बिशेस समाचार

हामी माओवादी पार्टीमा बस्नेवाला छैनौ महरा

राजनीति       ,

काठमाडौं, पुस २९ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले एमाले माओवादी एकता एक अर्कामा विलय हुने कुरा नभएर दुई दल मिलेर नयाँ पार्टी बन्ने महा अभियान भएको बताएका छन् ।

नेता महराले पार्टी एकता भनेको दुई वटै पार्टीले आफ्नो पुरानो सोच र चिन्तन, धारणालाई बदलेर नयाँ आधारमा उभिनु रहेको बताएका हुन् । अहिलेको पार्टी एकता एमाले र माओवादी भन्दापनि देशलाई चाहिएको उनले बताए ।

‘हामी एमाले माओवादीमा विलय हुने वा माओवादी एमालेमा विलय हुने कुरा होइन,’ उनले भने, ‘यो पार्टी एकता भनेको दुई वटै पार्टीले आफ्नो पुरानो सोच र चिन्तन,धारणालाई बदल्ने र नयाँ ठाउँमा पुग्ने कुरा हो।’

दुई पार्टीबीच एकता हुन सबैले देशलाई अगाडि बढाउनु पर्ने अवधारणा बनाउनुपर्ने उनले बताए । आफु एमाले वा माओवादी हुँ भन्ने धारणबाट माथि उठे पार्टी एकतामा सहज हुने उनको जिकिर छ ।

‘हामी माओवादीहरु माओवादीमा मात्रै बस्ने, सोच्ने चिन्तनमा छैनौ। एमालेको नेताहरुपनि अब त्यही ढंगले सोच्नु पर्यो’, उनले भने, ‘ उहाँहरुले अब उही ढर्रामा बसेर हुँदैन देश, देशलाई अलि अगाडि बढाउनु पर्यो, भन्ने धारणा अवधारणाले मात्रै पार्टी एकता सम्भव हुन्छ ।’

नेता महराले देशले नयाँ विचार, नयाँ राजनीति र नयाँ संगठन खोजेको भन्दै देशलाई नयाँ उचाईमा उठाउन वाम शक्तिहरु एक हुन लागेको बताए । उनले एमाले–माओवादीबीच सम्मानजनक पार्टी एकता हने समेत बताए ।

एभेरष्ट दैनिकबाट साभार

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations