बिशेस समाचार

फेरि चोइटियो बाबुरामको नयाँ शक्ति, यसपटक महिला शक्ति महासंघ नै नयाँ शक्तिबाट अलग, आज पेरिसडाँडामा एकता

राजनीति       ,

फेरि चोइटियो बाबुरामको नयाँ शक्ति, यसपटक महिला शक्ति महासंघ नै नयाँ काठमाडौं । नयाँ शक्तिलाई पाँच वर्षभित्र वैकल्पिक शक्तिकारुपमा विकास गर्ने बाबुराम भट्टराईको संकल्पमा फेरि प्रहार भएको छ ।

पार्टीको महत्वपूर्ण संगठन नै माओवादी केन्द्रमा समाहित हुन गइरहेको छ ।

मिडियामा प्रकाशित समाचार अनुसार, डा। बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति पार्टीको महिला शक्ति महासंघ र नेकपा माओवादी केन्द्र निकट महिला संगठन अनेमसंघ क्रान्तिकारीबीच आज एकता हुने भएको हो ।

उक्त एकता प्रक्रियामा नेकपा संयुक्त पार्टीको नेपाल महिला फेडरेशन समेत सहभागी हुने छ । यद्यपी नेकपा संयुक्तको भने निर्वाचन अघि नै माओवादी केन्द्रसँग एकता भइसकेको थियो । बीच एकता हुन लागेको हो ।

आज दिउँसो १२ बजे पेरिसडाँडामा एकता हुने छ।
“नेकपा संयुक्तको नेपाल महिला फेडरेशनको सिंगो केन्द्रीय कमिटी नै हामीसँग एकतामा आउन लागेको हो” अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष अमृता थापामगरले भनिन् “नयाँ शक्तिको महिला शक्ति महासंघ लमजम शेर्पाको नेतृत्वमा एकतामा आउन लागेको हो ।”

थापामगरको अनुसार महिला शक्ति महासंघबाट लमजम शेर्पाको नेतृत्वमा ११ केन्द्रीय कार्यालय सदस्य सहित ६० जना केन्द्रीय सदस्य एकतामा आउन लागेका हुन् । त्यस्तै नेपाल महिला फेडरेशनको सिंगो कमिटी नै एकतामा आएको थापामगरले बताइन ।शक्तिबाट अलग, आज पेरिसडाँडामा एकता

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations