बिशेस समाचार

आइतबार बिहानै राजधानीमा गोली चल्यो, एक घाइते, पाँच पक्राउ

HOT NEWS       ,

कात्तिक ५, काठमाडौं : आइतबार बिहानै राजधानीमा गोली चलेको छ । काठमाडौको म्हेपीमा बिहान उज्यालो नहुँदै गोली चलेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविन्द्र धनुकले जानकारी दिए ।

घटनालगत्तै खटेको प्रहरी टोलीले गोली हान्न संलग्न प्रमुख अभियुक्तसहित पाँच जनालाई पक्राउ गरिसकेको छ । घटनाबारे अनुसन्धान भइरहेको र गोली हान्न संलग्नलाई छिट्टै सार्वजनिक गर्ने समेत एसएसपी धनुकले जानकारी दिए ।

अपरिचित व्यक्तिले हानेको गोली लागेर स्कुटरमा सवार काठमाडौं रानीवनका कल्याण गुरुङ घाइते भएका छन् । घाइते गुरुङको खुट्टामा गोली लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations