवा । भारत बाहिर जासुसी गर्न तायार पारिएको गुप्तचर सङ्गठन ‘रअ’का जन्मदाता ।

सन् १९८२ मा फ्रान्स बाहिर गुप्तचरीको काम गर्ने संस्था एसडीईसीईका प्रमुख काउन्ट एलेक्जान्द्रे द मेरेचलाई सत्तरीको दशकमा विश्वको सबैभन्दा प्रभावशाली पाँचवटा गुप्तचर संस्थाको नाम सोध्दा उनले ‘रअ’को नाम लिए ।

त्यति बेला उनले कावाबारे के भनेका थिए भने– ‘शारीरिक र मानसिक छरितोपनाको अद्भूत सम्मिश्रण हो यो मान्छे ।’ तथापि आफ्नाबारे, साथीहरुबारे र सफलताबारे कुरा गर्न प्रायः उनी लजाउने गर्छन् ।

रामेश्वर कावाको जन्म १० मे १०१८ मा वाराणासीमा भएको हो । सन् १९४० मा उनले भारतीय पुलिस सेवा जसलाई त्यतिबेला आईपी भनिन्थ्यो, त्यसको परीक्षा उत्तीर्ण गरेर उत्तर प्रदेशमा खटाइयो । सन् १९४८ मा जब इन्टेलिजेन्स ब्युरोको गठन गरियो । त्यसबेला उनलाई सहायक निर्देशक बनाइयो र प्रधानमन्त्री जवाहरलाल नेहरुको सुरक्षाको जिम्मेवारी दिइयो ।

कावासँग प्रभावित चाउ एन लाई

इन्टेलिजेन्स ब्युरोमा गएको प्रारम्भिक चरणमै उनलाई निकै गोप्य गुप्तचर अपरेसनमा सामेल हुने अवसर हात लाग्यो । सन् १९५५ मा इन्डोनेसियाको जकार्तामा भइरहेको वाङ्डुङ सम्मेलनमा जानका लागि चीन सरकारले एयर इन्डियाको एउटा विमान ‘कस्मिर प्रिन्सेज’ चार्टर गरेर हङ्कङबाट जकार्ता जाने भयो ।

सोही विमानमा सम्मेलनमा भाग लिनका लागि चीनका प्रधानमन्त्री चाउ एन लाई जाने कुरा थियो । तर एपेन्डिक्स बल्झेका कारण चाउ एन लाई सो विमानबाट जकार्ता जान सकेनन् । त्यही विमान इन्डोनेसियाको समुद्री तटमा दुर्घटनाग्रस्त भयो जसमा सवार सबै उच्च पदस्त अधिकारी तथा पत्रकारहरु मारिए । कावालाई त्यही दुर्घटनाको छानविन गर्न जिम्मेवारी दिइयो ।

घटनाको छानविनपछि कावाले उक्त दुर्घटनामा ताइवानको गुप्तचर एजेन्सीको हात रहेको बताए । कावालाई राम्रोसँग चिन्ने आरके यादवले बीबीसीलाई भने– कावाको छानविनबाट चिनियाँ प्रधानमन्त्री चाउ एन लाई यति प्रभावित भए कि उनले कावालाई आफ्नो कार्यालय बोलाएर चिनो स्वरुप आफ्नो ‘समुन्द्री सिल’ उपहार दिए । जुन सिल अन्त्यसम्म कावाको कार्यालय टेवलमै रहन्थ्यो ।

पाकिस्तानी सेनामा भारतीय एजेन्ट

सन् १९६८ मा इन्दिरा गान्धीले अमेरिकाको सीआईए र ब्रिटेनको एमआई–६ जस्तै भारतमा पनि देशको बाहिर काम गर्ने गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ९रअ० बनाउने निर्णय गरिन् । त्यसको पहिलो निर्देशकका रुपमा कावालाई नियुक्त गरियो ।

रअले आफ्नो उपयोगिता सन् १९७१ मा भारत–पाकिस्तान युद्धमा प्रमाणित गर्यो । कावा र उनका साथीहरुको रेखदेखमा एक लाखभन्दा धेरै मुक्तिवाहिनीका जवानहरुलाई भारतमा प्रशिक्षण दिइयो । कावाको गुप्तचरतन्त्र यति बलियो थियो कि उनलाई पाकिस्तानले कुन दिन भारतमा बम हमला गर्छ भन्ने समेत थाहा हुने गर्यो ।

रअका पूर्वनिर्देशक र कावालाई नजिकबाट चिन्ने आनन्दकुमार बर्मा भन्छन्– ‘याहिया खाँको कार्यालयमा रहेको हाम्रो स्रोतले हामीलाई कुन दिन भारतमा हमला गर्ने हो भन्नेबारे भरपर्दो सूचना दिइसकेको थियो । यो सूचना वायरलेसको माध्यमबाट आएको थियो । जब कोडेड सूचनालाई ‘डिकोड’ गरियो त यो सूचना घटना हुनुभन्दा दुई दिनअघिकै मितिमा सूचना वायुसेनालाई दिइयो । तर दुई दिनसम्म केही पनि भएन उनीहरु हाई एलर्टमा थिए ।’

वायुसेनाध्यक्षले कावालाई यति धेरै दिन हाई हलर्टमा रहन सकिँदैन जब भने त्यसपछि कावाले अझै एक दिन धैर्य गर्नुस् भने । ३ डिसेम्बरका दिन पाकिस्तानले हमला गर्यो र भारतीय वायुसेना त्यो हमलाका लागि पूर्ण रुपमा तयार थियो । यो सूचना दिने रअको एजेन्ट ‘ह्युमन एजेन्ट’ थियो । जोसँग सूचना पठाउन वायरलेस र राम्रो लोकेशन थियो ।

सिक्किम विलय र रअ

भारतमा सिक्किम विलयका लागि पनि रामेश्वरनाथ कावाको जबरजस्त भूमिका रहेको थियो । उनले यो काम जम्मा चार जना अधिकृतको सहयोगमा फत्ते पारेका थिए । यो अपरेसन यति गोप्य ढङ्गमा सञ्चालन गरिएको थियो कि उनको दोस्रो नम्बरका सहनिर्देशकलाई पनि यसबारे केही थाहा थिएन ।

आरके यादव भन्छन्– ‘सिक्किमलाई भारतमा गाभ्ने योजना कावाको अवश्य थियो तर त्यति बेलासम्म इन्दिरा गान्धी यो क्षेत्रकी निर्विवादित नेतृ भइसकेकी थिइन् । बङ्गलादेशको लडाइँपछि उनमा यति धेरै आत्मविश्वास भरिएको थियो कि उनलाई लाग्थ्यो आफ्ना छिमेकका सबै समस्याको समाधान उनले नै गर्ने हो । सिक्किम समस्याको सुरुवात तब मात्र भयो जब चोग्यालले एउटी अमेरिकी महिलासँग बिहे गरे र त्यसैका कारण त्यहाँ सीआईएको धेरथोर हस्तक्षेप हुन थाल्यो ।’

यादव थप भन्छन्– ‘कावाले त्यसबेला इन्दिरा गान्धीलाई सिक्किमलाई भारतमा विलय गराउन सकिन्छ भन्ने सुझाव दिए । यो एक प्रकारको रक्तपातविहीन सत्ताउल्ट्याउने कुरा थियो र यो अपरेशनको सबैभन्दा ठूलो कुरा के थियो भने यो सबै कुरा चीनको नाक तल भएको थियो । चीनका सेना सिमामै तैनाथ थिए तर इन्दिरा गान्धीले चीनलाई कुनै महत्व नै दिइनन् । यस कुराको श्रेय कावालाई नै जाने गर्छ कि उनले ३ हजार वर्ग किलोमिटर क्षेत्र भएको मुलुकलाई भारतमा विलय गराए र सिक्किमलाई भारतको २२औँ राज्य बनाए ।’

विवादको घेरामा

यस्तो पनि होइन कि ‘रअ’ का संस्थापक कावामाथि कहिलै कुनै आरोपहरु लागेनन् । सन् १९७७ मा इन्दिरा गान्धी निर्वाचनमा पराजित भएपछि र मोरारजी देसाई सत्तासिन भए । त्यतिबेला कावामाथि इन्दिरा गान्धीले घोषणा गरेको सङ्कटकालमा दमन गरेको आरोप लाग्यो । मोरारजी देसाईले नै कावालाई बोलाएर दमन गरिएको बारे उल्लेख गरेका थिए ।

कावाले त्यसबेला आफ्नो बचाउ गरे र सङ्कटकालमा आफ्नो कुनै हात नरहेको भन्दै आरोपहरुको खण्डन गरे । त्यसपछि एउटा छानविन समिति बन्यो । यसले कावा र ‘रअ’ले सङ्कटकालमा दमन नगरेको भन्दै सफाइ दियो । तर ‘रअ’का धेरै जसो अधिकारीहरु भने कावालाई निकै आदर्श व्यक्तिको रुपमा पछ्याउने गर्छन् ।

कावाको एउटा उक्ति ‘रअ’मा निकै चर्चित छ । उनी आफ्ना विरोधीलाई विष दिएर होइन कि मह खुवाएर मार्नुपर्ने विचार राख्थे । भन्नुको अर्थ के थियो भने विरोधीलाई मिठो गरी आफ्नो पक्षमा पार्ने ।

विदेशी गुप्तचर प्रमुखहरुका साथ कावाको व्यक्तिगत सम्बन्ध र त्यस मार्फत भारतसँगको सम्बन्धमा कत्तिको प्रभाव पार्यो भन्ने सायदै कसैलाई थाहा हुन सक्ला तर एक पटकको कुरा निकै रोचक छ । एक पटक अमेरिकी पूर्वराष्ट्रपति र सीआईएका प्रमुख रही सकेका जर्ज बुस सिनियरले उनलाई अमेरिकी ‘काउ ब्वाँय’को प्रतिमूर्ति भेट स्वरुप प्रदान गरेका थिए ।

त्यही आधारमापछि जब उनका अनुयायीहरुलाई ‘काउ ब्वाँएज’ भनेर बोलाउन थालियो । त्यसपछि उनले त्यस्तै एउटा प्रतिरुप बनाएर ‘रअ’को मुख्यालयको स्वागत कक्षमा राख्न लगाए ।
८ माघ २०७४, सोमबार ०६ः११ मा प्रकाशित

लामो समयदेखि कोलंवियामा गृह युद्ध चलिरहेको छ । ल्याटिन अमेरीकाको यो देशमा गुरिल्लाको यो युद्ध अन्तिम हो । यी गुरिल्लाहरु लगभग ४१ बर्ष देखि युद्ध गर्दै जंगलमा बस्दै आएका छन् । यी तस्बीरहरुमा कोलंवियाका गुरील्ला लडाकुहरुको दैनिकी देखिएको छ । यी गुरिल्लाहरु समान रुपमा महिला पुरुष संगै खाने बस्ने, सुत्ने र नुहाउने गर्छन् । जंगली जनावरको शिकार गरेर नै आफ्नो पेट भर्छन् यी लडाकु । यो समुहमा करिब २४ जना छन् । अब भने गुरिल्ला र सरकारको शान्ति बार्ता हुने भएको छ । बार्ता कस्तो हुने हो, पर्खाइको बिषय बनेको छ ।

जन संचारबाट साभार

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations