बिशेस समाचार

निताको सुस्तता

मनोरञ्जन       ,

केही महिनाअगाडि हिरोइन नीता ढुंगाना अमेरिका के पुगेकी थिइन्, यता हल्ला चलिहाल्यो– उनी उतै बस्दैछिन् भन्ने । करिअरले गति लिएका बेला अमेरिका पुगेका कति कलाकार फर्किएका छैनन्, नीताका फिल्म त भटाभट फ्लप भइरहेका छन् । त्यसैले उनी अमेरिका पलायन हुन्छिन् भनेर आशंका गरिनु आफैँमा अस्वाभाविक पनि थिएन । तर, यी अनुमानलाई माथ खुवाउँदै स्वदेश फर्किन् । अब्बल निर्देशक र टिमसँग काम गर्ने अथक प्रयास गरिरहेकी छिन् तैपनि हात लाग्यो शून्यझैँ भइरहेको छ । सिंगल थिएटरमा परिचित नीतालाई प्रतिष्ठित ब्यानरले पत्याएका छैनन् । सायद यही कारण हुनुपर्छ, फिल्म निर्माणको घोषणा गरिन् । तर, अहिलेसम्म घोषणामै सीमित भएको छ । कतिसम्म भने फिल्मी जमघटमा समेत उनको उपस्थिति पातलिँदै गएको छ । यो सुस्तता उनी छायामा पर्ने संकेत त होइन ? आशा गरौँ, त्यस्तो हुने छैन ।

(नेपाल साप्ताहिकबाट साभार)

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations