बिशेस समाचार

कालिकोटका उम्मेदवारको घरमा विप्लवको कालो झन्डा फहराउदै

HOT NEWS       ,

मंसिर ०३, कालिकोट । समग्र राज्य व्यवस्थासंग असहमत रहेको नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०७० सालयताका निर्वाचनहरु बहिस्कार गर्दैआएको छ ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ‘खारेजी’को नीति नेकपाले लिएको बताएको छ ।

चुनावको मिति नजिकै जाँदा देशैभर बम बिष्पोट र उम्मेदवारमाथि आक्रमणका घटना बढ्दै गएका छन् ।

आधिकारिक रुपमा कसैले जिम्मा नलिएपनि विप्लवको पार्टीले यी गतिविधि गरेको प्रहरीको अनुमान छ ।

उता पश्चिम नेपालको कालिकोटमा भने नेपाल कम्युनिस्ट पार्टीले उम्मेदवारको घरमा कालो झन्डा गाडेको छ । वाम गठबन्धनका उम्मेदवार दुर्गबहादुर रावत, कुर्मराज शाही, महेन्द्रबहादुर शाही घरमै पुगेर नेकपाले कालो झन्डा गाडेको छ ।

त्यसैगरी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भुपेन्द्रजङ शाही र कालिबहादुर सहकारीको घरमा पनि कालो झन्डा गाडिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका कालिकोट जिल्ला इन्चार्ज लोकजङ शाही ‘समर’ले आफ्नो पार्टीको घोषित नीतिअन्तर्गत नै कालो झण्डा गाडिएको जानकारी दिएका छन् ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations