बिशेस समाचार

समाजसेवामा भिज्दै अञ्जु

RECENT NEWS       ,

२९ असोज, काठमाडौं । कुनै बेला दैनिक १२ घन्टासम्म रियाजमा रमाउने गायिका अञ्जु पन्त अहिले रियाजका लागि समय दिन सक्दिनन् । गायन र समाज सेवाले उनको रियाजको समय घटाएको छ ।

रियाजको समय घटेर के भयो र रु सामाजिक अभियानमा जोडिएपछि उनी त्यसै मख्ख छिन् । भन्छिन् – मनले चाहेको काम गर्न पाएपछि मन त्यसै खुसी हुँदो रहेछ । अब समाजसेवामै मेरो मन रमाउने छ ।’

अञ्जु पन्त फाउण्डेशन नामक सामाजिक संस्था स्थापना गरेर समाज सेवामा कदम बढाएकी अञ्जुले एचआइभी संक्रमित डोटीका २१ बालबालिकाकालाई ६ महिनाको छात्रवृत्ति प्रदान गरेकी छन् । अहिले छ महिनाको लागि छात्रवृत्ति दिएकी अञ्जुले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने योजना रहेको बताइन् । ‘यो सुरुवात हो । बालबालिकाको लागि अरु पनि काम गर्दैछौं’, अञ्जुको भनाइ छ ।

अञ्जु पहिलोपटक विना पारिश्रमिक एकल साँझमा प्रस्तुति दिएकी थिइन् । प्राविधिकहरुलाई दिएर बचेको रकम फाउण्डेशनमै जम्मा गरेकी थिइन् ।

आरबीटीबाट रोएल्टीस्वरुप दुईलाख पचास हजार बुझेको बेला पनि उनले गीतकार संघ र रोएल्टी समाजलाई २५-२५ हजार दिएकी थिइन् । रेडियो प्रस्तोता वासुदेब मुनाललाई १० हजार आर्थिक सहयोग गरेकी थिइन् ।
बालबालिका, वृद्ध र चेलीबेटी वेचविखनविरुद्ध काम गर्ने योजना बनाएकी अञ्जुले तराईको बाढीवाट प्रभाबित इटहरीको एउटा बस्तीमा पुगेर चारसय जनालाई खाना पकाउने ग्यास, लत्ता कपडा र खाद्यान्न वितरण गरेकी थिइन् ।

‘बाढीवाट प्रभावितहरुलाई सहयोग गर्न पाउँदा मनमा आनन्द आयो’, अञ्जु बोलिन् । उक्त सहयोगका लागि माइका नेपालले पनि साथ दिएको थियो । बल्खुको जागरण बस्तीमा आगलागी हुँदा पनि त्यहाँ रहेका साढे दुईसय बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरेकी थिइन् । ‘जसलाई समस्या पर्छ सकेसम्म समस्यावाट मुक्त गर्ने प्रयाश गर्छौ’, अञ्जुले भनिन् ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations