बिशेस समाचार

“मलाई मानुपर्ने कारण त्यही नक्कली नोटको कारोवार हो” युनिस अन्सारी कारागारभित्रै बाह्य पक्षको कारबाही

पाँच वर्षअगाडि म आफैँ पनि नक्कली भारतीय रुपैयाँको कारोबार गर्थे । मिडियामा लागेपछि त्यो काम छाडेँ । मलाई मानुपर्ने कारण त्यही नक्कली नोटको कारोवार हो । मिडियाबाट सीमाको बिषय निकालेर भारतविरुद्ध प्रचार गर्छ भन्ने पनि हुन छक्छ ।
युनुस अन्सारीको उपर्युक्त भनाइबाटै उनको हत्या कसले र किन गर्न चाहेको थियो, स्पष्ट सङ्केत मिल्छ । बाराको रामपूर टोकनी गाविस–९ का स्थायी बासिन्दा युनुस २०६६ पुस १९ गते २५ लाख ४४ हजार नक्कली भारती रुपैयाँसहित पक्राउ परे । त्यसै बेलादेखी प्रहरी हिरासतमा रहेका उनी अदाालतको आदेशपछि पुर्पक्षका लागि थुनामा छन् । उनीसँगै उनको निजी सुरक्षामा खटिएका भक्तपुरका काशीराम अधिकारी तथा पाकिस्तानी नागरिकहरु अमिरभनिने मोहम्मद इकबाल र मोहम्मद सज्जाद पनि पक्राउ परेका थिए । युनुसमाथि नक्कली भारतीय नोटको छपाइ र खैरो हेरोइनको कारोबारमा संलग्न रहेको अभियोग छ ।
पटकपटक मन्त्री रहिसकेका सलिम मियाँ अन्सारीका जेठा छोरा युनुस नेसनल टेलिभिजनका अध्ययक्ष थिए । नेपाल कुस्ती सङ्घका पुर्वअध्ययक्षसमेत रहेका उनले आफ्नै अध्यक्षतामा राष्ट्रिय जनता दल नामक पाटी पनि खोलेका थिए । सलिम बामन्थी राजनीति(नेकपा एमाले) मा आबद्ध भएकाले युनुको पनि बामपन्थी नेताहरुसँग सम्वन्ध रहनु स्वाभाविक हो, तर पिताको राजनीति प्रति उनको भित्री झुकाप भने थिएन् । महत्वकाङ्क्षी स्वभावका युनुुस पछिल्लो समय त्यसलाई पुरा गर्न विभिन्न आर्थिक स्रोतको खोजीमा थिए केही समय उनले डलरको अवैध कारोबारसमेत गरे । डलरको कारोवार गर्दा एक पटक उनले साझेदारहरुलाई ठगेको चर्चा पनि चलेको थियो । पिता मन्त्री भएका बेला उनको निजी सहायकसमेतको काम गर्दा सञ्चारक्षेत्रतिर आकर्षित भएका थिए । उनी केही समय मास कम्युनिकेसन अध्ययनको लागि एउटा कलेजमा भर्नासमेत भर्नासमेत भएका थिए । तर त्यसैबीच उनको सम्पर्क सङ्गठित अपराधका विभिन्न गिरोहसँग हुन गयो । आफ्नो महत्वाकाङक्षी छिटै पूरा गर्ने उद्देश्यले उनले ती गिरोहसँग सम्बन्ध बढाउन थाले ।
अन्डरवल्र्ड गन दाउद इब्राहिम नेपालमा प्रभाव विस्तार गर्न खोजिरहेका थिए, जसमा साथ दिए युनुुसले । नेपालमा दाउद समर्थको गिविधि बढ्दै गएको थियो, त्यस समुहले गर्ने नक्कली भारतीय मुद्रा र लागुऔषधको कारोबारमा युनुसले सघाउन थाले । नक्कली भारतीय मुद्रा कारोबारको प्रत्यक्ष असर भारतलाई पर्नु स्वाभाविक थियो । दाउदका सहयोगीको भुमिकामा रहेका जमिन शाह बचिमा निष्क्रिय बसेको अवस्थामा नेपालमा प्रभाव कायमै राख्न दाउदको समुहले युनुलाई रोजेको थियो । युनुसमाथि भएको गोली प्रहार सम्बन्धमा छानबीन गर्न गठित समितिले भनेको छ, नेपालमा आफना गतिविधि सुरक्षित तवरबाट सञ्चालन गर्न, आश्रयस्थल खोज्न मन्त्रीसमेत भइसकेका सलिम मियाँ अन्सारीको परिबारलाई हातमा लिदाँ सहज हुने दृष्टिगत गरी युनु अन्सारीमार्फत आफनो गतिविधि सञ्चालन गरेको देखिन्छ । यसका लागि युनुसलाई उनको महत्वाकाङ्क्षाले प्रेरित गरेको बुझ्न गाह्रो छैन् ।
भुमिगत रुपमा नक्कली भारतीय मुद्राको कारोबार गर्ने तर बाह्य रुपमा आफूलाई सञ्चार उद्यमीका रुपमा प्रस्तुत गर्न युनुस सञ्चारक्षेत्रतिर आकर्षित भएका थिए । यसका लागि उनले दाउद समुहले पनि प्ररित गरेको थियो । शुरुमा एभिन्यूज टेलिभिजनमा आवद्ध युनुसले त्यहाँको व्यवस्थापकी व्यवहार मन नपरेको भन्दै आफनो सेयर बेचेर नेसनल टेलिभिजन सञ्चालन गरे । भारतमा पनि नेसनल टेलिभिजन रहेकोले नामलाई नै लिएर भारतीए पक्षको आपती थियो, त्यसमाथि सो टेलिभिजनमा दाउदसमेतको लगानी रहेको भारतीय पक्षको बुझाइ थियो ।
साभारः चक्रव्युहमा चन्द्रसूर्य

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations