बिशेस समाचार

गाउँपालिकालाई गलत निर्णय सच्याउन नेकपाको चेतावनी ।

HOT NEWS       ,

शिव डुम्रे रुपन्देही
पुष २८
रुपन्देही जिल्ला कञ्चन गाउँपालिका रुपन्देहीले आम सर्वसाधारण जनताको प्रतिकुल हुने गरी विभिन्न बहानामा गरिएको भनिएका निर्णयहरु प्रति विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । जनपरिषद रुपन्देहीका प्रमुख शिशिरद्धारा आज गाउँपालिका प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा ‘जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै कथित स्थानिय तहको निर्वाचन मार्फत जनप्रतिनिधीको रुपमा चुनिएका प्रतिनिधीहरुले जनताको वास्तविक धरातल नबुझि ऐन, कानुनको समग्र पक्षलाई मुल्यांकन एवं विश्लेषण नगरि हचुवाका भरमा जनतालाई मर्माहित पार्ने गरि गरिएका प्रायः सम्पुर्ण निर्णयहरु घातक रहेकोले सबै निर्णयहरुलाई यथाशिघ्र सच्याउन’ भनी उल्लेख गरको छ ।
कञ्चन गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा विवाद हुँदा विगत केही समयदेखी जनताहरु आन्दोलित बनेका थिए, नेकपाले सुरुदेखि नै सो विषयमा जनताको पक्षमा आवाज उठाउँदै आएको थियो ।
के छन् त नेकपाले बुझाएको आठ बुँदा ।
१. स्वामित्व प्राप्त जग्गामा बन्ने घरको नाप नक्सामा लिईदै आएको करमा ५० प्रतिशत कटौती गरि सोही अनुसार निर्धारण गर्नुपर्ने ।
२. अव्यवस्थित जग्गा सम्बन्धित व्यक्तिको स्वामित्वमा नआउँदा सम्म घरजग्गा खरिद विक्रि नापनक्सा लगायतका नाममा लिईदैं आएका करको कुनै बैज्ञानिकता र औचित्य नभएकोले अविलम्ब खारे गर्नुपर्ने ।
३. दोहोरो कर प्रणालीको अन्त्य गर्नुपर्ने ।
४. माटो ओसार–पसार गर्दा प्रति घनफुट रु १ का दरले लिईदै आएको कर खारेज गर्नुपर्ने ।
५. सरकारी कर्मचारीलाई नियमित सेवा सुविधाका अतिरिक्त स्थानिय तहले थप रुपमा दिइने भनिएको वा दिदैं आएको ३५ प्रतिशत अतिरिक्त भत्ताको औचित्यपूर्ण नभएकाले सो निर्णय बदर गर्नुपर्ने ।
६. गाउँपालिकाबाट प्रदान गर्ने सेवा अनुसारको यथार्थ विवरण खुलाई रसिद वा विल प्रदान गर्ने व्यवस्था मिलाउनु     पर्ने ।
७. योजना सञ्चालन गर्दा अनिवार्य गराइएको लागत जनसहभागिताको अन्त्य गर्नुपर्ने ।
८. गाउँपालिकाको केन्द्र राख्ने बाहानामा लामो समयदेखी जोतभोग गर्दै आईरहेका स्थानिय वासिन्दाको बसोबास नै उठाउने गरी गरिएको भनिएको निर्णय खारेज गर्नुपर्ने ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations