बिशेस समाचार

चमेलिया जलबिद्युत आयोजनाले माघ ६ गते शुक्रबारदेखि विद्युत उत्पादन थाल्ने भएको छ ।

HOT NEWS       ,

दार्चुला, पुस २७  तीस मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले माघ ६ गते शुक्रबारदेखि विद्युत उत्पादन थाल्ने भएको छ । नियमित उत्पादन माघको ६ गतेबाट थाल्ने भएपनि शुक्रबार यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडन लागिएको हो ।

सन् २००७ मा निर्माण सुरु गर्दा यो आयोजना ८ अर्बमा निर्माण गर्ने भनिएको थियो । तर समयमै निर्माण सम्पन्न गर्न नसक्दा यो आयोजनाको लागत दोब्बरले बढेर १५ अर्ब पुग्न गएको छ ।

आयोजना प्रमुख अजय दाहालका अनुसार शुक्रबारदेखि यसको एउटा युनिटबाट उत्पादीत बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ । यस जलविद्युत आयोजनामा १५ मेगावाटका २ वटा युनिट छन् । अर्को युनिट भने १ महिनापछिबाट मात्रै सञ्चालनमा आउनेछ ।

‘पिकिङ रन अफ दि रिभर भएकाले हामीले अहिले पनि एउटा युनिटमा १५ मेगावाट बराबरको बिद्युत उत्पादन गर्न सक्छौं, जुन विजुलीलाई शुक्रबारबाट हामीले राष्ट्रिय प्रसारणलाइनमा जोड्नेछौं,’ दाहालले भने ।

६ दिनको लोड रिजेक्सन र ३ दिनको रिलायबिलिटी टेस्ट गरेपछि यसले नियमित उत्पादन थाल्नेछ ।

दार्चुलाको शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको निर्माणमा लेखा समितिले अनेक विवाद सृजना गरी अवरोध गरिदिएको थियो । जसका कारण एक वर्ष यसको निर्माण रोकिनपुगेको थियो ।

जस्ले गर्दा कुल ६ सय ११ मिटर सुरुङ खनेको समयमा २ सय ३२ मिटर भने खुम्चिएको थियो ।

सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट मात्रै सुरु भएको थियो ।

यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी ९सीजीजीसी० ले निर्माण गरिरहेको छ ।

साँघुबाट साभार

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations