बिशेस समाचार

विना नरहेपछी

मनोरञ्जन       ,

उदीयमान कलाकार बिना थापा यो संसारबाट बिदा भएकी छिन् । २७ वर्षीया अभिनेत्री थापा सवार स्कुटरलाई अघिल्लो साता काठमाडौंको बत्तीसपुतलीमा ट्यांकरले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पताल पुर्‍याउने क्रममा बाटैमा उनको निधन भएको हो ।

गुल्मीमा जन्मिएकी अभिनेत्री थापाले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् भने सांस्कृतिक कार्यक्रमका क्रममा स्वदेश तथा विदेशका थुप्रै स्टेजमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी थिइन् । माघ ४ गते प्रदर्शनमा आउने चलचित्र पिँजडा ब्याक अगेनमा उनी महत्वपूर्ण भूमिकामा प्रस्तुत भएकी छिन् ।

उक्त चलचित्रका निर्देशक हिमाल केसीले कलाकार थापाको निधनबाट देशले प्रतिभाशाली कलाकार गुमाएको बताएका छन् । ‘पिँजडा ब्याक अगेनको छायांकनकै क्रममा मैले उनलाई पहिलो पटक भेटेको थिएँ,’ निर्देशक केसी भन्छन्— ‘मैले उनमा कलाकारमा हुनुपर्ने सम्पूर्ण गुण पाएको थिएँ ।’

समयमा छायांकनस्थलमा उपस्थित हुने, सबैसँग सहज रूपमा प्रस्तुत हुने तथा कामप्रतिको लगनशीलता अभिनेत्री थापाको सकारात्मक पक्ष भएको निर्देशक केसीको भनाइ छ । थापाले प्रदर्शनको क्रममा रहेको अर्को चलचित्र शिरफूलमा समेत अभिनय गरेकी छिन् ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations