बिशेस समाचार

म्यादी प्रहरीको फाराममा चर्को शुल्क

HOT NEWS       ,

आश्विन ३०, बैतडी-जिल्ला प्रहरी कार्यालय र व्यापारीको मिलेमतोमा म्यादी प्रहरीको आवेदन फाराम चर्को शुल्कमा बिक्री भइरहेको छ ।

प्रहरी कार्यालयले आफैले छापेर स्थानीय व्यापारीमार्फत फाराम बिक्री गरिरहेको छ ।

व्यापारीले फाईल र टिकटसहित २ पाना फाराम ५० रुपैंयाँमा बिक्री गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय छेउका पुस्तक पसल र किराना पसलबाट फाराम बिक्री भइरहेको छ ।

फाराम भरेर दिएको थप ३० रुपैंयाँ लिइरहेको आवेदकहरु बताउँछन् । ‘फाराम, टिकट र फाइलको ५० रुपैंयाँ तिर्नुपरेको छ ।’ म्यादी प्रहरीमा आवेदन दिन आएका दशरथचन्द नगरपालिका ६ का नरेश चन्दले भने, ‘ब्यापारीबाट भराउन खोजे थप ३० लिदैछन् ।’

निस्शुल्क दिने ब्यवस्था नभएकाले जिल्ला प्रहरी कार्यालयले नमूना फाराम व्यापारीलाई दिएको जिल्ला प्रहरी कार्यालयले जनायो । टिकट र फाइलसहित आवेदन फाराम ३० रुपैंयाँसम्म बेच्न लागेको जानकारी पाएपनि ५० रुपैंयाँ लिएको बारे थाहा नभएको प्रहरी निरीक्षक सुरेन्द्र बमले बताए ।

प्रहरी कार्यालयले स्थानीय एक प्रेसमा २ हजार प्रति फाराम छपाईको अर्डर गरेको स्रोतले जनायो । मंगलबारदेखि म्यादी प्रहरीको आवेदन खुलेको हो । सोमबार आवेदन दिने अन्तिम दिन हो । दिउसो १ बजेसम्म १ हजार ५ सय बढीले आवेदन दिएको प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations