बिशेस समाचार

सहिदका बा र ओनसरीको आँसु : अम्बिका चन्द

ब्लग       ,

‘नेताज्यूलाई शोषित वर्गदेखि पर देखेँ

‘नेताज्यूलाई शोषित वर्गदेखि पर देखेँ

बीबीसीको पछि पछि सहिदको घर देखेँ

एउँटै मात्र छोरा सहिद भएपछि युद्धमा

डाँडामा साहाराविहीन पीपल र वर देखेँ ।

सहिद परिवारले अझैं राहत नपाएका रे

गोहीका आँसुमा वर्गउत्थानको थर देखेँ ।

नेता र मन्त्रीलाई समाजवाद आएको छ

योद्धाहरू ज्यान पाल्न विदेशिनु कर देखेँ

सपनाको मृत्यु रोज्ने हिम्मत भएन भने

प्रलयको भुँमरीमा कहीँ नबँच्ने जहर देखेँ ।’

बीबीसी नेपाली सेवाको साझा सवाल ५२४ औं अंक ‘रोल्पाली जीवन’ शीर्षक कार्यक्रम हेरेपछि प्यूठानका एक युवा सीताराम केसीले सामाजिक संजाल फेसबुकमा व्यक्त गरेको विचार हो यो । अघिल्लो हप्ता उक्त साझा सवाल कार्यक्रम रेकर्डको लागि बीबीसीले माओवादी केन्द्रका नेता नेता वर्षमान पुन ‘अनन्त’ र पूर्वसभामुखसमेत रहेकी पुन–पत्नी ओनसरी घर्तीलाई रोल्पा जेलबाङ पु¥यायो । आफ्नो बदलिएको जीवनशैलीमा पुगेका पुन–दम्पत्ती सहिदका पिता मंगले बुढाको निवासमा पुग्दा जनयुद्धकालमा आफूहरू बास बस्ने पुरानो छाप्रो उही हालतमा देखे । अहिले आफ्नो उच्चस्तरको घरानियाँ जीवनशैलीका अगाडि मंगलेबुढाको पुरानो छाप्रोमा अहिलेसम्म सरकारी कोषबाट दिइने राहत नपाएका सहाराविहीन सहिद बा–आमाको कष्टकर जीवन देख्दा ओनसरी घर्ती भावविह्ल भइन् र बोल्नसमेत सकिनन् । बीबीसीले रेकर्डको गरेको उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भयो । हजारौंले उक्त भिडियो हेरे र प्रतिक्रिया व्यक्त गरे । धेरैका प्रतिक्रिया धेरैथरीका भए पनि अधिकांशका विचार एक–आपसमा मिल्दा–जुल्दा छन् । प्रायःजसोको निष्कर्ष त्यति ठूलो जनयुद्ध लडेको माओवादीले वर्ग बदलेको र बाटो बिराएको भन्ने छ ।

भिडियो हेरेपछि प्रतिक्रिया दिंदै केएम शर्मा ओलीले जनयुद्धपछि माओवादी केन्द्रमा भ्रष्टाचारीहरू मौलाएको भन्दै के जनयुद्ध, जनसत्ता र जनसेना सीमित नेता वा व्यक्तिलाई सत्तामा पु¥याउने भ¥याङ थियो त भनी प्रश्न गरेका छन् र भनेका छन्– ओनसरीका गोहीका आँसुले सहिद परिवारको पीडा र छाक मेटिँदैन । जनयुद्धकालीन समयमा बनेको सहिदमार्ग रुकुम, रोल्पा सल्यानका जनताले श्रमदान गरेर बनाएको हो तर अहिले रोल्पाका नेताहरूले आफूले जसलिन खोजेको शर्माको भनाइ छ ।

तत्कालीन नेकपा ९माओवादी० ले स्थानीय जनसत्ताको अभ्यास गरिरहेको बेला २०६०र०६१ सालतिर दाङदेखि रोल्पा थबाङ जोड्ने सडकखण्डको नुवागाउँ, होलेरी, तिला, घर्तीगाउँ हुँदै थबाङ जोड्ने सहिदमार्ग निर्माण गरेको थियो । त्यतिबेला विभिन्न जिल्लाका मानिसहरूले श्रमदान गरेका थिए । यस्तै जनमुक्ति सेना र पार्टीका कार्यकर्तासमेत महिनौं दिन श्रम गरेका थिए । अहिलेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ त्यतिबेला क्रमशः केन्द्रीय आधार इलाकाको इन्चार्ज र सहायक इन्चार्जको जिम्मेवारीमा थिए । उनीहरूकै मुख्य योजनामा उक्त सहिदमार्ग निर्माण भएको थियो । आजभोलि माओवादी केन्द्रमा रहेका नेताहरूले उक्त सडकलाई आफूहरूले गरेको विकास भन्ने गरेका छन् ।

जनयुद्धका सपनामाथि घात र खेलवाड गर्ने वर्षमान–ओनसरीले जनयुद्धकालको अजम्बरी गाउँ भनेर चिनिने जेलबाङमा पुगेर सहिद बा–आमाको अगाडि किन आँसु झारेको नाटक गरेका होलान् भनी कतिपयले प्रश्न पनि गरेका छन् । कतिपयले यो प्रतिनिधिमूलक घटना भएको र कम्युनिस्ट विचार एवं प्रतिक्रान्तिको ठोस प्रमाण मंगले बुढाको जीवन हो पनि भनेका छन् । आज मंगले बुढाजस्ता सयौं सहिद परिवारको अवस्था निकै दुःखदायी छ भन्ने सयौं प्रतिक्रिया छन् । केही नेता र सीमित मान्छेको जीवन फेरियो, वर्ग उठ्यो तर मंगले र फर्की बुढाहरूको न जीवनस्तरमा कुनै परिवर्तन आयो, न उनीहरूले देखेको सपना नै पूरा भयो, कतिपयको यस्तो भनाइ छ ।

नेकपाका पोलिटब्युरो सदस्य रणवीर जेलबाङका सहिद परिवारको जीवनले केही गम्भीर प्रश्न उठाएको भन्दै वास्तविक तथ्यहरू पनि उजागर भएको बताउँछन् । उनी भन्छन्– अब नेपालको शान्ति प्रक्रिया पूर्ण रूपमा असफल भएको छ र प्रचण्ड नेतृत्वको क्रान्ति असफल भएपछि साम्राज्यवादीद्वारा कम्युनिस्ट विचार र क्रान्तिप्रति तीव्ररूपमा चौतर्फी हमला भइरहेको छ । यसको उद्देश्य कम्युनिस्ट विचार र क्रान्तिप्रति घृणा जगाउनु हो । यही उद्देश्य सफल बनाउन मंगले बुढाजस्ता सहिद परिवारलाई अबोध दयाको पात्र बनाइएको र संसारभर प्रस्तुत गरिएको नेता रणवीरको भनाइ छ ।’ उनी भन्छन्– प्रचण्ड–बाबुरामले जनयुद्धका सपनाहरूको हत्या गरेपछि हामी क्रान्तिको बाटोमा अघि बढेका छौँ, जनयुद्ध गलत थियो भन्ने बनाउनका लागि केही साम्राज्यवादीहरूले जेलबाङका मंगले बुढाजस्ता पात्रहरूलाई चर्चामा ल्याएका हुन् र यो सुनियोजित छ ।

क्रान्ति र परिवर्तनका सपना बाँड्ने नेता र उनका नजिकका व्यक्तिहरूको जीवन निकै बदलिए पनि जनयुद्धकालीन नमुना गाउँहरू थबाङ, जेलबाङका सहिद परिवारको अवस्था बदलिएको छैन । जनयुद्धको बेला तत्कालीन शाहीसेना र प्रहरीले थबाङ र जेलबाङमा आगो लगाएर सयौं घरहरू ध्वस्त पारेको थियो । मगर संस्कृतिअनुसार घरमा घर जोडिएका थबाङ र जेलबाङमा एउटा घरमा लगाएको आगो धेरै घरहरूमा फैलिँदै गएपछि धनजनको ठूलो क्षतिसमेत भएको थियो । दोहोरो लडाइँमा बाहेक जेलबाङमा सेना–प्रहरीले दर्जनौं स्थानीय व्यक्तिहरूलाई पक्राउ गरी मारेको छ । अंगभंग हुने घरबारविहीन हुने र बलात्कृत हुने महिलाहरूको सूची पनि जेलबाङमा निकै लामो छ ।

सीताराम केसीले भनेजस्तै बीबीसीको पछिपछि सहाराविहीन सहिद बा–आमाको झुपडीमा बदलिएको जीवनशैलीमा वर्षमान र ओनसरी पुगे । यहाँ हाम्रो पार्टीको ध्यान नपुगेको र पहुँचको कमी भएको रहेछ भनी डाँडामाथिका घाम भइसकेका सहिद माता–पिताका सामु घुमाउरो तरिकाले आफूले बाटो बिराएको कुरा स्वीकार गरे । अनन्तले सहिदको घरको छाना बनाइदिने र राहत दिलाइदिने आश्वासन त दिए तर यो देशमा सरकार र पात्रहरू फेरिए पनि व्यवस्था नफेरिएसम्म मंगले बुढालगायतको जीवन कहिल्यै फेरिनैछैन । स्रोत स् रातो खबर साप्ताहिक, वर्ष ३ अंक ३०, पूर्णाङ्क १२५

२०७४ पुस २८ गते बिहान १० स् ५२ मा प्रकाशित

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations