बिशेस समाचार

इजरायलको परमाणु कार्यक्रम

इतिहास       ,

काठमाडौँ– सन् १९८६ मा संसारका सबैजसो पत्रिकामा इजरायलले गोप्यरुपमा आफ्नो परमाणु कार्यक्रमलाई अगाडि बढाइरहेको समाचार प्रकाशित भयो । ती समाचारमा इजरायलले अनुमान गरिएको भन्दा निकै ठूलो परिमाणमा परमाणु कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरिएको थियो ।

बितेको १० वर्षअघिदेखि गोप्य रुपमा सञ्चालन गरिएको परमाणु कार्यक्रमका बारेमा संसारलाई खुलासा गर्ने व्यक्तिको नाम हो– मोर्डेचेई बनुनु आफ्नो अति गोप्य परमाणु कार्यक्रमको खुलासा भएपछि इजरायलको गुप्तचर संस्था मोसाद ९सेन्ट्रल इन्स्टिच्युट अफ इन्टेलिजेन्स एन्ड स्पेसल अपरेसन्स० ले बनुनुलाई पक्राउ गर्ने ‘अन्डरकभर अपरेसन’ सञ्चालन गर्यो ।

बनुनुलाई पक्राउ गर्नका लागि दोस्रो विश्वयुद्धपछि डिसेम्बर १९४९ मा गठन गरिएको मोसादले एउटी महिला गुप्तचरलाई खटायो । तिनताका बनुनु इजरायलबाट अस्टे«लिया हुँदै लन्डन गएर बस्न थालेका थिए । महिला गुप्तचरको ‘टाक्स’ बनुनुलाई आफ्नो प्रेमजालमा लठ्ठ पारेर लन्डनबाट बाहिर कुनै पनि देशमा झिकाउनु थियो ।

बनुनुलाई अपहरण गरेसँगै मोसादको उक्त ‘अन्डरकभर अपरेसन’ सम्पन्न भयो र उनलाई इजरायल ल्याई मुद्दा चलाइयो । यो आलेखमा मोर्डेचेई बनुनुको परमाणु कार्यक्रममा रहेको संलग्नता र उनलाई पक्राउ गर्न खटाइएकी गुप्तचर एजेन्ट ‘सिन्डी’को बारेमा केन्द्रित हुनेछ ।

बनुनुको विगत

बनुनु सन् १९७६ देखि १९८५ सम्म इजरायलको बिरसेवाको नजिक नेगेव मरुभूमिमा राखिएको डिमोना परमाणु प्लान्टमा टेक्निसियनको रुपमा काम गर्थे । उनले त्यहाँ परमाणु बम बनाउनका लागि प्लुटोनियम बनाउने काम गर्थे । ‘न्युक्लियर वेपन्स एन्ड ननप्रोलिफिकेसनः अ रेफरेन्स हैन्डबुक’का अनुसार बनुनुले बेन गुरिओन विश्वविद्यालयबाट दर्शनशास्त्रमा पढाइ सकेका थिए ।

३१ वर्षका बनुनुले दश वर्षसम्म इजरायलको परमाणु कार्यक्रममा काम गरे । त्यसपछिका दिनहरुमा उनी इजरायली सरकारको दमन बेहोर्दै आएका प्यालेस्टिनीहरुप्रति संवेदना राख्न थाले । उनी प्यालेस्टिनीप्रति संवेदना राख्न थालेका छन् भन्ने कुरा त्यहाँका गुप्तचरबाट लुक्न सकेन । त्यसपछि सन् १९८५ मा उनलाई जागिर छोड्न भनियो ।

जागिर छोड्ने पक्का भएसँगै उनले त्यस्तो काम गर्न भ्याए, जसले संसारलाई इजरायली परमाणु कार्यक्रमको बारेमा सोच्न बाध्य तुल्यायो । उनले डिमोना परमाणु प्लान्ट, हाइड्रोजन र न्युट्रन बमको करिब ६० वटा गोप्य तस्बिर लिए । फोटो लिएसँगै उनले देश छोडे र अस्टे«लिया पुगेर इसाई धर्म अपनाए ।

त्यसको केही समयपछि उनी लन्डन आए र ती सबै तस्बिरहरु लन्डनस्थित सन्डे टाइम्सका पत्रकार पिटर हुनमलाई उपलब्ध गराए ।

५ अक्टुबर १९८६ का दिन सन्डे टाइम्सले एउटा समाचार प्रकाशित गर्यो, जसको शीर्षक थियो– ‘रिबिल्ड ः द सिक्रेटस अफ इजरायल्स न्युक्लियर आर्सेनल’ । समाचार बनुनुलाई आधार बनाएर प्रकाशित गरिएको थियो । समाचार प्रकाशनसँगै मानौँ संसारमा भूकम्प नै आयो । संसारभरिका राजनीतिज्ञ, पत्रकार, जनता सबै समाचार पढेसँगै झस्याङ्ग भए ।

समाचार प्रकाशन हुनुपूर्व अमेरिकाको गुप्तचर निकाय सीआईएले इजरायलसँग कुल १० देखि १५ परमाणु हतियार भएको अनुमान गरेको थियो । तर समाचारले समग्र अमेरिकी सुरक्षा संयन्त्र झस्काइदिएको ‘न्युक्लियर वेपन्स एन्ड ननप्रोलिफिकेसन अ रेफरेन्स हैन्डबुक’ले लेखेको छ ।

तर बनुनुका अनुसार इजरायलसँग ‘अन्डरग्राउन्ड प्लुटोनियम सेपरेसन’ सुविधा भएकाले उसँग लगभग १५० देखि २०० परमाणु हतियार थियो । २०औँ शताब्दीका चर्चित घटनाहरुलाई समेट्ने न्युयोर्क टाइम्सको पुस्तक ‘पोलिटिकल सेन्सरसिप’मा बनुनुले सूचना चुहाएका कारण इजरायलका तत्कालीन प्रधानमन्त्री सिमोन पेरेसले अमेरिकी राष्ट्रपति रोनाल्ड रिगनसमक्ष आफूहरुसँग कुनै पनि परमाणु हतियार नभएको भनेर झुठो बोल्न सकेनन् ।

अस्टे«लियामा बस्दै गरेका बनुनु सन्डे टाइम्सलाई सूचना दिनका लागि मात्रै लन्डन पुगेका थिए । इजरायली गुप्तचर संस्था मोसादले भने बनुनुले देश छोडेलगत्तै उनलाई पक्राउ गर्न विभिन्न ‘अपरेसन’ चलाइ नै रहेको थियो तर ती अपरेसनहरु सफल हुन सकेका थिएनन् ।

यदि मोसादले बनुनुलाई सूचना चुहाउनुअघि नै पक्राउ गर्न सकेको भए संसारलाई त्यो कुरा सायद कहिलै पनि थाहा हुने थिएन कि इजरायलसँग यति धेरै आणविक हतियार छन् र उनले अझै पनि गोप्यरुपमा परमाणु कार्यक्रम चलाइरहेको छ ।

न्युयोर्क टाइम्सको पुस्तक ‘पोलिटिकल सेन्सरसिप’का अनुसार मोसादले उनलाई लन्डनदेखि इटली ल्याएर पक्राउ गर्ने योजना बनाइरहेको कुरा लेखेको छ ।

बनुनु पक्रन प्रेमको पासो

सन्डे टाइम्सका पत्रकार पिटर हुनम आफ्नो पुस्तक ‘द वुमन फ्रम मोसाद’मा लेख्छन्– ‘लन्डनको बाटोमा एक दिन ९२४ सेप्टेम्बर १९८६० बनुनुले एउटी सुन्दर केटीलाई देखे, जो आफैमा हराएकी जस्ती देखिन्थी । केटीलाई देख्ने बित्तिकै बनुनुले उनलाई कफीको अफर गरे । केटीले लजाउँदै सहमति जनाई र आफ्नो नाम ‘सिन्डी’ रहेको बताई । उसले आफू अमेरिकन ब्युटिसियन भएको बताउन समेत छुटाइन ।’

पहिलो भेटघाटमै ‘सिन्डी’सँग बनुनु यति धेरै लठ्ठ भएका थिए जुन उनका लागि हानिकारक थियो । उनीहरु घुम्न जानेबारे सल्लाहा गर्न थालिसकेका थिए । उनीहरु हरेक दिन भेट्ने र लन्च–डिनर गर्ने गर्थे । यति हुँदासम्म सिन्डीले आफ्नो बस्ने ठाउँ देखाएकी थिइन तर बनुनुले भने आफू बस्दै गरेको– ‘द माउन्टवेटन होटल कोठा नम्बर १०५’ को जानकारी दिइसकेका थिए ।

उनले त्यति मात्र भनेनन्, आफू त्यहाँ ‘जर्ज फास्र्टी’ भन्ने छद्म नाम प्रयोग गरेर बस्दै गरेको समेत बताए । भन्नुको अर्थ एकातर्फ सन्डे टाइम्ससँग यति गम्भीर विषयमा छलफल भैरहेको थियो उता सिन्डी भन्ने केटीसँगको सम्बन्ध पनि उचाइमा चल्दै थियो । आखिर समाचार पनि छापियो र बनुनु पनि लन्डन छोडेर रोम पुगे ।

ब्रिटेनबाट हराएका बनुनु एकाएक न्युजविकको समाचारबाट तीन हप्तापछि उदाए । उनलाई इजरायल पुर्याइसकिएको थियो अर्थात मोसादको ‘अन्डरकभर अपरेसन’ सफल भएको थियो । चारो लगाएर माछा मार्ने काममा मोसाद सफल भइसकेको थियो । पत्रकार पिटर हुमनका अनुसार न्युजविकको समाचारमा बनुनुलाई १५ दिनको हिरासतमा राखिएको थियो ।

समाचारका अनुसार बनुनुलाई एउटी महिला मित्रले रोमबाट इटालीको समुद्रमा जान आग्रह गरेकी थिइन । उनी त्यहाँ पुगेलगत्तै उनलाई मोसादका इजरायली गुप्तरचर एजेन्टले अपहरण गरेर इजरायल पुर्याएका थिए । पिटर हुनमका अनुसार यति हुँदाहुँदै पनि बनुनु आफ्नो गिरफतारीमा त्यो केटीको हात रहेको स्विकार्ने पक्षमा थिएनन् । पछि बल्ल ‘सिन्डी’ मोसादकी सिक्रेट एजेन्ट भएकोमा सहमत भए ।

सिन्डीको वास्तविक नाम के थियो भन्नेबारेमा धेरै वर्षसम्म विभिन्न कुराहरु भइरहे । तर यो विषयमा लामो समय अध्ययन गरेका तथा आफै संलग्न रहेका पत्रकार पिटर हुनमका अनुसार सिन्डीको वास्तविक नाम– सेरिल हैनिन बेनटोव हो । सन् २००४ मा सेन्ट पिटर्सवर्ग टाइम्सका अनुसार सेरिल हैनिन बेनटोबको सन् १९७८ मा इजरायली सेनामा भर्ती भएकी थिइन् ।

तालिम सकेर त्यसपछिका वर्षहरुमा उनी मोसादमा काम गर्न थालिन् । मोसादमा उनको मुख्य जिम्मेवारी विभिन्न देशमा रहेको इजरायली दूतावासमा जोडिएर काम गर्नु थियो ।

पछि पत्रकार हुनमले इजरायलको नेतन्या सहरमा सेरिलको बसोबास गर्दै गरेको ठाउँलाई खोजेर पत्ता लगाए, जहाँ उनी आफ्ना पतिका साथ बस्दै थिइन् । उनले आफू सिन्डी भएको कुरा अस्विाकार गरिरहिन । यस घटनापछि सेरिल कयौँ वर्षसम्म कतै पनि देखा परिनन् ।

गोर्डन थोमसले आफ्नो पुस्तक ‘गिडोन्स स्पाई  मोसाद्स सिक्रेट वारियर्स’ मा लेखेका छन्– ‘मैले सेरिललाई आयरल्यान्डमा देखेँ । त्यहाँ सन्डे टाइम्सका पत्रकारले बनुनुलाई अपहरण गर्न सघाउने सिन्डी भन्ने ‘सिक्रेट एजेन्ट’ तपाईं नै हो रु भन्दा उनले आफ्नो भूमिकामा कुनै असमति जनाइनन् ।

बनुनुलाई सजाय

बनुनुलाई सन् १९८८ मा इजरायलको अदालतद्वारा १८ वर्षको जेल सजाय सुनाइयो, जसमा उनले १३ वर्ष बिताए । सन् २००४ मा जेलबाट रिहाई भए पनि उनीमाथि कयौँ किसिमका बन्देज लगाइएका छन् । जेलबाट रिहा भए पनि इजरायली सुरक्षा निकायका अधिकारीहरुले उनलाई ११ नभेम्बर २००४ मा फेरि पक्राउ गर्ने छोड्ने गरिरहे ।

रिहाई भएको ३२ वर्षपछिसम्म पनि उनीमाथि कैयौँ प्रकारका बन्देजहरु लगाइएका छन् । पछिल्लो वर्ष नर्बेले बनुनुलाई ओस्लोमा शरण दिने बताए पनि इजरायल सरकारले उनलाई त्यहाँ जान अनुमति दिएको छैन ।

इजरायलको परमाणु कार्यक्रम

इजरायलले सन् १९५० मा फ्रान्सको सहायतामा नेगेवमा परमाणु सम्यन्त्र बनाएको थियो । समग्र विश्व के भन्ठान्थ्यो भने यो भनेको कपडाको कारखाना हो, जहाँ एग्रिकल्चर स्टेसन हो, जहाँ केही अनुसन्धानको काम हुने गर्छ । सन् १९५८ मा यु–२ जासुसी हवाई जहाज मार्फत के आशङ्का गरिएको थियो भने इजरायलले परमाणु कार्यक्रम चलाइरहेको छ ।

अन्ततः सन् १९६० मा मात्र तत्कालीन प्रधानमन्त्री डेबिड बेन–गुरियोनले डिमोना परमाणु रिसर्च केन्द्रको बारेमा आधिकारिक जानकारी दिए । उनले भने– ‘हामीले परमाणु कार्यक्रम सञ्चालन गरेका छौँ तर यो शान्तिपूर्ण उद्देश्यका लागि हो ।’ सन् १९६८ मा सीआईएद्वारा सार्वजनिक गरिएको रिपोर्टमा बनुनुले दिएको सूचनाले अमेरिकासहित कैयौँ मुलुकलाई भित्रैदेखि गम्भीर बनाइदिएको उल्लेख छ ।

यहाँ अनौठो कुरा के छ भने विश्व नोबेल शान्ति पुरस्कार पाउने इजरायली राष्ट्रपति सिमोन पेरेसले नै इजरायलको गोप्य परमाणु कार्यक्रमको सुरुवात गरेका थिए । उनको सन् २०१६ मा ९६ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको थियो । सन् २०१६ मै इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले सिमोन पेरेसले सुरुवात गरेको गोप्य परमाणु कार्यक्रमको महत्वलाई दर्शाउँदै नेगेव परमाणु सम्यन्त्रको नाम फेरेर सिमोन पेरेसको नाममा नामकरण गरिदिएका छन् ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations