बिशेस समाचार

झूटा आरोपमा फसाइएका पुर्व लडाकु कमान्डर प्रबिन बोगटी रिहा

HOT NEWS       ,
काठमाडौ, कात्तिक १३ । झूटा आरोपमा षडयन्त्रमुलक रुपमा फसाइ करिब चार बर्षदेखि बन्दी जीवन बिताइरहेका माओवादी पुर्व लडाकु कमान्डर प्रबिन बोगटी प्रबिनु रिहा भएका छन् ।
 
तत्कालीन जनमुक्ती सेनाको चौथो डिभिजन अन्तर्गत कम्पनी कमान्डर बोगटी गत कात्तिक ६ गतेको उच्च अदालतको फैसलाबाट रिहा भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)नेवा राज्य समिति सदस्य तथा काठमाडौ निर्वाचन क्षेत्र नं ४ इन्चार्ज समेत रहेका बोगटीलाई २०७० साल माघ २८ गते पक्राउ गरि सरकारले उनिमाथी अपहरण तथा शरीर बन्धक, संगठित अपराध र करकाप जस्ता कठोर फौजदारी अभियोग लगाइएको थियो ।
 
तल्लो अदालतको आदेशमा जेल चलान गरिएका बोगटी उच्च अदालतले सफाइ दिएपछि रिहा भएका हुन् । सोलुखुम्बु घर भइ काठमाडौ मुलपानी बस्ने नरकान्त राई र गुल्मि घर भइ कपनमा बस्ने डिलबहादुर खत्रीको बिचमा रु।१ करोड ७८ लाख ७६ हजारको लेनदेन विवाद मेलमिलाप र समाधानका लागि नेकपा(माओवादीको) कार्यलयमा निवेदन परेको थियो ।
 
दुबै पक्षबाट परेको उक्त निवेदन उपर पार्टीको तर्फबाट छलफलको प्रक्रिया अगाडि बढाउदा प्रहरी प्रशासनसंग मिलि बोगटीका विरुद्ध झुटो मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा जिल्ला अदालतको फैसला उल्टाउदै उच्च अदालत पाटनले उनलाई सफाइ दिएको हो ।
 
सामाजिक रुपान्तरणको अभियानमा निस्वार्थ रुपमा सहभागी आफ्ना विरुद्ध खतरानाक षडयन्त्र गरिएको उल्लेख गर्दै बोगटीले अदालतको फैसलापछि आंशिक रुपमा भए पनि न्यायको अनुभुति महसुस भएको बताएका छन् । न्यायपुर्ण र समानतामुलक समाज निर्माणको आफ्नो यात्रा कुनै बाधा अबरोधले अरोकिने उनको कथन छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations