बिशेस समाचार

डा. केसी पछि किन बस्दैँछन् लामा र तामाङ् अनसन ?

देश       ,

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० की उपाध्यक्ष पञ्चा सिंहले एमाले–माओवादीबीच पार्टी एकता नहुने संकेत पाएको खण्डमा एमाले मुख्यालय र माओवादी मुख्यालमा अनसन बस्ने बताएकी छन् ।

क्रान्तिकारीको कैलाली जिल्ला समितिलाई प्रशिक्षण दिँदै सिंहले रन्जित तामाङ एमाले मुख्यालयमा अनसन बस्नुहुनेछ र नविना लामा पेरिसडाँडामा धर्ना बस्ने बताएकी हुन् ।

उनले भनिन् ‘हामीपनि नेताहरुलाई खबरदारी गर्न अनसन बस्न तयार छौं’ । उनले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता कसैले रोक्न नसक्ने बताएकी छिन् ।बाट साभारबेथे साग
पुस ८, २०७४कान्तिपुर संवाददाता
काठमाडौँ — बेथेको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । बेथेमा खनिज तत्त्वको मात्रा अमलामा भन्दा बढी हुन्छ । बेथेले शरीरमा फलामको कमी हुन दिंदैदैन । साथै, मृगौलामा पत्थरी हुन पाउँदैन । आमाशयलाई बलियो बनाउँछ ।

बेथेको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । बेथेमा खनिज तत्त्वको मात्रा अमलामा भन्दा
बढी हुन्छ । बेथेले शरीरमा फलामको कमी हुन दिंदैदैन । साथै, मृगौलामा पत्थरी हुन पाउँदैन । आमाशयलाई बलियो बनाउँछ ।
बेथेमा फलाम, फस्फोरस, भिटामिन डी र क्षार धेरै मात्रामा पाइन्छ । यो शुक्रवर्धक र कब्जियत भगाउन लाभकारी मानिन्छ । कलेजोसम्बन्धी रोग, अजीर्ण, ग्यास, जुका, पत्थरी, पेट घोच्ने समस्यालगायतबाट मुक्ति मिल्छ । भोक नलाग्ने, खाना ढिलो पच्ने, डकार, पेट फुल्नेजस्ता समस्या हटाउन पनि बेथे लाभदायक हुन्छ । पिसाब, मूत्राशय, मृगौलासम्बन्धी रोग निको पार्न र छालासम्बन्धी रोगमा समेत यसको उपयोग प्रभावकारी मानिएको छ ।
बेथे उमालेको पानीले कपाल पखाल्दा जुम्राबाट मुक्ति पाइन्छ । यसो गर्दा कपालसमेत स्वस्थ बनाउँछ । कपालको प्राकृतिक रंग यथावत् रहन्छ ।कान्तिपुर पत्रिकाबाट साभार उपचार गर्ने तरिका रुघाखोकी र घरेलु उपचार
मंसिर १६, २०७४अतुल मिश्रकाठमाडौं — जाडोयाम सुरु हुनासाथ, मौसममा आएको परिवर्तनका कारण रुघा–खोकीको समस्या देखिन थाल्छ । घाँटी खसखस हुनु, नाक बन्द हुनु, नाकबाट पानी बग्नु, रुघाखोकी आदि यो मौसममा देखिने सामान्य समस्या हुन् ।

बूढापाका, बालबालिका र जटिल स्वास्थ्यस्थिति भएकाहरूका लागि सामान्य रुघाखोकीले समेत स्वास्थ्यसम्बन्धी जटिलता निम्त्याउन सक्छ । यस्ता व्यक्तिहरूले सामान्य रुघाखोकी हुँदा पनि चिकित्सकको सल्लाहअनुसार उपचार प्रक्रिया अघि बढाउनुपर्छ ।
तर स्वस्थ व्यक्तिलाई जाडोयाममा सामान्य रुघाखोकी लागे हाम्रा पुर्खाहरूले परापूर्वकालदेखि अपनाउँदै आएका घरेलु उपायबाटै सन्चो हुन सक्छ । जाडोयाममा स्वस्थ व्यक्तिलाई समस्यामा पार्ने रुघाका लागि हाम्रो घरदैलोमै पाइने जडीबुटी आदिको उपयोग गर्दा राम्रो हुन्छ ।
‘तुलसीको पात सामान्य रुघाखोकीका लागि सबैभन्दा राम्रो उपचार हो,’ डा। ऋषिराम कोइराला भन्छन्, ‘यसले भाइरसलाई समेत निष्क्रिय पार्छ ।’ तुलसीको पात चपाउनाले वा चियाजस्तो पकाएर खानाले रुघा निको हुन्छ ।
यो मौसममा रुघा प्रभावितले दिनहँु दुईतीन पटक र सामान्य व्यक्तिले समेत एक पटक तुलसीपात, बेसार, अदुवालाई चियाजस्तै पकाएर महको साथ सेवन गर्नाले धेरै फाइदा पुग्छ ।
धेरै खोकी भए ज्वानो पकाएर पिउँदा खोकी निको हुनुका साथ खकार आदि समेत शरीरबाहिर निस्किन्छ । ज्वानो र अदुवा हालेर उमालेको पानीको बाफ लिँदा नाक खुल्छ, घाँटीको खसखस दुईतीन दिनमै निको हुन्छ । यस्तै बेसार, मह, अदुवा चपाइरहँदा पनि फाइदा गर्छ ।
रुघा लाग्दाताका दूधमा बेसार मिलाएर सेवन गर्नाले समेत आराम हुन्छ । पानको पातमा थोरै मह र अदुवा राखेर दिनमा दुईतीन पटक खाँदा खोकी राम्रो गर्ने डा। कोइराला बताउँछन् । लसुन उमालेको पानी खानाले वा यसको पोटी खाँदा समेत रुघाखोकीमा राहत मिल्छ । रुघाखोकीको प्रत्यक्ष सम्बन्ध हाम्रो रोगप्रतिरोधक क्षमतासँग हुन्छ । आयुर्वेदले रोगप्रतिरोधक क्षमता बढाउन भूमिका खेल्छ ।

कुल्ला गर्ने
नुन हालेको मनतातो पानीले कुल्ला गर्दा रुघाखोकीबाट निकै आराम पाइन्छ । कुल्ला गर्दा घाँटीको सुन्नाइ कम हुन्छ, दुख्न पनि छोड्छ । कुल्ला गर्दा मुखभित्रको मांसपेशीको पीडा कम हुन्छ । यसले प्रभावित क्षेत्रमा ताप बढाएर रक्तसञ्चार बढाउँछ ।
यति मात्र नभई, कुल्ला गर्दा मुखको ब्याक्टेरियासमेत नष्ट हुन्छ । ब्याक्टेरियाले मुखभित्रको प्राकृतिक पीएचको सन्तुलन बिगारेको हुन्छ । नुनपानीले कुल्ला गर्दा मुखको प्राकृतिक पीएचको सन्तुलन सामान्य अवस्थामा फर्किन्छ ।
४ सय व्यक्तिमा गरिएको एउटा अध्ययनले के देखाएको छ भने, जाडो याममा मौसमी रुघाखोकी भए वा नभए पनि नुनपानीले दिनमा तीन पटक कुल्ला गर्दा छातीसम्बन्धी संक्रमणको सम्भावना ४० प्रतिशतसम्म कम हुन्छ ।
यस्तै, चियापत्ती, बेसार, नुन हालेर उमालेको पानीले कुल्ला गर्दा घाँटीलाई धेरै सन्चो हुने डा। कोइराला बताउँछन् । तुलसी प्राकृतिक एन्टिसेप्टिक हो, जसले घाँटीको संक्रमण हटाउन सघाउँछ ।

योग
विज्ञहरूका अनुसार योगका केही आसनसमेत मौसमी रुघाखोकीको उपचारमा सहायक हुन्छन् । योगले हाम्रो शरीरलाई स्वस्थ र शक्तिशाली बनाउनुका साथै मनलाई स्थिर र केन्द्रित गर्न सघाउँछ । योगले रोगप्रतिरोधक क्षमता बढाउँछ, साथै बाहिरी किटाणुरजीवाणुसँग लड्ने क्षमता वृद्धि गर्छ ।
मौसमी रुघाखोकी लागेका बेला नाडी शोधन प्राणायाम, अनुलोम विलोम, कपालभाति, मत्स्यासन, शवासन आदि गर्नु उपयुक्त हुन्छ । तर रुघाखोकीबाट पीडित भएकाहरूले योगविशेषज्ञको सल्लाह लिएर मात्र आफ्ना लागि उपयुक्त आसन छनोट गर्नुपर्छ ।
बतगmिष्कजचबठ२नmबष्।िअयm

तुलसीको पात सामान्य रुघाखोकीका लागि सबैभन्दा राम्रो उपचार हो । यसले भाइरसलाई समेत निष्क्रिय पार्छ ।
खोकी गढेको भए ज्वानो पकाएको पानी खानुपर्छ ।
ज्वानो र अदुवा हालेर उमालेको पानीको बाफ लिँदा नाक खुल्छ ।
पानको पातमा थोरै मह र अदुवा राखेर दिनमा दुई–तीन पटक खाँदा खोकी निको हुन्छ ।
लसुन हालेर उमालेको पानी खाँदा वा यसको पोटी मात्रै खाँदा पनि रुघाखोकीमा आराम हुन्छ ।
नुनपानीले दिनमा तीन पटक कुल्ला गर्दा छातीसम्बन्धी संक्रमणको सम्भावना ४० प्रतिशतसम्म कम हुन्छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations