बिशेस समाचार

सरकारको गाइजात्रे काइदा ! फागुन ४ ल्होसार माघ ४ मै बिदा !!

बिबिध       ,

बेँसीशहर, लमजुङ, २८ पुसः सोनाम ल्होसार भनेर सरकारले माघ ४ गते बिदा दिएको छ, जवकि सोनाम ल्होसार फागुन ४ गते पर्छ। त्यसैले उक्त बिदा फिर्ता लिन तामाङ समुदायले माग गरेको छ ।

तामाङ घेदुङ संघ लमजुङ शाखाले पत्रकार सम्मेलन गरी ४ माघका दिन दिएको बिदा फिर्ता लिन आग्रह गरेको हो ।

मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होसार माघ शुक्ल प्रतिपदा फागुन ४ गते पर्ने भन्दै माघ ४ गतेको सार्वजनिक बिदा फिर्ता लिन आग्रह गरेको उक्त संघले जनाएको छ ।

“माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार पर्छ, माघ शुक्ल प्रतिपदा फागुन ४ गते हो”, तामाङले भने, “हामीले फागुन ४ मा ल्होसार मनाउने हो त्यसैले माघ ४ को बिदा आवश्यक छैन ।”

फागुन ४ गते शेर्पा जातिले मनाउने ध्याल्पो ल्होसार पनि परेको र उक्त दिन स्वतः सार्वजनिक बिदा भएकाले अर्को बिदा घोषणा गरिरहन आवश्यक नरहेको उनले बताए।

तामाङ जातिले चरा वर्गको बिदाइ र कुकुर वर्गको स्वागत गर्दै २८५४ औँ सोनाम ल्होसार मनाउँदै छन् । ल्होसारका अवसरमा विभिन्न प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations