बिशेस समाचार

बजारमा नयाँ मुर्दा

प्रचण्डपथको सुमोमा हावा भर्दा भर्दै
पुराना अवशेषहरु बिरुद्ध
कठोर हुँदा हुदै
चीलको जस्तो दुर दृश्य हेर्न आखा हरायो
बिपत्तिको अगुवा फ्लु बोकेर
समाजबाद होइन गद्दारि आयो

खेलाडीहरुमा खेलप्रति जाग्यो अबिश्वास
हिडेको सुदुर बाटो भुल्यो अगुवाले
बियर सिसिहरुमा बिक्री भयो योद्धा
रातो मसीमा भरियो निलो रङ्ग
कविताहरु भए निला

खुकुरी बोकेरै मर्न हिडेको मान्छे
आइपुग्यो मसान घाटमा
एउटा ज्युदो जिबले
मुर्दासग मिलायो हात
अचम्म मुर्दाले पनि गर्‍यो लालसलाम
योद्धाले सोच्यो
यता रहिछ्न हाम्रा सहयात्री

जहाँ जहाँ पुग्यो योद्धा
त्यहीँ त्यहीँ भेट्यो उसले मुर्दाहरुको जुलुस

अदालतको बेन्चमा
जिबिसको योजना शाखामा
सरकारमा सदनमा
सबैतिर मुर्दा नै मुर्दा भेटेपछि
एकदिन योद्धालाई पनि मर्न मन लाग्यो
जस्तो कि मन्दिरमा पैसा चढाएको देखेपछि
मुर्ति हुने रहर हुन्छ गरिबको बच्चालाई पनि

सिद्धान्तलाई ओखरपौवाको फ़ोहोरमा मिसाएर
जीवनकाल सबै उद्देश्यबाट बिचलित भएर
एक साझ योद्धा भयो मुर्दा
यो ऎतिहासिक मृत्युको
थुप्रैपटक समाचार बने
सबै सबै मुर्दाहरुले स्वागत गरे नयाँ मुर्दालाई

नयाँ मुर्दा अदालत पुग्यो
भयो न्यायाधीश
सरकारमा पुग्यो
भयो मन्त्री
चुनाव जित्यो
भयो वडा अध्यक्ष

घाटेहरु भन्छन् नयाँ मुर्दा पुराना भन्दा गतिलो छ ।
मलाई बिश्वास छैन साथि
मेरो सहयात्री कसरी मुर्दा हुन सक्छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations