बिशेस समाचार

आफ्ना नेताको नाममा भोट हाल्नेलाई नेकपाले लगायो कालो मोसो र जुत्ताको माला

HOT NEWS       ,

मंसिर १२, कालिकोट । दुई अघि भएको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा आफ्नो नेताको नाममा भोट खसेको पाइएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कालिकोटले छानबिन र कारबाही गरेको छ ।

कालिकोटको मुम्रामा आफ्ना नेताको नाममा भोट हाल्ने कांग्रेस कार्यकर्तालाई नेकपाले कालो मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको छ ।

नेकपा कालिकोटका नेता आइटमको नाममा मतदान गर्ने कांग्रेसका स्थानीय कार्यकर्तालाई मंगलबार बिहान नियन्त्रणमा लिएर कालो मोसो र जुत्ताको मालासहित गाउँ घुमाइएको अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा मुम्राका स्थानीय रामबहादुर तिरुवाले जानकारी दिएका छन् ।

जिल्लाको अन्य ठाउँमा पनि पार्टीले छानबिन गरिरहेको र दोषी पाइए कोसुकैलाई कारबाही गर्ने तिरुवाले बताए ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations