बिशेस समाचार

टर्कीको माओवादी आन्दोलन आज, पार्टी टिकेपी/एमएल र उसको सैन्य दस्ता टिक्को जीवन्त छ र वर्गदुस्मन विरुद्ध लडिरहेको छ । -डा. ऋषिराज बराल

इतिहास       ,

माओवादी आन्दोलनप्रति रुचि राख्नेहरूलाई विश्वमा माओवादी आन्दोलनको वर्तमान स्थितिका बारेमा जान्ने चाहना हुनु स्वाभाविक हो । प्रतिक्रियावादी माध्यमहरूले माओवादी आन्दोलनबारे जानकारी नै दिँदैनन्, दिए पनि नकारात्मक किसिमले दिन्छन् । टर्कीको कम्युनिस्ट आन्दोलन र इब्राहिम क्यापक्कायका बारेमा माओवादी आन्दोलनसित गाँसिएका मान्छेहरूमा पनि त्यति सारो जानकारी भएको पाइँदैन । कमरेड क्यापक्काय र विश्व कम्युनिस्ट आन्दोलनका बारेमा पाठकहरूलाई केही जानकारी होस् भन्ने हेतुले टर्कीमा माओवादी आन्दोलनको उठानका लागि कमरेड क्यापक्कायले गरेको सङ्घर्षलाई सङ्क्षिप्तमा रूपमा प्रस्तुत गरिएको छ ।

टर्कीमा कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास

टर्कीमा सन् १९२० मा मुस्तफा सुफीको नेतृत्वमा टर्की कम्युनिस्ट पार्टी गठन भएको थियो । केही समयपछि सत्ताले यसमाथि प्रतिबन्धित लागाएको थियो र यसले भूमिगत किसिमले काम गर्दै आएको थियो । पार्टीगत अस्तित्व देखिए पनि यसले त्यति गतिका साथ काम गर्न नसकेपछि यसको कामकारबाहीप्रति असन्तुष्टहरूले १९६० मा ‘वर्कर्स पार्टी अफ टर्की’ गठन गरे । यसबीच विश्वविद्यालयका पियचडीका विद्यार्थी मिहिर चायनले आफूलाई ‘वर्कर्स पार्टी अफ टर्की’ बाट सम्बन्ध विच्छेद गरे र ‘पिपुल्स लिबरेसन पार्टी(फ्रन्ट अफ टर्की’ नामको समूह खोले । चे ग्वेवाराबाट प्रभावित जस्तो देखिने उनले घुमन्तु किसिमको छापामार सङ्घर्षमा जोड दिए । वास्तवमा यो टुपाकअमारु शैलीको समूह थियो । टर्कीको आर्थिक(राजनीतिक स्थितिको वैज्ञानिक विश्लेषण र क्रान्तिको चरित्रबारे वैचारिक अस्पष्टताका कारण चायनको गतिविधि सीमित व्यक्तिको सीमित गतिविधिमा रुमलिइरहेको समयमा दुस्मनसितको भिडन्तमा उनको मृत्यु भएपछि यो समूह विसर्जनको स्थितिमा पुग्यो ।

‘वर्कर्स पार्टी अफ टर्की’ सङ्गठनात्मक रूपमा कम्युनिस्ट नामका अरू पार्टीभन्दा बलियो भए पनि क्रान्तिसम्बन्धी यसको धारणा प्रस्ट थिएन । वैचारिक तथा सैद्धान्तिक प्रस्टता नभएका कारण यो पार्टी सुधारवादकै सेरोफेरोमा चक्कर मार्नथाल्यो । त्यसपछि सन् १९७० मा टिआइआइकेपी ९वर्कस रिभोलुस्नरी पार्टी एन्ड पिजेन्ट पार्टी अफ टर्की पार्टी गठन भयो । टिआइआइकेपीले आफूलाई मार्क्सवादी(लेनिनवादी र माओ(त्सेतुङ विचारधारको पक्षधर भने पनि यो दक्षिणपन्थी विचलनबाट ग्रस्त थियो । अहिले टर्कीमा दीर्घकालीन जनयुद्ध चलाइरहेको पार्टी टिकेपीरएमएल ९कम्युनिस्ट पार्टी अफ टर्कीरमार्क्सवादी(लेनिनवादी०, टिआइआइकेपी ९वर्कस रिभोलुस्नरी पार्टी एन्ड पिजेन्ट पार्टी अफ टर्की० बाट कमरेड कापाक्क्यायको नेतृत्वमा विद्रोह गरेर निर्माण भएको पार्टी हो ।

इब्राहिम क्यापक्काय स् जनताको सेवामा समर्पित जीवन

इब्राहिम क्यापक्यायको जन्म सन् १९४९ मा टर्कीको काराक्या गाउँमा किसान परिवारमा भएको थियो । सन् ६० को दशकमा विद्यार्थी हुँदाको समयदेखि नै वहाँ प्रगतिशील विचारप्रति आकर्षित हुनुभएको थियो । स्कुले शिक्षा पूरा गरेपछि सन् १९६५ मा उहाँ इस्तामबुलको विश्वविद्यालयमा उच्च शिक्षाका लागि प्रवेश गर्नुभयो । त्यही वर्ष टर्कीमा विद्यार्थीहरूको प्रतिरोध आन्दोलनले उच्च रूप लिएको थियो ।
क्यापक्याय सन् १९६५ मा स्थापित एफकेफ ९फेडेरेसन अफ क्लब्स अफ आइडिया ०को सदस्य बन्नुभयो । एफकेफ विभिन्न किसिमका प्रवृत्तिका मान्छेहरूको जमघट भएको साम्राज्यवाद विरोधी प्रगतिशील संस्था थियो । १९६७ मा केही साथीहरूसित मिलेर वहाँले एफकेफको शाखा खोल्नुभयो । एफकेफमा रहँदा वहाँले राष्ट्रिय जनवादी क्रान्तिलाई समर्थन गर्दै नेतृत्व तहमा रहेका व्यक्तिमा निहित गलत प्रवृत्तिहरूको आलोचनाको प्रक्रियाको थालनी गर्नुभयो ।

सन् १९६९ मा मार्क्सवादी-लेनिनवादी विचारहरूलाई आम जनतामाझ पु¥याउन वहाँ विश्वविद्यालय छाडेर मजदुर र किसानको सङ्घर्षमा सामेल हुनुभयो । यस्ता सङ्घर्षहरूमा सबैभन्दा प्रमुख १९७० को जुन १५ र १६ मा भएको आन्दोलन थियो । यो सत्ताधारीहरूलाई हायलकायल पार्ने निकै उच्च स्तरको जनआन्दोलन थियो र यसलाई प्रतिक्रियावादी सत्ताले गोलाबारुदद्वारा निर्मम दमन गरेको गियो । यो आन्दोलनले टर्कीमा क्रान्तिका लागि वस्तुगत स्थिति अनुकूल छ भन्ने उदाहरण क्यापक्कायका सामु प्रस्तुत गर्यो । यो आन्दोलनको चरित्रको विश्लेषण गर्दै उहाँले “टर्कीमा क्रान्तिका लागि वस्तुगत स्थिति परिपक्व बन्दैछ भन्ने कुराको प्रमाण” भन्ने धारणा व्यक्त गर्नुभयो ।

सन् १९७० मा उहाँ टिआइआइकेपी ९वर्कस रिभोलुस्नरी पार्टी एन्ड पिजेन्ट पार्टी अफ टर्की०को केन्द्रीय सदस्य बन्नुभयो । टिआइआइकेपीले आफूलाई मार्क्सवादी(लेनिनवादी र माओत्सेतुङ विचारधारको पक्षधर भने पनि यो दक्षिणपन्थी विचलनबाट ग्रस्त थियो ।

मार्च १९७१ मा टर्कीमा सेनाले सत्ता हातमा लिएपछि टर्कीमा मार्सल ल लागू भयो । मार्सल ल टर्कीमा बढ्दो जनसङ्घर्षको परिणाम थियो । क्यापक्कायले यस किसिमको अवस्थामा टर्कीमा दीर्घकालीन जनयुद्ध नै सङ्घर्षका लागि उपयुक्त माध्यम हुन्छ र यसको तयारी आरम्भ गर्नु आवश्यक छ भन्ने कुरामा जोड दिनुभयो । त्यतिबेला चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति चलिरहेको थियो, भियतनाममा राष्ट्रिय मुक्ति आन्दोलन तीव्र बनिरहेको थियो र फ्रान्स, जर्मनी, अमेरिका जापान लगायतका प्रमुख साम्राज्यवादी मुलुकहरूमा जनआन्दोलन ९१९६८(१९७१० चर्किरहेको थियो ।

त्यतिबेला कमरेड क्यापक्कायले लेख्नुभयो स्

“हाम्रो साहसी मजदुर वर्ग, निस्वार्थी किसानहरू र हाम्रा जुझारु युवाहरूको सङ्घर्ष, मार्क्सवादी(लेनिनवादी पुस्तकहरूको व्यापक प्रचारप्रसार, माओको नेतृत्वमा चीनमा सुरु गरिएको चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिले तयार पारेको वातावरणले शैशव अवस्थाको हाम्रो मुलुकको आम जनसमुदायको सङ्घर्षलाई नयाँ किसिमले अघि बढाउन ऊर्जाको काम गर्यो ।”

टिआइआइकेपीले आफूलाई मार्क्सवाद(लेनिनवाद र माओ विचारको पक्षधर भने पनि व्यवहारमा चाहिँ यस्तो थिएन । पार्टीका गतिविधिहरूले शान्तिपूर्ण परिवर्तनको बाटोतिर जोड दिइरहेका थिए । क्यापक्कायले क्रान्तिकारी विचारका आधारमा संशोधनवाद, सुधारवाद र एकमनावादका विरुद्ध सङ्घठनभित्र वैचारिक सङ्घर्ष चलाउनुभयो । त्यही पार्टीमा बसेर क्रान्तिकारी नीति तथा कार्यक्रमहरू अगाडि बढाउन सम्भव छैन भन्ने निष्कर्षमा पुगेपछि अप्रिल २४, १९७२ मा कापक्कायाको नेतृत्वमा टिकेपीरएमएल ९कम्युनिस्ट पार्टी अफ टर्कीरमार्क्सवादी(लेनिनवादी० गठन भयो । टिआइआइकेपीको संशोधनवादी धारसित सम्बन्ध विच्छेद गर्नु आवश्यक भइसकेको थियो । सम्बन्ध विच्छेदपछि ठूला सहरका सङ्घर्षका गतिविधिको तुलनामा किसान क्षेत्रका प्रमुख गतिविधिहरूलाई अगाडि बढाउने योजना बनाउन सम्भव भयो र सङ्घर्षको प्रधान स्वरूप सशस्त्र सङ्घर्षलाई ठोस गर्नका लागि वातावरण पनि बन्यो । यसले वैधानिक र अवैधानिक सङ्घर्षको तालमेलका लागि पनि नीतिगत तथा व्यावहारिक वातावरण निर्माण भयो ।

क्यापक्कायले माओको क्रान्तिका तीन जादुगरी हतियार, क्रान्तिकारी पार्टी, जन सेना र संयुक्त मोर्चाको धारणालाई आत्मसात गरेर टर्कीको विशिष्टतामा नीति तथा योजना निर्माण गर्नुभयो । फलस्वरूप टिकेपीरएमएल गठन भएको केही महिनापछि नै टर्कीमा दीर्घकालीन जनयुद्ध अघि बढाउन टिक्को ९टर्किस, वर्कर्स एन्ड पिजेन्टस लिबरेसन आर्मी० को निर्माण भयो ।

सन् १९७३ मा इब्राहिम क्यापक्काय र अन्य कमरेडहरू देर्सिममा काममा व्यस्त भइरहेको बेला प्रतिक्रियावादी फौजले घेराबन्दी गरेर आत्ममर्पण गर्न दबाब दियो । यसो गर्न नमानेपछि, २४ जनवरी, १९७३ का दिन वहाँहरूको कार्यक्रम स्थलमा ग्रिनेड र गोलीद्वारा भीषण आक्रमण गरियो । केही कमरेडहरू सहिद हुनुभयो भने क्यापक्काय घाइते हुनु भए पनि भाग्न सफल हुनुभयो । घाइते अवस्थामै वहाँले एउटा गुफामा ५ रात बिताउनुभयो । त्यसपछि वहाँ लुक्तै नजिकैको एउटा गाउँमा पुग्नुभयो । स्थानीय स्कूलको शिक्षकले गद्दारी गरेपछि उहाँ पक्राउ पर्नुभयो र जेलमा ३ महिनासम्म निर्मम यातना दिएर वैचारिक आत्मसमर्पण गर्न भनियो । नमानेपछि टुक्राटुक्रा गरेर काटेर वहाँको हत्या गरियो । २४ वर्षको उमेरमै माओवादी क्रान्तिकारी पार्टीको नेतृत्व गरेर टर्कीमा नयाँ जनवादी क्रान्तिका लागि दीर्घकालीन जनयुद्धको आरम्भ गर्ने कमरेड क्यापक्काय १८ मे १९७३ मा महान् इतिहास छाडेर टर्कीका जनताबाट बिदा हुनुभयो ।

टर्कीको इन्टेलिजेन्स निकाय मिट ९नस्नल इन्टेलिजेन्स अर्गनाइजेसन० ले क्यापक्यायलाई ठूलो चुनौतीका रूपमा लिएको थियो, त्यसको सन् १९७३ को एउटा अनुसन्धान रिपोर्टमा यस्तो उल्लेख गरिएको थियो स्

“टर्कीको कम्युनिस्ट आन्दोलनमा इब्राहिम कापाक्याका विचारहरू सबैभन्दा खतरनाक छन् । उनले आफ्ना दस्ताबेजमा प्रस्तुत गरेका विचार र सङ्घर्षका लागि तर्जुमा गरेको बाटो टर्कीको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको खतरनाक बाटो हो भनेर सहजै बुझ्न सकिन्छ ।”

सशस्त्र सङ्घर्ष र क्यापक्काय

जतिबेर क्यापक्काय टर्कीमा क्रान्तिकारी पार्टी निर्माण गरिरहनुभएको थियो, त्यतिबेर युरोपमा संशोधनवादी प्रवाह, युरो(कम्युनिज्मको होहल्ला, शान्तिपूर्ण क्रान्तिको नारा व्यापक हुनुका साथै स्टालिनविरोधी फोबिया र ट्रट्स्कीवादी प्रदूषण व्यापक मात्रामा प्रवाहित हुनथालेको थियो । तर वहाँले अक्टोबर क्रान्ति, चिनियाँ नयाँ जनवादी क्रान्ति, भियतनामका जनताको क्रान्तिकारी उत्साह र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मूल्यलाई आत्मसात गरेर टर्कीको आर्थिक–राजनीतिक र सामाजिक स्थितिमा कसरी क्रान्ति सम्पन्न गर्न सकिन्छ भनेर सैद्धान्तिक तथा व्यावहारिक नीति तथा कार्यक्रममा आफूलाई केन्द्रित गर्नुभयो । मूलतः अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकमा माओले कोरेको क्रान्तिको बाटो दीर्घकालीन जनयुद्ध नै टर्कीको क्रान्तिको आधारभूत बाटो हुन्छ भन्ने निष्कर्षमा वहाँ पुग्नुभयो ।

क्यापक्काय दुवै मोर्चामा लड्नुभयो । पार्टीलाई क्रान्तिकारी धारमा लैजान पहिलो लडाइँ पार्टीभित्रै लड्नु आवश्यक थियो । यसै यथार्थलाई ध्यानमा राखेर पार्टी नेतृत्वमा निहित दक्षिणपन्थी चिन्तनका विरुद्ध वैचारिक सङ्घर्ष चलाउनुभयो । वहाँको रचना ‘दि रुट्स अफ दि डेभ्लप्मेन्ट अफ आवर डिफ्रेन्सेज विथ दि रिभिजियोन्जिम अफ सफाक स् ए जेनरल क्रिटिसिज्म अफ दि सफाक’, जुन १९७२’ ले टिआइआइकेपी र सफाकको सशस्त्र सङ्घर्षसम्बन्धी संशोधनवादी धारणालाई बडो सटिक ढङ्गले आलोचना गर्यो । सफाक पक्षधरहरूसितको दुई लाइन सङ्घर्षमा फौजी कार्यदिशा सम्बन्धमा क्यापक्कायले क्रान्तिकारीहरूको नेतृत्व गर्दै यसरी ११ बुँदामा आफ्नो धारणा राख्नुभएको थियो स्
१। ग्रामिण क्षेत्र ९किसान बाहुल्य क्षेत्र० को गतिविधि प्रधान हो र सहरको गतिविधि गौण, २। सशस्त्र सङ्घर्ष प्रधान हो र सङ्घर्षका अन्य रूपहरू गौण, ३। अवैधानिक गतिविधि प्रधान हो र वैधानिक गतिविधि गौण,४। देशैभरि हामीभन्दा दुस्मन शक्तिशाली भएको बेला रणनीतिक रक्षा प्रधान हो, ५। रणनीतिक रक्षाअन्तर्गतको चरणमा कार्यनीतिगत आक्रमण प्रधान हो र कार्यनीतिगत रक्षा गौण, ६।यो चरणमा सशस्त्र सङ्घर्षका सन्दर्भमा छापामार सङ्घर्ष प्रधान हुन्छ र सङ्घर्षका अन्य रूपहरू गौण, ७। रणनीतिक रक्षाको चरणअन्तर्गत सहरहरूमा ९ठूला सहरहरू० शक्ति सञ्चय गर्दै प्रहारका उपयुक्त अवसरहरू पर्खिनु प्रधान हुन्छ र सहरी जनआन्दोलन गौण, ८। सङ्गठनका सम्बन्धमा पार्टी सङ्गठन प्रधान हो र सङ्गठनका अन्य रूपहरू गौण, ९।सङ्गठनका अन्य रूपहरूमा सशस्त्र सङ्घर्षसित सम्बद्ध सङ्गठनहरू प्रधान हुन्छन् । १०।हाम्रो आफ्नै शक्तिमा भर पर्ने कुरा प्रधान हो र अन्य सहयोगी शक्तिमा भर पर्ने कुरा गौण र १०। वर्तमान अवस्थामा हाम्रो मुलुकमा सशस्त्र सङ्घर्षको स्थिति विद्यमान छ ।

सिद्धान्तमा माओ विचार तथा माओवाद मान्ने तर दीर्घकालीन जनयुद्धको रणनीतिको विरोध गर्ने आजका संशोधनवादीहरूले भन्ने गरेका कुराहरू सफाकले भन्ने गरेका कुराकै निरन्तरता हुन् भन्न सकिन्छ । त्यतिबेर इब्राहिम क्यापक्कायले गरेको व्याख्या आजपर्यन्त सान्दर्भिक र वैज्ञानिक छ । त्यसैले इब्राहिम क्यापक्कायले गर्नुभएको संशोधनवादी चिन्तनको खारेजीलाई विश्वभरिका प्रत्येक कम्युनिस्टले गम्भीरताका साथ अध्ययन गर्नु जरुरी छ । संशोधनवादी सफाकको धारणाले क्रान्तिकारी आन्दोलनलाई निषेध गर्थ्यो र शान्तिपूर्ण, वैधानिक बाटोका साथै “हतार गर्नु हुँदैन”, “आत्मगत स्थिति तयार हुनुपर्छ”, “समय भएको छैन” भन्ने चिन्तनको प्रतिनिधित्व गर्थ्यो । त्यसैले क्यापक्कायले टिआइआइकेपीसितको सम्बन्ध विच्छेद गरेर सही मार्क्सवादी(लेनिनवादी पार्टी, एउटा यस्तो पार्टीको निर्माण गर्नुभयो, जसले मार्क्सवाद(लेनिनवादमा माओले गरेको विकासलाई जोड्नु आवश्यक ठान्थ्यो, यस्तो पार्टी जसले क्रान्तिको नेतृत्व गर्न सक्थ्यो ।

आफ्नो पार्टी नेतृत्वबाट अघि सारिएको सशस्त्र सङ्घर्षसम्बन्धी संशोधनवादी धारणाको क्यापक्काले यसरी खारेज गर्नुभएको थियो स्
“पहिलो, सफाक संशोधनवादीहरूले किसान र मजदुरहरूलाई अध्ययन समूहमा सङ्गठित गर्ने सङ्गठनात्मक नीति अँगाले । समाजमा दमन तीव्र अवस्थामा रहेको र जुझारु सङ्गठन निर्माणको आवश्यकता रहेको बेला उनीहरूले जनताको ध्यान सशस्त्र सङ्घर्षबाट पत्रपत्रिका अध्ययनको वरिपरि केन्द्रित गरे । संशोधनवादीहरूले वर्गदुस्मनप्रतिको किसान(मजदुरको घृणा र सशस्त्र सङ्घर्षमा सहभागी हुने उनीहरूको चाहनालाई रोक्तै मार्क्सवादी(लेनिनवादी अध्ययन समूहमा रहेर अध्ययन गरेपछि मात्रै त्यतातर्फ सोच्नुपर्ने भनेर अध्ययन समूहमा समाविष्ट हुने कुरालाई पहिलो सर्तका रूपमा अघि सारे । त्यसैगरी जो मार्क्सवाद(लेनिनवादको अध्ययनमा अब्बल छ, उही नै सशस्त्र सङ्घर्षमा पनि अब्बल हुन्छ भन्ने विसङ्गतिपूर्ण विचार अघिसारे । यस किसिमका विचारहरू अरू केही नभएर सुधारवादी निम्नबुर्जुवा संशोधनवादी लाइनका उपज थिए ।”

“क्रान्तिकारी जनकार्य” का नाममा आएका यस किसिमका विभिन्न गलत चिन्तनका विरुद्ध क्यापक्कायले जनसमुदायसित सम्बद्ध क्रान्तिकारी सही मार्क्सवादी(लेनिनवादी चिन्तनलाई अघि सार्नुभयो । किसानहरूमाझ सङ्गठनलाई कसरी पुर्याउने र उनीहरूलाई कसरी सङ्गठित गर्ने भन्ने कुरामा चिन्ता र चिन्तन केन्द्रित गर्दै वहाँले यसरी मार्क्सवादी(लेनिनवादीहरूको नीति प्रस्ट पार्नुभयो स्

“हरेक गाउँमा उत्पादन कार्यमा निरन्तर लागिरहेका क्रान्तिकारी गरिब किसानहरूबाट सशस्त्र दस्ता, खास गरेर किसान दस्ता बनाउनु आवश्यक छ । पार्टीको कामको जिम्मा लिएका एकाइ र सेल कमिटीहरूबाट गाउँ कमिटी बनाउनु आवश्यक छ । यसका साथै कम्तीमा पनि गाउँस्तरीय संरचनामा आधारित भएर पेशेवर छापामार सङ्गठनको निर्माण गर्नु आवश्यक छ । यस किसिमको सङ्गठनात्मक कामको उद्देश्य कृषि मजदुर तथा गरिब किसानका बीचबाट पार्टी र सशस्त्र जनसेना निर्माण गर्नु हो । शस्त्र सङ्घर्षकै बीचबाट पार्टीको निर्माण र विस्तार पनि हुँदैजानेछ । पार्टी निर्माणको कडी, किसानलाई कसरी सङ्गठित गर्ने भन्ने कुरा, छापामार एकाइ र ग्रामिण मिलिसियालाई सङ्गठित गर्ने कुरासित गाँसिएको छ ।”

९‘दि रुट्स अफ दि डेभ्लप्मेन्ट अफ आवर डिफ्रेन्सेज विथ दि रिभिजियोज्मि अफ सफाक स् ए जेनरल क्रिटिसिज्म अफ दि सफाक’, जुन १९७२ ० ।

त्यसैगरी सफाक संशोधनवादीहरूले पार्टी राष्ट्रिय स्तरमा विकसित भएर आम जनतालाई नेतृत्व गर्न सक्षम भएपछि मात्रै सशस्त्र सङ्घर्षमा जान सकिन्छ भन्ने धारणालाई पूर्वसर्तका रूपमा अघि सारेका थिए । सफाक संशोधनवादीहरूले सहरी आन्दोलन र समर्थनबाट आरम्भ गरेर विस्तारै सिङ्गो भूगोलमा आन्दोलन फैलिएपछि मात्रै सशस्त्र सङ्घर्षको थालनी गर्न सकिन्छ भन्ने धारणा राखे । पार्टीको सहयोगमा देशव्यापी रूपमा व्यापक रूपमा किसान आन्दोलन विस्तार भएपछि मात्रै लाल सत्ता ९मुक्त इलाका० निर्माण हुनसक्छ भन्ने दलिल संशोधनवादीहरूको थियो ।

सशस्त्र सङ्घर्षसम्बन्धी यो धारणा पार्टी र जनयुद्धको द्वन्द्वात्मक विकासलाई बुझ्न असमर्थ दक्षिणपन्थी संशोधनवादी चिन्तनको उपज हो भन्दै कमरेड क्यापक्कायले सफाकको संशोधनवादी चिन्तनलाई यसरी उत्तर दिनुभयो स्

“लाल आधारइलाका निर्माणका लागि संशोधनवादीहरू तलदेखि विस्तारै माथि, सामान्यबाट उच्चतातिर, कमजोरबाट बलियोतिर, सरलताबाट जटिलतातर्फको दीर्घकालीन छापामार गतिविधिको आवश्यकता बोध गर्दैनन् । साथै उनीहरू विस्तारै जनसेना निर्माण, छापामार युद्धको विकास अनि स्थायी सैनिक दस्ताहरू, छापामार युद्धलाई चलायमान युद्धमा फेर्ने कुराप्रति पनि चासो दिँदैनन् । वास्तवमा उनीहरू यसतर्फ सोच्ता पनि सोच्तैनन् । उनीहरू खास क्षेत्रमा लाल आधारक्षेत्र निर्माणका लागि पूर्वसर्तका रूपमा आमकिसान विद्रोहको आवश्यकताको माग गर्छन् ।‘शान्तिपूर्ण सङ्घर्षका आधारमा सङ्गठन निर्माण गर्नु भनेको नाम मात्रको सङ्गठन बनाउनु हो । यस्तो सङ्गठन खोक्रो हुन्छ । यस किसिमको सङ्गठन देशैभरि भए पनि यसले जनताको जुझारु सङ्घर्षको नेतृत्व प्रदान गर्न सक्तैन, सशस्त्र सङ्घर्षलाई अगाडि बढाउन सक्तैन र स्वेत आतङ्क चर्केको बेला तासको घरझैँ यो धराशायी बन्छ ।”

त्यसैगरी संशोधनवादीहरूले जोड दिएको अर्को कुरा समग्र जनता सशस्त्र सङ्घर्षका लागि तयार नहोउन्ज यसको थालनी गर्नु हुँदैन भन्ने हो । क्रान्तिको असमान विकासको स्थितिलाई बुझ्न असमर्थ संशोधनवादीहरूले आफूलाई आदर्शवादी सिद्धान्तको चौघेरामा बन्द गराएपछि क्यापक्कायले त्यसको खण्डन गर्दै भन्नुभयो स्

“समग्र जनता सशस्त्र सङ्घर्षका लागि तयार नहोउन्ज यसलाई अगाडि बढाउनु हुन्न भनेर संशोधनवादीहरू किसानको जुझारु शक्तिलाई न्यूनीकरण गर्दै उनीहरूलाई नेतृत्व प्रदान गरेर अघि बढ्नुपर्ने जिम्मेवारीबाट पछि हटेका छन् ।”

त्यस्तैगरी संशोधनवादीहरूले राजनीतिक सङ्घर्ष र सशस्त्र सङ्घर्षको पनि अचम्मै किसिमले विरोध गरेका थिए । क्यापक्कायले राजनीतिक सङ्घर्षको केन्द्रमा छापामार दस्तालाई अघि सारेर आन्दोलनतलाई सैन्य दृष्टिकोणले मात्र हेरेका छन् भनेर सफाक संशोधनवादीहरूले आरोप लगाएका थिए । राजनीतिक सङ्घर्षको सशस्त्र रूप भनेको सशस्त्र सङ्घर्ष नै हो र यो नै सङ्घर्षको प्रधान रूप हो भन्ने कुरा बुझ्न अक्षम संशोधनवादीहरूले वास्तवमा सशस्त्र सङ्घर्षसम्बन्धी महत्वपूर्ण विचारलाई नै खारेज गरेका थिए । अहिलेको संशोधनवादीहरू पनि यसै भन्ने गर्छन् । वास्तवमा सशस्त्र सङ्घर्षलाई राजनीतिक उद्देश्य पूरा गर्न अघि बढाउने कुरा र सैन्य दृष्टिकोण मात्र राखेर लड्नका लागि केवल लड्ने कुरा फरक हुन् । सशस्त्र सङ्घर्ष भनेको लड्नका लागि लड्ने नभएर क्रान्तिकारी राजनीतिक उद्देश्य प्राप्तिका लागि अँगालिने बाटो हो र यो पनि आफैँमा राजनीतिक गतिविधि हो भनेर क्यापक्कायले प्रस्ट पार्नुभयो ।

सशस्त्र सङ्घर्षको अर्थ आम जनआन्दोलन र प्रचारात्मक कार्यहरूको विरोध गर्नु होइन भन्ने कुरामा क्यापक्काय प्रस्ट हुनुहुन्थो र यसलाई वहाँले यसरी प्रस्ट पार्नुभयो स्

“हाम्रो देशमा पनि जनताको सेनाका रूपमा गठित छापामार सेना केवल लडाइँ लड्नमा मात्र आफूलाई सीमित गर्दैन । सो कार्यसँगै जनआन्दोलनहरूमा सहभागी हुनु र राजनीतिक प्रचार र जनताका दैनिक काममा सरिक हुनु पनि उसको भूमिका हुन्छ । जनतासित छापामार सेना घनिष्ठ रूपमा गाँसिएको हुन्छ । यी भलादमीहरू राजनीतिक सङ्घर्षलाई सशस्त्र सङ्घर्षभन्दा फरक ठान्दछन् र राजनीतिक सङ्घर्ष भनेको प्रचारात्मक गतिविधि र शान्तिपूर्ण गतिविधि मात्र हो भन्ने ठान्दछन्, उनीहरू हामीले राजनीतिक गतिविधि, जनप्रदर्शन र प्रचारप्रसार र आम जनसमुदायसित सम्बद्ध कामलाई बेवास्ता गरेको भनेर आरोप लगाउँछन् । वास्तवमा उनीहरू राजनीतिक आन्दोलन भनेको शान्तिपूर्ण सभा, जुलुस र गतिविधिहरू मात्र हुन् भन्ने मान्दछन् र जुझारु कामलाई परित्याग गर्छन् । ”

९‘दि रुट्स अफ दि डेभ्लप्मेन्ट अफ आवर डिफ्रेन्सेज विथ दि रिभिजियोज्मि अफ सफाक स् ए जेनरल क्रिटिसिज्म अफ दि सफाक’, जुन १९७२ ० ।
केमावाद विरुद्धको सङ्घर्ष स् केमावाद भनेको फासिवाद हो

कमरेड क्यापक्कायले लडेको अर्को मोर्चा, मूल मोर्चा प्रतिक्रियावादी मोर्चा थियो । त्यतिबेर त्यो मोर्चा केमालिन नामले चिनिन्थ्यो । सामन्तवादसित सङ्घर्ष गरेर सत्तामा आएको यो मोर्चालाई कतिपयले सङ्घर्षबाट आएको प्रगतिशील र राष्ट्रवादी शक्ति भनेर पनि व्याख्या गर्थे र यसको विरोधमा सोझै जानु हुँदैन भन्थे । कमरेड क्यापक्कायले यस किसिमको भनाइमा वैचारिक भन्दा पनि भावनात्मक पक्ष प्रधान रहेको भन्दै केमालिनको सही वर्गचरित्रको व्याख्या विश्लेषण गरिनुपर्ने कुरामा जोड दिनुभयो ।

इब्राहिम क्यापक्कायले नै केमावादी विचारको वर्ग चरित्रलाई ठीक ढङ्गले पहिलोपल्ट वैज्ञानिक किसिमले परिभाषित गर्नुभयो । केमावादलाई राष्ट्रिय निम्न(पुँजीपति वर्ग अथवा राष्ट्रिय पुँजीपति वर्गसित सम्बद्ध प्रगतिशील विचार र आन्दोलनकारी पार्टीका रूपमा हेर्ने सबै अवसरवादी व्याख्यालाई वहाँको व्याख्याले खारेज गरिदियो । केमावाद दलाल पुँजीवादी विचारधारा हो र यसले प्रत्यक्ष औपनिवेशिक शासनको विरोध गरे पनि मुलुकको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक संरचनालाई बाचाइराख्न चाहन्छ भनेर क्यापक्कायले प्रस्ट पार्नुभयो । यसरी वहाँले मुस्तफा केमाल ९आतातुर्क० लाई टर्कीका सन यात सेन बनाउन खोज्नेहरूका विपरीत केमाल सन यात सेन होइन, बरु च्याङ काइ(सेक हुनसक्छन् भनेर प्रस्ट पार्नुभयो ।

क्यापक्कायले केमावादका विरुद्ध यसरी आफ्नो धारणा प्रस्ट पार्नुभयो स्

“टर्कीको यथार्थले हामीलाई भन्छ केमावाद भनेको साम्यवाद विरोधी पाखण्डपूर्ण चिन्तन हो । केमावादीहरूले मुस्तफा सुफी ९टर्की कम्युनिस्ट पार्टीका पहिलो अध्यक्ष० र अन्य १४ जना कमरेडहरूको निर्ममतापूर्वक हत्या गरेका छन् । सुफीको हत्यापछि पार्टीले त्यो नाम हटाए पनि उनीहरूले टर्की कम्युनिस्ट पार्टीलाई तहसनहस पारे । अमेरिकी फासिवादी मार्सल लले आजभोलि जे गर्छ, केमावादीहरूले टर्कीमा धेरैपल्ट त्यसो गरेका छन् । हरेक दुई वर्षमा, प्राय गरेर कम्तीमा पनि वर्षमा एकपटक जेल खाली गर्ने नाममा यातना र हत्याको शृङ्खला चलाइको छ ।

केमालिनको अर्थ मजदुर(किसान तथा आमजनताको वर्गसङ्घर्षमाथि नृशंस दमन हो, सहरी निम्नपुँजीपति वर्ग र तल्लो तहका कर्मचारीहरूमाथि निगरानी र त्रास हो । केमावाद भनेको मजदुरमाथि बन्दुकको कुन्दाले प्रहार गर्नु, गोली ठोक्नु, हत्या गर्नु, जेल पठाउनु र न्यायपूर्ण मागसित सम्बद्ध ट्रेड युनियनहरूको सङ्घर्ष र हडताललाई निषेधित गर्नु हो । किसानको सन्दर्भमा केमालिन भनेको जमिनदारहरूको अत्याचार, प्रहरी दमन, कुटपिट, अदालत, जेल सजाय गर्दै सङ्गठनमाथि प्रतिबन्ध लगाउनु हो । सबै कमरेडहरूले कसरी अदाना(नुसायबिनका मजदुरहरूलाई गोली ठोकेर मारिएको थियो भन्ने कुरा कमरेड सुच्नुरोवले दिनुभएको उदाहरणको सम्झना गर्नु आवश्यक छ ।
केमावाद भनेको सबै किसिमका प्रगतिशील तथा प्रजातन्त्रवादी चिन्तनमाथिको लगाम हो । केमावादको प्रशंसा नगर्ने कुनै पनि प्रकाशन कार्यलाई प्रतिबन्धित गरिन्छ । केमालिन सरकारका विरुद्ध कुनै एउटा रचना बाहिर आयो मात्रै पनि त्यो प्रकाशन संस्था सधैँका लागि बन्द हुन्छ । बितेका चार वर्षदेखि मुलुकमा कहिल्यै समाप्त नहुने ‘मार्सल ल’ को आतङ्क चलेको छ । संसद् पनि सदाबहार राष्ट्रपति केमालिनद्वारा परिचालित एउटा गुटको खेलौना मात्र प्रमाणित भएको छ । संविधान र कानुनको स्थिति पनि त्यस्तै छ, वास्तवमा मुलुकलाई सेनाले चलाइरहेको छ ।

केमालिनको अर्थ सबै क्षेत्रमा तुर्क प्रभुत्ववादको हालिमुहाली हो र उत्पीडित राष्ट्रहरू तथा अल्पसङ्ख्यकहरूमाथि दमन र आम हत्या हो । केमावादको “पूर्ण स्वतन्त्रता’ को सिद्धान्तको अर्थ अर्धऔपनिवेशिक स्थितिको सर्वस्वीकार्य हो ।

केमालवादीहरूको टर्की अर्धऔपनिवेशिक टर्की हो । केमालवादी सरकार भनेको त्यस्तो संयुक्त सरकार हो, जुनचाहिँ पहिले ब्रिटिस र फ्रान्सेली साम्राज्यावादको नोकर थियो र त्यसपछि जर्मन साम्राज्यवादको । कामरेड सोच्नुरोभले भन्नुभएझैँ केमालिदनवादीहरूको वर्गवन्धुत्व मुलुकको हितप्रति भन्दा साम्राज्यवादीहरूप्रति बढी छ । यी सबै तथ्यहरूले केमालवादको वर्ग चरित्रलाई प्रदर्शित गर्छन्, केमालवादले कुन वर्गको विचारधारालाई प्रतिनिधित्व गर्छ त स् केमालवाद टर्कीका दक्षिणपन्थी ठूला र मध्यम वर्गीय दलाल पुँजीपति वर्गको विचारधारा हो । केमालवादी तानाशाही सैन्य फासिवादी तानासाही हो ।”

९“सफाक्स रिभिजियोनिस्ट थेसिस अन दि केमालिस्ट मोभमेन्ट, केमालिस्ट गभमेन्ट पिरियड, वल्र्डवार २, पोस्ट–वार पिरियड एन्ड मे २७”, जनवरी १९७२०

कमरेड क्यापक्कायको माथिको भनाइले नेपाली समाज र यहाँका कतिपय पार्टीले आन्दोलनबाट आएको वर्तमान प्रतिक्रियावादी व्यवस्थाका बारेमा गर्ने गरेका व्याख्याको सम्झना दिलाउँछ । केमालिनवादीहरूलाई आन्दोलनबाट आएको प्रगतिशील शक्ति ठानेर नरम हुने टर्कीका वामपन्थीहरूझैँ वर्तमान सत्ता आन्दोलनबाट आएको र यसका प्राप्तिहरूको उपयोग गर्नुपर्छ भन्दै यसप्रति नरम हुने र यसलाई बलियो बनाउने काम नेपालका कतिपय ‘क्रान्तिकारीहरू’ ले पनि गरिरहेका छन् । केमालिनवाद र केमालिन सरकारप्रति क्यापक्कायको व्याख्याबाट हामीले पनि सिक्नु जरूरी छ ।

कुर्दिस राष्ट्रिय मुक्ति आन्दोलनप्रति समर्थन

टर्कीको वर्गीय संरचनाका झैँ भौगोलिक तथा जातिगत संरचना पनि विशिष्ट किसिमको छ । वर्षौँदेखि त्यहाँ कुर्दिस्तानका लागि कुर्दहरूको सङ्घर्ष जारी छ । यो आन्दोलनलाई निरपेक्ष रूपमा जातीय आन्दोलनमा सीमित गर्ने वर्गीय आन्दोलनसित जोडिन नचाहने, कम्युनिस्ट आन्दोलनप्रति नकारात्मक भाव राख्ने कुर्दवादी जातिवादीहरू थिए । कमरेड क्यापक्कायले तिनको आलोचना गर्नुका साथै जातीय उत्पीडन, राष्ट्रिय मुक्ति आन्दोलनप्रति उदासीनता प्रकट गर्ने साम्यवादी आन्दोलनभित्रको प्रवृत्तिको पनिे विरोध गर्नुभयो र वैज्ञानिक दृष्टिकोण अघि सार्नुभयो ।

‘दि नेस्नल कोइस्चन इन टर्की ९डिसेम्बर १९७२० नामक दस्ताबेजमा इब्राहिम क्यापक्कायले कुर्द राष्ट्रिय आन्दोलनको जनवादी सारतत्वमाथि प्रकाश पार्नुभएको छ । वहाँले टर्कीको विशिष्टतामा कुर्दहरूको स्वनिर्णयको अधिकारलाई बिनाहिचकिचाहट समर्थन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । तुर्क सर्वहारा वर्गको समेत सत्रु टर्कीको सत्ताधारी वर्गले चलाएको प्रभुत्ववादका विरुद्ध लड्नुपर्ने कुरामा समेत जोड दिँदै क्यापक्कायले कुर्द राष्ट्रिय मुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनसित जोडेर लानुपर्ने कुरामा जोड दिनुभयो । दुवै थरी एउटै शक्तिको दमनमा परेकाले मूल सत्रुका विरुद्ध मिलेर जानुपर्ने कुरामा कमरेड क्यापक्कायले जोड दिँदै यसलाई यसरी प्रस्ट पार्नुभयो स्

“आमरूपमा मार्क्सवाद(लेनिनवादले उत्पीडित राष्ट्रहरूको सङ्घर्षलाई समर्थन गर्छ र विशिष्ट रूपमा मार्क्सवादी(लेनिनवादीहरूले कुर्दिस राष्ट्रमाथि भएको राष्ट्रिय उत्पीडन, अपहेलना र दमनको विरोध गर्नुका साथै उत्पीडित राष्ट्रहरूको राष्ट्रिय मुक्ति आन्दोलनमा निहित जनवादी सारतत्त्वलाई पूर्णरूपमा समर्थन गर्छन् ।

मार्क्सवादी(लेनिनवादी आन्दोलन भनेको जमिनदारहरू, मुल्ला र सेखहरूले राज्यसत्तासित मिलेर जनतामाथि गरेका दमनका विरुद्ध लडिरहेको आन्दोलन हो, र यो जातीय उत्पीडन विरूद्धको पनि आन्दोलन हो ।” ‘दि नेस्नल क्वेइस्चन इन टर्की, डिसेम्बर, १९७१० ।

दीर्घकालीन जनयुद्धको माध्यमबाट नयाँ जनवादी क्रान्ति पूरा गर्ने प्रतिबद्धता

इब्राहिम क्यापक्कायले टर्किस सर्वहारालाई शक्तिशाली हतियारले सशस्त्र तुल्याउनुभयो स् उहाँले टर्कीको विशिष्ट परिस्थितिमा दीर्घकालीन जनयुद्धको रणनीति अँगालेर नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्न लायक मार्क्सवाद(लेनिनवाद(माओवादमा आधारित कम्युनिस्ट पार्टी टिकेपीरएमएल गठन गर्नुभयो । वहाँले टर्कीको समाजको वैज्ञानिक विश्लेषण गर्दै प्रधान दुस्मन र सहयोगी शक्तिको व्याख्या गर्नुभयो । वहाँले मिहिर चायनको सशस्त्र संशोधनवाद र सफाकको सुधारवादी दक्षिणपन्थी संशोधनवादको चिरफार गर्दै मालेमामा आधारित दीर्घकालीन जनयुद्धको बाटोबाट मात्रै नयाँ जनवादी क्रान्तिको उद्देश्य प्राप्त गर्न सकिन्छ भनेर विचार र नीति, योजना र कार्यक्रमलाई व्यवहारमा अघि बढाउन जोड दिनुभयो ।

आज पनि टर्कीको संरचनात्मक चरित्र यथावत छ, यो अझै पनि अर्धसामन्ती तथा अर्धऔपनिवेशिक छ । क्यापक्कायको विचारले टर्कीमा वर्गसंचेतनाको सबैभन्दा विकसित रूपलाई प्रतिनिधित्व गर्छ । इब्राहिम क्यापक्कायका विचारहरू टर्कीका जनताको मुक्तिका लागि बहुमूल्य सम्पति हुन् । यी विचारहरू टर्कीको नयाँ जनवादी क्रान्तिका सन्दर्भमा मात्र नभएर क्रान्तिप्रति प्रतिबद्ध हरेक कम्युनिस्टले गम्भीरताका साथ ग्रहण गर्नुपर्ने विचार हुन् ।

अहिलेको स्थिति स्

कमरेड क्यापक्कायको सहादतपछि पार्टी टिकेपीरएमएल तिनचार टुक्रामा विभाजित भयो । केही दिन यसका गतिविधिमा सुस्तता आए पनि मूल पार्टीले कमरेड क्यापक्कायले कोरेको बाटो र स्थापना गरेका नीति र योजनालाई निरन्तरता दियो र अहिले यो फेरि टर्कीको क्रान्तिकारी आन्दोलनको मूल शक्तिका रूपमा गतिशील र क्रियाशील छ ।

आज, पार्टी टिकेपीरएमएल र उसको सैन्य दस्ता टिक्को जीवन्त छ र वर्गदुस्मन विरुद्ध लडिरहेको छ । टर्कीको आर्थिक(सामाजिक विशिष्टतामा यो जनयुद्धको दिशामा निरन्तर अघि बढिरहेको छ । यसले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न टर्कीको सिरिया र इराक, इरानको सिमानामा कुर्द राष्ट्रिय मुक्ति आन्दोलनका लागि लडिरहेकाहरूसित संयुक्त मोर्चा बनाएको छ । टिकेपीरएमएलले साम्राज्यवाद, नोकरसाही पुँजीवाद र सामन्तवादलाई परास्त गर्न विश्वका उत्पीडित जनताका सामु दीर्घकालीन जनयुद्धको सबल उदाहरण प्रस्तुत गरेको छ ।

टिकेपीरएमएलले कमरेड क्यापक्कायको ४० औँ स्मृति सन्दर्भमा आफ्नो अभिमत यसरी जाहेर गरेको छ स् “हामीहरू कमरेड क्यापक्कायको महान् विरासत हाम्रो पार्टी टिकेपीरएमएलको नेतृत्वमा कमरेड क्यापक्कायले अघि सार्नुभएको सिद्धान्तहरू र वहाँको दृढता र प्रतिबद्धतामा आधारित भएर क्रान्तिको लक्ष हासिल गर्नेछौँ । हाम्रो कम्युनिस्ट आस्था र विश्वास र ४१ वर्षको कम्युनिस्ट पहिचानले हामी यो लक्ष पूरा गर्न सक्षम छौँ भनेर साबित गरिसकेको छ ।”

हामी टिकेपीरएमएल र उसको सैन्य दस्ता टिक्कोप्रति क्रान्तिकारी सलाम प्रकट गर्छौँ । हामी साम्राज्यवाद र टर्कीको फासिवादका विरुद्ध नयाँ जनवादी क्रान्ति चलाइरहेका क्रान्तिकारीहरूलाई सलाम गछौँ र हामी साम्राज्यवाद र टर्कीको फासिवादका विरुद्धको लडाइँमा सहादत प्राप्त गर्ने कमरेडहरू तथा जनसमुदायप्रति क्रान्तिकारी सलाम भन्छौँ । कमरेड क्यापक्काय र टर्कीको क्रान्तिकारी इतिहास हाम्रा लागि पनि शिक्षाको इतिहास हो । यसबाट शिक्षा ग्रहण गरेर हामीले आफूलाई ऊर्जावान बनाउन सक्छौँ ।

डा। ऋषिराज बराल(साभार, जनमेलबाट)

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations