बिशेस समाचार

एकता र दलालका विरुद्दको संघर्षले मात्र समाधान दिन्छ

HOT NEWS       प्रकाश चन्द ,

हो मलाई पनि यो बिचमा धेरै अभिभावक र विध्यार्थीको प्रश्न थियो ( कसरी यत्रो ? किन यति धेरै? तपाईंले भन्दिदा पनि मिल्दैन ? मिलाईदिनुसन। अनि म आफैलाई सोध्छु आखिर कैले सम्म हामी मौन ? कहिले सम्म अर्काले दिएको न्याय र निर्देशन पर्खेर बस्ने ?

डा. केसीले पनि यो विषयलाई भर्याङ्ग बनाइरहदाँ अब पनि हामिले किन थपडी मात्र बजाउने ? आज भन्दा ठिक ७ बर्ष अघि २०/२५लाख मा सजिलै पढ्न सकिने विषय आज के कुराको मुल्य बृद्धि भएर नेपाल सरकारले ६२.५लाख र निजी मेडिकल कलेजले ६२ लाख सम्म मुल्य तोकेका हुन ?

के यो समस्या र प्रश्नको समाधान र जवाफ हाम्रो पुस्तामा समाप्त भयकै हो त होइन भने हामी विद्यार्थी र अभिभावकले एक पटक सडक बाट विद्रोहको बिगुल बजाउदै मेघ गर्जन सहितको आधि हुरी ल्याउन किन आँट नगर्नेर ? त्यसैले मेरो जवाफ ( एकता र दलालका विरुद्दको संघर्ष ले मात्र समाधान दिन्छ भन्ने कुरामा ढुक्क हौं। ✊

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations