बिशेस समाचार

यसरी लुकेर टुइट गर्छन फरार पुर्व डिआइजी नवराज सिलवाल

HOT NEWS       ,

प्रहरीमा बिवादित बने पछि राजीनामा दिएर बामपंथी गठबन्धनको साझा उम्मेदवार बनेर चुनाव जितेका नेपाल प्रहरी आफ्नै पूर्व प्रहरी नायव महानिरीक्षक नवराज सिलवाललाई खोजी गरिरहेको छ । सिलवाल भने कहाँ छन् कसैलाई थाहा छैन, उनी मलेसियाबाट अमेरिकातर्फ लागेको हल्लाहरुले बजार तात्ने गरेको छ तर एकाएक जनवरी १२ अर्थात पुस २८ गते शुक्रबार नवराज सिलवाल एकाएक ट्वीटरमा झुल्किए ।
नराम्रो मानिसले तपाईंलाई कस्तो व्यवहार गरेका छन्, तर जीवनमा के पर्छ त्यही टेरेर जान्छ । उनको यो उनको स्टाटसलाई धेरै तरिकाले अर्थ लगाउन सकिन्छ ।
यता नेपाल प्रहरीले भने पूर्व डिआइजी नवराज सिलवालको खोजी जारी रहेको बताएको छ । अदालतमा बुझाएको कार्य सम्पादन मूल्यांकन फाइल कीर्ते गरेको अभियोगको अनुसन्धानका लागि प्रहरीले पूर्वडिआइजी सिलवालको खोजी गरिरहेको छ ।
ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित सिलवाललाई अनुसन्धानको लागि उपलव्ध गराइदिन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई पत्राचार गरेको थियो । एक सातापछि ललितपुर प्रहरीले सिलवाल नभेटिएको भन्दै बुधवार काठमाडौं प्रहरीलाई जवाफ पठायो।
सिलवाल भने पूर्वनिर्धारित कार्यक्रमका लागि मलेसिया पुगेको दावी गर्दै आएका छन् । तर, उनले जुन एयरलाइन्सबाट गएको बताए त्यसको उडान नभएको र जुन ठाउँमा कार्यक्रम भनेको कार्यक्रम नै नरहेको तथ्य पनि फेला परिसकेको छ ।
यता काठमाडौं प्रहरी परिसरले पनि सिलवालको कीर्ते अनुसन्धान जारी राखेको छ । कार्य सम्पादन मूल्याङ्कन फाइल मगाएर अनुसन्धान गरिरहेको हो । सिलवालले कीर्ते गरेको देखिएमा प्रहरीले अदालतमा मुद्दा दर्ता गराएर सिलवाललाई फरार अभियुक्त बनाएर खोजी गर्ने तयारी भइरहेको प्रहरी स्रोतले बतायो ।

राजनीतिबाट साभार

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations