बिशेस समाचार

रुपन्देहीका युथफोर्स अध्यक्ष दुर्गा तिवारीलाई गोली हान्ने सुटर पक्राउ ।

HOT NEWS       ,

पुस २९ काठमाण्डौं । एमाले निकट युथफोर्स रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या गर्ने सुटर पक्राउ परेका छन् । २०७३ साल पुस ४ गते रुपन्देहीको देशदहमा तिवारी माथि गोली हानी फरार रहेका अभियुक्त मध्येका एक तुल बहादुर सिंजालीलाई प्रहरी निरिक्षक किरण बज्राचार्यको टोलीले अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउन गरेको हो ।

सिंजाली फरार भए पछि नेपाल प्रहरीले यन्टरपोल मार्फत रेड कर्ननर नोटिस जारी गरेको थियो । सिंजाली ३ स् ४० बजेको कतार एयरको बिमान मार्फत नेपाल फर्कदै गरेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धानका लागि इन्टरपोलको कार्यालय नक्साल लगिएको छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations