बिशेस समाचार

म्यादी प्रहरी विवेक हत्याकाण्डको छानविन प्रतिवेदनप्रति नेकपाको अापत्ति, गैरे र बोहरा हत्यारा भएको घोषणा

RECENT NEWS       ,

२४ पुस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले म्यादी प्रहरी विवेक एेडीको हत्याको छानविन समितिको प्रतिवेदन झुट भएको भन्दै अापत्ति जनाएको छ । नेकपा कालिकोटले सोमबार विज्ञप्ति जारी गरेर हत्यारालाई बचाउन दोष अरुलाई थोपरेर प्रतिवेदन अाएको बताएको छ ।

सेक्रेटरी रणदीपले कालिकोट हत्याकाण्डको जिम्मा राज्यले लिएर दोषीलाई कारवाही गर्नुको साटो दोस अरुलाई थोपरेर देशमा थप हिंसा भड्काउने खालको प्रतिवेदन आएको भन्दै नेकपाले कडा आपत्ति जनाएका छन् । म्यादी प्रहरीको तलबभत्तामा भएको भ्रष्टाचारको विरोध गर्दा म्यादी प्रहरी एेडीमाथि गोली प्रहार गरिएको सेक्रेटरी रणदीपले जारी विज्ञप्तिमा उल्लेख छ ।

छानविन समिति सत्यतथ्यलाई लुकाएर घटनामा नेकपालाई मुझेकोप्रति अापत्ति जनाउँदै सेक्रेटरी रणदीपले भने, ”शान्तिपुर्ण आन्दोलनमा रहेका म्यादी प्रहरीमाथि चरम दमन गर्ने र गोली हानी हत्या गर्न निर्देशन दिने प्रजिअ र प्रहरी प्रमुखलाई कारबाही गर्नुको साटो उक्त घटनासँग कुनै साइनो नभएको पार्टीलाई दोस दिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । गृहमन्त्रालयद्वारा गठित घटना छानबिन समितिले उक्त हत्याकाण्ड नेपाल कम्युनिष्ट पार्टीको संलग्नतामा आन्दोलन भएका कारण हुन् पुगेको निष्कर्ष निकालेकोप्रति हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ ।”

प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिएका म्यादी प्रहरीको तलव भत्तामा भएको भ्रष्टाचार लुकाउन र कालिकोट हत्याकाण्डका दोषीलाई बचाउन छानविन समितिले नियोजित रुपमा झुटो प्रतिवेदन ल्याईएको नेकपाले ठहर गरेको छ ।

नेकपाले कालीकोट जिल्ला अधिकारी बद्रीनाथ गैरे र प्रमुख प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहराको निर्देशनमा गोली हानिएको दाबी गर्दै कारवाहीको माग समेत गरेको छ । नेकपाले मानवअधिकारवादी र पत्रकारहरुलाई घटनाको निश्पक्ष छानविन गर्न पनि माग गरेका छन् ।

आन्दोलनका क्रममा म्यादी प्रहरीलाई नेकपाका स्थानीय कार्यकर्ताले हौस्याएको र स्थिति नियन्त्रणमा लिन गोली प्रहार गर्नुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। समितिले आइतबार गृहसचिव मोहनकृष्ण सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

स्रोतका अनुसार कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहरालाई समान्य चेतावनी र प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई पनि सामान्य विभागीय कारबाही सिफारिस गरिएको छ।

गत पुस ७ गते तलव भत्तामा भ्रष्टाचार भएको भन्दै शान्तिपूर्ण रुपमा विरोधमा उत्रेका म्‍यादी प्रहरीमाथि गोली चलाएको थिय । प्रहरी जवान चेतन सुनारले चलाएको गोली लागेर एेडीको घटनास्थलमै मृत्यु भएको थियो भने दर्जनभन्दा बढी घाइते भएका थिए ।

१८ दिन पहिले सरकारले गृह मन्त्रालयका सहसचिव मानवहादुर विश्वकर्माको नेतृत्वमा नेपाल प्रहरीका डिआईजी रमेश खरेल समेत रहेको छानवीन समिती गठन गरेको थियो ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations