बिशेस समाचार

एमाले र माओवादी केन्द्र ‘कमाउनिष्ट’ हुन्, देउवाजीले डराउनु पर्दैनः यादव

HOT NEWS       ,

३१ असोज,बिराटनगर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादी केन्द्र कम्युनिस्ट नभएर नेपाली काँग्रेस र राप्रपा जस्तै बताएको बताएका छन् । यादवले एमाले र माके कमाउनिष्ट पार्टी भएकाले कसैले डर मान्नु पर्ने कारण नभएको बताए ।

बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग बैठकमा एमाले र माओवादी केन्द्र बिग्रेका कम्युनिस्ट भएकोले केही चिन्ता नगर्नुस् समेत भनेको बताए ।

नेपालमा कांग्रेस, कम्युनिष्ट, राप्रपा उस्तैउस्तै भएको बताउँदै यादवले बाहिरको कभर र चुनाव चिन्हमात्रै फरक भएको दाबी गरे ।

“कम्युनिष्टहरुले नेपाल खाइदिए भन्ने कुरासँग म सहमत छैन । यिनीहरु कम्युनिष्ट भए न खान्छन् । यिनीहरु सबै कमाउनिस्टहरु हुन् । कमिसनतन्त्र, लुटतन्त्र, भ्रष्टतन्त्र र माफियाहरुले चलाएका दलहरु हुन्” यादवले भने ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations