बिशेस समाचार

जनयुद्धले जन्माएकी गायीका घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट घिसिङलाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गएर कोड 11D डी टाइप गरी एनटीसी र एनसेलमा ३५००५ मा म्यासेज पठाउनुपर्ने

गीत       ,

काठमाडौं । जनताको जीवनका गीत गाउँदै आएकी गायीका निर्मला घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट भएकी छन् ।

मलेसियामा हुन गइरहेको पहिलो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड अन्तरगत सेलो महिला गायन तर्फ छनौट भएकी हुन् ।

जनयुद्धले जन्माएकी कलाकार घिसिङ जनवादी गीत संगीतमा बलियो उपस्थिति जनाउँदै आएकी गायीका घिसिङले आधुनिक तथा सेलो गीतहरुमा स्वर दिँदै आइरहेकी छन् ।

घिसिङ अवार्डको लागि छनोट हुनु जनवादी गीत संगीतलाई अन्तर्राष्ट्रियकरण भएको बताउँदै जनवादी कलाकारहरुले खुशी व्यक्त गरेका छन् ।

गायीका घिसिङले आफुँलाई भोट गर्न आग्रह गरेकी छन् । उनलाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गएर कोड 11D डी टाइप गरी एनटीसी र एनसेलमा ३५००५ मा म्यासेज पठाउनुपर्नेछ । यही जनवरी २९ तारिकमा पहिलो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्डको लागि सेलो महिला गायनतर्फ ‘होई च्याङ्बा ओई च्याङ्बा’ बोलको गीत छनौटमा परेको छ ।

यो बर्षकै (२०१७) सर्वाधिक लोकप्रिय सेलो गीत हो ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations