बिशेस समाचार

युट्युबमा सर्वाधिक हेरिएको भिडियो

प्रबिधि       ,

युट्युबमा सर्वाधिक हेरिएका भिडियोको सूचीमा धेरै म्युजिक भिडियो आउनु सामान्य नै हो । आश्चर्यको कुरा के हो भने युट्युबको यो सूचीको माथिल्लो १ सय भिडियोमा पाँचवटा यस्ता भिडियो पनि छन् जुन म्युजिक भिडियो होइनन् । युट्युबमा सर्वाधिक हेरिएका १० भिडियो :

मासा एन्ड द वियर—
रेसिपी फर डिजास्टर 

अलेग कुजोभ्कोभद्वारा निर्देशित रूसी एनिमेटेड टेलिभिजन श्रृंखला मासा एन्ड द वियरको १७ औं भाग ‘रेसिपी फर डिजास्टर’ युट्युबको सर्वाधिक हेरिएको भिडियोको सातौं स्थानमा छ भने म्युजिक भिडियोको विधाबाहेकको भिडियोमा पहिलो स्थानमा छ । यो भिडियो युट्युबमा २ दशमलव ७१ अर्ब पटक हेरिएको छ । मासा नामक बालिकाको साहसमा आधारित यो सिरिजमा मासालाई एक भालुले संरक्षण गरेको देखाइन्छ । यो श्रृंखला रूसी भाषाबाट अरू विभिन्न भाषामा रूपान्तरण गरिएकाले पनि चर्चित भएको हो ।

ह्युज एग्स सरप्राइज टोए च्यालेन्ज
यो भिडियो युट्युबको सर्वाधिक हेरिएको सुचीमा ८१ औं स्थानमा छ । यार्न नामक एक अमेरिकी बालकले ठूलो अन्डाकार बेलुन खोजेर एउटा निश्चित स्थानमा जम्मा गर्नुपर्ने चुनौती दिने यो भिडियो ‘यार्न टोएज रिभ्यु’ नामक अमेरिकी युट्युब च्यानलले उपलब्ध गराएको हो । बालबालिकाले मन पराउने तथा पटक–पटक हेर्ने हुनाले नै यो भिडियो सर्वाधिक हेरिएको भिडियोमा पर्न सफल भएको पाइन्छ ।

ह्विल्स अन द बस
‘ह्विल्स अन द बस गोज राउन्ड एनड राउन्ड’ बालबालिकाको मुखमा झुन्डिएको एउटा बालगीत हो । एनिमेसन प्रयोग गरी तयार पारिएको यो म्युजिक भिडियो संसारभरिका अंग्रेजी भाषा बुझ्ने बालबालिकाले पटक–पटक हेरेकाले सर्वाधिक हेरिएको भिडियो भएको हो ।

जोनी जोनी एस पापा
अंग्रेजी भाषा सिक्दैदेखि हरेक बालबालिकाले सिक्ने बालगीत ‘जोनी जोनी एस पापा’ हामी सबैको मुखमा झुन्डिएको छ । युट्युबमा ‘चुचुटिभी’ नामक भारतीय च्यानलले उपलब्ध गराएको यो एनिमेटेड भिडियो युट्युबमा सर्वाधिक हेरिएका भिडियोको ४३ औं स्थानमा छ ।

मासा एन्ड द वियर –
वन इपिटाइट

मासा एन्ड द वियर श्रृंखलाकै ८८ औं भागका रूपमा प्रस्तुत यो भिडियो पनि युट्युबमा सर्वाधिक हेरिएको भिडियोको पाँचौं स्थानमा पर्छ ।

प्ले डो आइसक्रिम कपकेक्स प्लेसेट पल्डो बाइअनबक्सि· सरप्राइज एग 

यो प्ले डो नामक गिलो पीठोझैं बालबालिकाले खेल्ने पदार्थको विज्ञापन हो । यो भिडियो पनि अरू भिडियोझैं बालबालिकाको चासोको भिडियो भएकाले यसलाई अरू भिडियो जस्तै बालबालिकाले नै पटकपटक हेर्न रुचाएकाले सर्वाधिक हेरिएको युट्युब भिडियो बन्न सफल भयो ।

चार्ली बिट माई
फि·र – अगेन

यो भिडियोमा एक वर्षीय अमेरिकी बालक चार्लीले आफ्नो दाइको औंला टोकेको दृश्य देख्न सकिन्छ । एक सामान्य परिवारका ह्यारी र चार्ली दाजुभाइको असामान्य स्तरको माया यो भिडियोमा हेर्न पाइन्छ ।

कलर सङ्स कलेक्सन
भोल्युम १ : यो भिडियोमा बालबालिकालाई रंगसँग परिचय गराइन्छ । युट्युबमा करिब ६१ करोड पटक हेरिएको यो भिडियो सन् २०१३ को नोभेम्बरमा बिजी बिभर्स नामक बालबालिकामा केन्द्रित च्यानलले उपलब्ध गराएको हो ।

२० सरप्राइज एग्स
नेपालमा अत्यधिक चर्चित किन्डर जोए नामक चकलेटको प्रचार गर्ने उद्देश्यले बनाइएको यो भिडियोमा अन्डाकार प्याकेटमा के–कस्ता खेलौना भेटिन्छ भन्ने कुरा देखाइएको छ । यो भिडियो पनि बालबालिकामा केन्द्रित भिडियो हो, जसलाई सन् २०१३ को जुन महिनामा सरप्राइज टोए नामक एक युट्युब च्यानलले उपलब्ध गराएको हो ।

एल बार्को— एल मोर्दिस्को
स्पेनिस भाषाको टेलिभिजन श्रृंखला एल बार्को रहस्यमय श्रृंखलाका रूपमा चर्चित छ । स्पेनको राष्ट्रिय टेलिभिजन एन्टेना–३ बाट प्रसारण हुने यो कार्यक्रमको एउटा टुक्रामा अर्धनग्न युवायुवतीहरू पौडी खेल्ने क्रममा पिराह्ना माछाको आक्रमणका कारण घाइते भएको देखाइएको छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations