बिशेस समाचार

सही विचार कहाँबाट जन्मन्छ ?

विचार       माओसेतुङ ,

आखिर सही विचार कहाँबाट आउछ ? के आकाशबाट फुत्त झर्छ ? अहँ त्यस्तो हुदैन् । के त्यो हाम्रो दिमागबाट आफसेआफ पैदा हुन्छ ? अहँ, त्यस्तो पनि हँुदैन । सही विचार त सामाजिक व्यवहारबाट पैदा हुन्छ । सामाजिक व्वहारबाट मात्र पैदा हुन्छ । सही विचार तीन प्रकारका सामाजिक सङ्घर्षबाट पैदा हुन्छ–उत्पादन–सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोग ।
मान्छेको सामाजिक अस्तित्वले नै उसका विचारको निधारण गर्छ । जब आमा जनताले अग्रगामीवर्गको सही विचार आत्मसात् गर्छ, तब त्यो विचार समाज र संसारलाई बदल्ने भौतिक शतिmमा बदलिन्छ । सामाजिक व्यावहारका क्रममा मान्छेले विभिन्न प्रकारका सङ्घर्ष गरिरहेको हुन्छ । उसका सफलता र असफलताद्धारा प्राप्त अनुभवका आधारमा समृद्ध हुुन्छ । मान्छेका पाचाँ ज्ञानेन्द्रय–आखाँ, कान, नाक, जिब्रो र छालद्धारा वस्तुगत बाह्य संसारका असङ्ख्य घटनाको प्रतिबिम्ब मस्तिष्कमा ग्रहण गर्छ । ज्ञान सुरुमा इन्द्रियग्राह्य हुन्छ । अवधारणाको रुपमा रहेको ज्ञान अर्थत् विचारले त्यही बेला छलाङ मार्छ, जब इन्द्रियग्राह्य ज्ञान ठूलो परिमाणमा सङ्ग्रहित हुन्छ । योे ज्ञान प्राप्तिको एउटा प्रक्रिया हो । यो ज्ञान प्राप्तिको पहिलो चरण हो, जहाँबाट हामि वस्तुगत पदार्थबाट मनोगत चेतनातर्फ, अस्तित्वबाट चेतनातर्फ अघि बढ्छौँ । व्यतिmलाई चेतना या विचारतर्फ उन्मुख गराउँछ । कुनै व्यतिmको चेतना विचार ( जसमा सिद्धान्त, नीति, योजना, उपाय पर्छ ) वस्तुगतले बाह्य संसारको नियमलाई सही रुपमा प्रतिबिम्बन गर्छ कि गर्दैन यस चरणमा टुङ्गो लाग्दैन । यस चरणमा व्यतिmको चेतना या विचार सही छ या गलत भनेर छुट्याउन सकिदैन । यसपछि सुरु हुन्छ ज्ञानप्राप्तिको दोस्रो चरण, जुन चरणमा हामी चेतनाबाट पदार्थतर्फ फिर्ता हुन्छौँ, विचारबाट अस्तित्वतर्फ फर्कन्छौंं र पहिलो चरनमा प्राप्त ज्ञान सामाजिक व्यावहारमा उतार्छौ । जसबाट हामि हाम्रो सिद्धान्त, नीति र उपाएले सफलता प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने हेर्छौ । सामन्यताः यसमा जो सफल हुन्छ, ऊ सही ठहरिन्छ, जो असफल हुन्छ, ऊ गलत हुन्छ । यो कुरा प्रकृतिसँग मुनष्यको सङ्घर्षका सन्दर्भमा विशेष रुपमा सत्य ठहरिन्छ । सामाजिक सङ्घर्षमा अग्रगामि वर्गको प्रतिनिधित्व गर्ने शतिmले कहिलेकाहीँ पराजय भोग्नुपर्छ । यतिमै उसको विचार गलत छ भन्न मिल्दैन बरु सङ्घर्ष गर्ने शतिmको बल प्रतिकृयावादी शतिmको तुलनामा कम हुन्छ । यही कारणले उसले अस्थायी पराजय भोग्नुपर्छ । तर, ढिलो–चाँडो उसको अवश्यम्भावी छ ।

मान्छेको त्रान व्यवहारको कसौटीद्धारा छलाङ मारेर नयाँ उचाइमा पुग्छ । यो छलाङ पहिलेको छलाङभन्दा बढी महत्वपुर्ण हुन्छ । किनभने, यही छलाङले ज्ञानप्राप्तिको पहिलो छलाङ अर्र्थात् वस्तुगत बाह्य संसारलाई प्रतिबिम्बित गर्ने क्रममा निमार्ण हुने विचार, सिदान्त, नीति, योजना र उपाय सही छ या गलत भन्ने कुरा प्रमाणित हुुन्छ । सत्यको परीक्षण गर्ने अर्को कुनै तरिका छैन । संसारबारे ज्ञान प्रप्त गर्ने सर्वहारावर्गको उद्देशय हो, संसारलाई बदल्नु । सही ज्ञान पदार्थबाट चेतनातर्फ जाने र ज्ञानबाट व्यावहारमा फर्किने प्रत्रिया पटकौँपटक दोहरिएपछि प्राप्त हुन्छ । यही नै माक्र्सवादको ज्ञानसिद्धान्त हो, द्धन्द्धात्मक भौतिकवादको ज्ञानसिद्धान्त हो ।

हाम्रा थुप्रै साथीहरु छन्, जोे यो ज्ञानसिद्धान्त बुझ्दैनन् । उनीहरुको विचार, अभिमत, नीति,तरिका, योजना र निष्कर्ष, त्यसतै गरेर उनीहरुले गर्ने धाराप्रवाह भाषण र लामालाम लेखको मूल आधार वाक्य के हो भनेर सोधियो भने उनिहरुलाई यो प्रश्न नै अनौठो लाग्छ, उनीहरु नाजवाफ हून पुग्छन् । न त उनीहरु पदार्थको चेतनामा रुपान्तरण र चेतनाको पदार्थमा रुपान्तरण हन्छ भन्ने कुरा नै अनौठो लाग्छ, उनिहरु नाजवनफ हुन पुग्छन् । न त उनिहरु पदार्थको चेतनामा रुपान्तरण र चेतनाको पदार्थमा रुपान्तरण हुन्छ भन्ने कुरा नै बुझ्न सक्छन् । जबकि यसप्रकारको छलाङ हाम्रो दैनन्दिनको जिन्दगीमा विधामान रहेको हुन्छ । यसकारणले गर्दा हाम्रा साथिहरुलाई द्धन्द्धात्मक भौतिकवादकोे ज्ञानसिद्धान्तको शिक्षा दिन आवश्यक छ, जसले गर्दा उनिहरुले आफ्नो विचारलाई सहि दिशा प्रदान गर्न सकून, जाचँपरख र बेजोड सङ्घर्ष गर्न सकून् । संसारभरिका शोषित–उत्पीडित जनसमुदायलाई सहायता गर्दै महान् अन्तर्राष्टियतावादी कर्तव्य पूरा गर्न सकौँ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations