बिशेस समाचार

लाल चख्लाका लाल फतुवा

कविता       –निभा शाह ,

माओलाई मृत्युदण्ड दिऊँ

माओलाई मृत्युदण्ढ दिऊँ १

आऊ, यो लाल चख्लामा

लाल फतुवा जारी गरौँ

माओलाई मृत्युदण्द दिऔँ

म हुँ लाल जुडास १

यी प्रभुवचन कसका हुन् रु

जनयुद्धमा

गुमेका हातहरू खोज्दै हिड्ने

बिर्खे छापामार

नैतिकताको परिभाषा दिदै हिड्थ्यो

लालपुर्जा बोकेर हिड्ने यो दुनियाँमा

केको नैतिकता रु

नैतिकता त हामीजस्ता

ठूला ठूला आलुहरूलाई

बन्दुक बोकाउने

कुँजो बनाउने

आँदो बनाउने

प्रभु वचन मात्र हुन् ।

यही बिर्खे छापामार

पेटारो सुकेपछि

अर्धपागल भएर

कर्णाली पसी म¥यो ।

पासोलाई मर्नका लागि

हात चाहिन्छ

बिर्खेसँग पासो लगाउने हात थिएन

बिर्खे हात नपाई

कर्णाली पसी मर्यो

बिर्खे मर्यो रु

वा

लाल चख्लाको लाल फतुवामा पर्यो ।

म गमिरहेछु

म लेखिरहेछु १

अब सेता बाघहरू

सेता दरबारबाट जन्मिँदैनन्

अब सेता बाघहरू

लाल दरबारबाट फुत्त–फुत्त जन्मिसके ।

जबसम्म निख्खर रातो रङ

आगो भएर जन्मिँदैन

उज्यालो भएर जन्मिँदैन

तबसम्म

कोलम्बस पेन्टले रङ्गिएको

लाल दरबारको गर्भाशयबाट

जन्मिरहनेछन्

फुत्तफुत्त सेता बाघहरू ।

सेताका बाघका

नवसंस्करण

सकुनी बाघहरू ।

र त

लालपुर्जाको यो दुनियाँमा

साई छिया

गोसाई आया

भुइँ मान्छेको जीवन

जसो छियो उसै रह्यो

यिनको न जीवन बदलियो

न मृत्यु १

हेर त १

ब्यान्दिलै गोसाइँको कुकुर

भोटो लाएर मर्निङवाक गर्दै थियो

त्यही बिहान चिसा सिरौटाले

चौँठ्या मर्यो

चाँैठी मरी

रामजनम चौधरी मर्यो

फूलमतिया मरी

लालु मर्यो

लालमनिया मरी

अब्दुल मर्यो

अमिना मरी

यिनको मृत्यु

न समाचार बन्यो

न समवेदना बन्यो

जनगणनामा भोट हाल्ने

भेडा बाख्रा थिए

मरे त मरे

भेडाबाख्रा मरे १

यो बधशालामा

बधिकहरूका लागि

दुईखुट्टे भेडाबाख्राको मृत्यु

न समभाव

न समवेदना १

यो बधशालामा जुन दिन

चिसा सिरेटाले

दुईखुट्टे भेडाबाख्रा मरे

त्यो दिन

सहिद दिवस थियो ।

यता जिगलोको हाउस

सिंहरदरबारमा

जिगलोहरूले

सहिदहरूलाई

मृत्युदण्द दिँदै

सहिद दिवस मनाइरहे

उता चिसा सिरौटाले

भुइँमान्छेहरू मरिरहे ।

मरे त मरे

यो बधशालामा

चिसा सिरौटाले भुइँमान्छे मरे ।

हेर त १ मध्यपहर

गोसाइँको कुकुर

मिनरल वाटर खाँदै थियो

त्यही पहर

स्लाइन पानी नपाई

उँदाउँवा पडी

आइते मर्यो

डोल्मा मरी

यिनको मृत्यु

न समभाव बन्यो

न समवेदना बन्यो ।

यी जनगणनामा

गणतन्त्र ल्याउने

दुईखुट्टे भेडाबाख्रा थिए

मरे त मरे

यो बधशालामा

गणतन्त्र ल्याउने

भेडाबाख्रा मरे ।

यो दिन गणतन्त्र दिवस थियो

यता जिगलो हाउस

सिंहदरबारमा

जिगलोहरूले

सेतुहरूलाई मृत्युदण्द दिँदै

हँसिया हथौडा उचाली

लाल सलाम लाल सलाम बोलिरहे

गणतन्त्र दिवस मनाइरहे

उता उँदाउँवा परी

भुइँमान्छेहरू मरिरहे ।

मरे त मरे

यो बधशालामा

उँदाउँवा परी

गणतन्त्र ल्याउने भुइँमान्छे मरे ।

हेर त १

सम्साँझै अजीर्ण भएर

गोसाइँको कुकुर

ओकाई ओकाई

काँड परेर मर्यो

त्यहीँ साँझ

पेटारो सुकेर

दिलबहादुर रम्तेल मर्यो

लली रोका मरी

कृष्ण सेन मर्यो

चुनु मरी ।

त्यो दिन

जनयुद्ध दिवस थियो

यता

यो बधशालामा

ख्रुश्चेभहरूले

माओलाई मृत्युदण्द दिँदै

माओवाद– जिन्दावाद भन्दै

जनयुद्ध दिवस मनाइरहे ।

उता पेटारो सुकेर

कृष्ण सेनहरू मरिरहे

यो कुनै आठौँ आश्चर्य भएन ।

सिद्धान्त बिस्कुन लागेको यो देशमा

हिजो भर्खर मालिकको कुकुर

काँड परेर मर्यो

उसका मलामी हजारौँ थिए

हिजो भर्खर

कृष्ण सेन पेटारो सुकेर मर्यो

उसका मलामी

दुईचार वटा भेडीपाठा थिए

यो पनि कुनै आठौँ आश्चर्य भएन ।

जनगणनामा रेमिट्यान्स बोक्ने

कमरा भेडाबाख्रा

खाडीतिर जो छन्

आठौं आश्चर्य त यो पनि भएन ।

जनयुद्धमा

कुँजो भएको बिर्खबहादुर

हात खोज्दै हिड्थ्यो

छापामार बिर्खबहादुरका हातहरू

सिंहदरबारका काँटाचम्चा भए ।

संसद भवनका जिगलोहरू

बिर्खबहादुरका हातहरूले

गणतन्त्र, संघतन्त्र, राष्ट्रिय सभा

समानुपातिकका स्वादहरू चाख्छन्

कुँजो बिर्खबहादुर माटोमुनि आगो भयो ।

अब सबै भेडीपाठाहरूलाई

दुईखुट्टामाथि

चारखुट्टाको टाउको फाल्नु छ

अब दुई खुट्टामाथि दुई खुट्टाको

टाउको लाउनु छ ।

अब यिनलाई मान्छे हुनु छ

ती किन मरे रु

मर्नुको अर्थ खोज्नु छ ।

०००

फुटनोट स्

साई – श्रीपेच लाउने मालिक

गोसाइँ – श्रीपेच नलाउने मालिक

छियो – थियो

काँड – अचानक गाईवस्तुहरू मर्नु, व्यथा के थियो पत्ता नलाग्नु ।

ओकाई – वाक्वाक् गर्नु

उँदाउँवा – झाडावान्ता

जिगलो – पुरुष बेश्या

ब्यान्दिल – मिरमिरे

जुडास – जेससलाई बचेर सूली चढाउने जेससको चेलो

लाल चख्ला – रातो बेश्यालय

लाल फतुवा – रातो मृत्युदण्ड

९रोजाका यी शब्दहरू क्रान्ति छ, क्रान्ति थियो, क्रान्ति रहनेछ । यही भावमा माओको १२५ औँ जनम्दिवसको सन्दर्भमा माओमा समर्पित यो कविता लाल चख्लाका लाल फतुवा०

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations