बिशेस समाचार

इटहरीमा २ दिदी बहिनीको मृत्यु

HOT NEWS       ,

इटहरी स् इटहरी उपमहानगरपालिका ६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई बच्चा निसासिएर म‌ंगलबार राति मृत्यु भएको छ।

अत्यधिक जाडोका कारण कोठामा दाउरा र भुसको आगो बालेर ढोका थुनी सुतेको अवस्थामा आलम मिया, उनका श्रीमती र दुई छोरी निसासिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई विराटनगर अस्पताल पुर्‍याएको थियो। उपचारकै क्रममा आलमका दुबै छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

मृत्यु हुनेमा सात वर्षीया आलिया खातुन र दुई वर्षीया आयात खातुन रहेको छ। ३५ वर्षीय आलम मियाँ र उनकी २८ वर्षीया श्रीमती फोसिला खातुनको अझै उपचार भइरहेको प्रहरीले जानकारी दिए।

यसैगरी इटहरी–१९ की ७० वर्षीया दैतिनीदेवी चौधरी जलेर मृत्यु भएको प्रहरी चौकी तरहराले जनाएको छ। अत्यधिक जाडो कारण घरमा आगो ताप्ने क्रममा साडीमा आगो लागेर मंगलबार साँझ गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।रासस

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations