बिशेस समाचार

जीवनको अन्तिम क्षणमा चे ग्वेभाराले फिडेल क्यास्त्रोलाई लेखेको अन्तिम पत्र

प्रिय साथी ,

हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ , तापनि आफ्नो बाचा पुरा गर्ने इच्छासहित मैले अफ्रिकाको यात्राको क्रममा यी टिप्पणी लेखिरहेको छु । माथि उल्लेखित शीर्षक अनुरुप टिप्पणीहरु लेख्ने प्रयत्न गर्ने छु । मलाई आशा छ पाठकहरुका लागि यो रुचिकर हुनेछ ।

हामी समाजको निर्माणमा उद्यत छौ । समाजवादका विरुद्ध पुँजीवादी प्रवक्ताहरु पनि विचारधारात्मक संघर्षमा लिन छन् । यस्तो संघर्षको क्रममा उनीहरु धेरैजसो के तर्क दिन्छन् भने समाजवादमा वा समाजवादको निमार्ण कालमा राज्यको हितका लागि व्यक्तिलाई बलि दिइन्छ । म केवल सिद्धान्तको आधारमा मात्रै यस तर्कको प्रतिवाद गर्दिन , बरु यसको प्रतिवादमा क्युबाली अनुभवजन्य तथ्यहरुसमेत प्रस्तुत गर्नेछु र त्यसमा केही सामान्य खालका टिप्पणीहरु जोड्नेछु ।

सबै भन्दा पहिलो मोटामोटी रुपमा म सत्तामाथि अधिकार जमाउनु भन्दा अगाडि र पछाडिको आफ्नो क्रान्तिकारी संघर्षको इतिहासको रुपरेखा प्रस्तुत गर्नेछु ।

हामी सबैलाई थाहा छ , क्रान्तिकारी संघर्षको शुरुवात २६ जुलाई १९५३ मा भएको थियो , जुन संघर्ष पहिलो जनवरी १९५९ मा चरम उत्कर्षमा पुगेको थियो । २६ जुलाईको दिन बिहान सबेरै ओरियन्टे प्रान्तको मोन्काडो सैनिक छाउनिमाथि फिडेल क्यास्त्रोको नेतृत्वमा रहेको एउटा समुहले आक्रमण गरेको थियो । त्यो आक्रमण असफल भएको थियो । यो असफलता ठुलो विपत्ति साबित भयो । जीवित रहनु भएकाहरुलाई बन्दी बनाइयो । आम माफीको क्रममा मुक्त भएपछि उहाँहरुले फेरि शुरुदेखि नयाँ ढंगले क्रान्तिकारी संघर्षको सुत्रपात गर्नुभयो ।

यही प्रक्रियाको क्रममा व्यक्ति नै आधारभुत तत्वको रुपमा रहेको थियो , जुन प्रक्रियामा समाजवादको बीऊमाात्रै रहेको थियो । व्यक्तिकै रुपमा देखापर्ने भएका यही विशिष्ट र एक्लो खास नामधारी व्यक्ति नै हाम्रो विश्वासनीय मनुष्य बन्नुभयो । र उहाँलाइ सम्पिएको जिम्मेवारीको सफलता वा असफलता उहाँकै कार्य क्षमतामाथि निर्भर थियो ।

त्यसपछि छापामार युद्धको चरण आयो । यस युद्धलाई दुई भिन्ना भिन्नै वातावरण अन्र्तगत विकसित गरियो । ती दुई भिन्ना भिन्नै वातावरणमा एकातिर जनता थिए , अर्काे तिर छापामारहरु , त्यसबेलासम्म जनता अचेतन भीडको रुपमा थियो जसलाई एकजुट पारी परिचालन गर्नुु जरुरी थियो । अर्काे तिर छापामारहरु क्रियाशील थिए । जनताका अगुवाका रुपमा जनपरिचालनको प्रकृयालाई अगाडि बढाउने इन्जिनको रुपमा , क्रान्तिकारी चेतना र जुझारु उत्साहकका जनकका रुपमा विजयका लागि आवश्यक आत्मगत स्थिति सृर्जना गर्ने उत्प्रेरक शक्ति पनि यहिँ अगुवा दस्ता थियो ।

म यहाँ फेरि पनि जोड दिएर भन्छु , हाम्रो विचार शक्तिलाई सर्वहारा रुप दिने कार्यमा हाम्रा बानी व्यहोराहरु र हाम्रा मन मस्तिष्कहरुमा भइरहेको क्रान्तिमा यही व्यक्ति नै आधारभुत तत्वको रुपमा रहेको थियो ।

क्रान्तिकारी शसस्त्र सैन्य शक्ति अन्तर्गतका माथिल्ला पदहरु पाउने सियरा माइस्त्राका प्रत्येक योद्धाहाहरुले विशिष्ट काम गर्नुभएको थियो । हो, यस्तै विशिष्ट र स्मरणीय कामहरुकै आधारमा उहाँहरुले ती पदहरु पाउनु भएको थियो । पहिलो वीरतापुर्ण कालमा यिनै व्यक्तिहरुले महानतम् जिम्मेवारी र विशाल जोखिमहरुले भरिएका कर्तव्यहरु आफ्नो काँधमा लिई फत्ते गर्नुभयो । आफ्ना कर्तव्यहरु पालना गर्नुलाई नै उहाँहरुले परम सन्तोष प्राप्तिको बाटोको रुपमा लिनुभयो , अन्य केही पुरस्कारका आशा गर्नु भएन ।

हाम्रो क्रान्तिकारी शैक्षिक कार्यमा हामी सधै नै यही शिक्षाप्रद विषयबारे बारम्बार चर्चा परिचर्चा गर्ने गछौ । हाम्रा योद्धाहरुको मनोवृत्ति र आचरणमा हामी भविष्यको नवमानवको झलक देख्न थालेका छोै ।

हाम्रो इतिहासको अन्य कालखण्डमा क्रान्तिकारी उद्देश्यप्रतिको सम्पुर्ण लगनशीलताले भरिपुर्ण कार्यहरुलाई दोहो¥याइएको छ । अक्टोवर संकट र फ्लोराको तूफानको समयमा हामीले सम्पुर्ण जनसमुदायद्धारा गरिएका अनौठो वीरतापुर्ण र उत्तम बलिदानीपुर्ण कार्यहरु देखेका छौ । विचारधारात्मक दृष्टिकोणले हेर्ने हो भने दैनिक जीवनका यस्ता वीरतापुर्ण कार्य एवं मनोवृत्तिहरुलाई श्रृखलाबद्ध र स्थायी बनाउने बाटोको खोजी गर्नु नै हाम्रा आधारभुत काम कर्तव्यहरुमध्ये एक हो । सन् १९५९ मा क्रान्तिकारी सरकारको स्थापना भयो , त्यसमा गद्दार पुँजीपति वर्गका अनेक प्रतिनिधिहरु पनि सहभागी भए । शक्तिको आधारभुत तत्वको रुपमा रहेको विद्रोही सेनाको उपस्थितिले क्रान्तिकारी सत्ताको दिगोपनाको प्रत्याभुति दिएको थियो ।

पछि गएर गम्भीर अन्तरविरोधहरु विकसित भए । ती अन्तरविरोधहरुको हल गर्ने प्रक्रिया सर्वप्रथम तब शुरु गरियो , जब ७ फेबु्रअरी १९५९ मा फिडेल क्यास्त्रोले प्रधानमन्त्रीको पद ग्रहण गरी सरकारको नेतृत्व सम्हाल्नु भयो । यस प्रक्रियाको अन्त्य तब भयो , जब त्यसै वर्षको जुलाई महिनामा जनताको ठुलो दवाववश राष्ट्रपति उरतियाले राजीनामा दिनुभयो ।

जनइच्छाहरुको सम्पुर्ण र स्पष्ट रुपरेखा

अब क्युबाको क्रान्तिको इतिहासमा स्पष्ट रुपले परिभाषित नख शिख र रुपरेखासहिच एउटा नयाँ बहुमुखि पात्र चरित्रको उदय भयो । त्यो पात्र र चरित्र हो जनता हो जनता जो इतिहसको मंचमा सुव्यवस्थित रुपले बारम्बार उदाइरहन्छन् । के दाबी गरिन्छ भने यो बहुमुखी चरित्र भएको जनता भनेको समान श्रेणीका तत्वहरुको कुलजोडमात्रै हो । यिनीहरुले पाल्तु भेडा बाख्राहरुले जस्तै व्यवहार गर्छन् । तर यथार्थ के होभने जनता भनेको समान श्रेणीका तत्वहरु होइनन् न त भेँडा बाख्राहरु नै हुन् । बरु उनीहरुमाथि प्रभुत्व जमाइरहेको राज्य व्यबस्थाले उनीहरुलाई एउटै श्रेणीमा भेँडा बाख्रालाइै जस्तै कोचेर राखेको कारणले मात्र त्यसो देखिएको हो ।

के कुरा चाहि सत्य हो भने जनताले विना कुनै दुविधा , विनाकुनै हित्किचाहवाट आफ्ना नेताहरुको अनुसरण गर्दछन् , विशेष गरि फिडेल क्यास्त्रोको तर जुन विशाल परिमाणमा उहाँले यसरी जनविश्वास आर्जन गर्नु भएको छ , त्यो निश्चित रुपमा जनताका इच्छा र आकांक्षाहरुको सही अभिव्यक्तिको कारणले संभव भएको हो । सार्वजनिक रुपमा घोषित बाचाहारु पुरा गर्नका लागि उहाँले गर्नुभएको इमान्दारीपुर्ण संघर्षको कारणले उहाँ त्यसरी जनविश्वास पुरा प्राप्त गर्न सफल हुनभएको हो ।

जनताले कृषि सुधारको अभियानका कामहरुदेखि लिएर राज्यका उधोग प्रतिष्ठानहरुको प्रबन्धसम्बन्धी कठिन जिम्मेवारीहरुमा अनुभवहरुबाट अगाडि बढे ,उनीहरु सी.आई.ए द्धारा सशस्त्र पारिएका डाँका डफ्फाको विरुद्ध चलाइएको संघर्षमा इस्पाताजस्तै मजबुत बने , अक्टोबर संकटको बेलामा उनीहरुले आधुनिक युगका सबैभन्दा महत्वपुर्ण परिभाषाअनुरुप बाँचे अनि आज उनीहरु समानवादको निमार्णको कामलाई निरन्तर रुपमा अगाडि बढाउन व्यस्त छन् ।

वस्तुलाई सतही ढंगले हेर्ने दृष्टिकोणबाट हेर्दा मनमा लाग्नसक्छ ः व्यक्तिलाई राज्यको अधिन मान्ने मानिसहरु नै सही हुन् कि के हो , हो निश्चित रुपमा जनताले अतुलानिय उत्साह र अनुशासनका साथ सरकारद्धारा निर्धारित कामहरुलाई पुरा गर्दछन् । ती कामहरुका स्वरुपहरु चाहे जस्तोसुकै नआऊन् चाहे ती कामहरु आर्थिक सांस्कृतिक , सुरक्षात्म र खेलकुदसम्बन्धी नै किन नओऊन् ।

हो निश्चित रुपमा यस्ता कामहरुको पहलकदमी साधारणतया फिडेल क्यास्त्रोलाई वा क्रान्तिको उच्च कमाण्डबाटै शरु हुन्छ , र ती कामहरुको बारेमा जनतालाई ब्याख्या गरेर बुझाइन्छ , अनि त्यसपछि जनताले त्यसलाई आफ्नै बोधको रुपमा लिन्छन् र पहलकदमी लिन्छन् । कहिलेकाही पार्टी र सरकारद्धारा विशिष्ट स्थानीय अनुभवहरुलाई लिइन्छन् र त्यही प्रक्रियाद्धारा ती अनुभवहरुलाई सामान्यीकरण गर्ने र कार्यरुप दिने काम गरिन्छन् ।

त्यसो हुँदाहुँदै पनि राज्यबाट कहिलेकाहि गल्तीहरु हुनजान्छन् । जब त्यस्ता गल्तीहरु हुन्छन् तब जनताबीच विद्यमान प्रत्येक तत्व र समुहरुमा परिमाणत्मक कमी आउछ । त्यसैले परिणमस्वरुप जनताको सामुहिक उत्साह ओह्रालो लाग्छ , र कामहरु थप्प हुन थाल्छन् । अनि अन्ततः निरर्थकताको सीमासम्म ती कामहरु संकुचित हुन थाल्दछन् । हो , गल्तीहरु सुर्धार्ने समय भनेको यही नै बेला हो । अनिबाल एसकालान्ते द्धारा पार्टीमाथि थोपरिएको संकीर्णतावादी नीतिको परिणमस्वरुप सन् १९६२ को मार्च महिनामा गल्ती हुनगएको थियो ।

नेतृत्व र जनसमुहबीच द्धन्दात्मक एकता

यसबाट स्पष्ट हुन्छ संवेदनशील उपाय र समझदारीपुर्ण कदमहरुको कडी बनाइ राख्नका लागि यस प्रकारका संयन्त्र कार्यविधिहरु मात्रै काफी छैनन् । यसका लागि जनतासँग अझ बेसी संरचनात्मक सम्वन्धको विकास गर्नु जरुरी छ । आगामी वर्षहरुमा हामीले यस सम्बन्धलाई अझ घनीभुत र विस्तृत पार्नु आवश्यक छ । तर अहिलेलाई भने सरकारका उच्च क्षेत्रहरुबाट पहलकदमीको सवालमा हामीले तत्काल आउने ठुल्ठुला समस्याहरुमाथि हुने प्रतिकृयाहरुप्रति दुबै कान खोलेर सुन्ने अनुभुतिमुलक उपाय नै प्रयोग गरिरहेका छौ ।

फिडेल क्यास्त्रो यस्तो उपाय प्रयोग गर्ने मामिलामा कुशल हुनुहुन्छ । जनतासँग एकाकार हुने उहाँको विशिष्ट तरिका छ । जुन तरिका कुशलतापुर्वक प्रयोग गरेर उहाँ कृयाशील रहनुभएको देख्दा उहाँको प्रशंसा नगरिरहन सकिन्न । ठुल्ठुला जनसभाहरुमा उहाँ भाषण होइन जनतासँग संवाद गर्नुहुन्छ । संवाद पनि त्यस्तो खालको संवाद जुन दुईवटा सुमधुर स्वरहरुको झंकारको रुपमा सुनिन्छ । मानौ यस्तो लाग्छ उहाँको र जनसमुहको प्रगाढ अन्तरक्रियाको कम्पनबाट अर्काे नयाँ झंकारको सिर्जना भइरहेको छ । फिडेल र जनसमुहबीच हुने झन् गहिरो र अर्थपुर्ण खालको संवाद यति मज्जासँग झङ्कृत हुन थाल्छ कि त्यो संवाद हाम्रो विजयघोष र संघर्षका नाराहरुको हुकारका रुपमा चरमविन्दुमा पुग्दछ ।

जुन जुन व्यक्ति क्रान्तिकारी अनुभवको बीच बाटोबाट अगाडि बढेका छैनन् उनीहरुका लागि व्यक्ति र जनसमुह बीचको घनिष्ठ द्धन्द्धात्मक एकताले भरिएको त्यस स्थति राम्ररी बुझ्न कठिन हुनेछ । त्यस्तो द्धन्द्धात्मक स्थितिमा व्यक्ति र जनसमुह दुबै अन्तरसम्बन्धित हुन्छन् अनि समग्ररुपमा व्यक्ति व्यक्तिहरु मिलेर बनेको जनसमुह पनि नेतहरुसँग अन्तरसम्बन्धित हुन्छ ।

पुँजीवाद अन्तर्गत पनि यस प्रकारको एकताको झलक कहिलेकाही देख्न पाइन्छ , विशेषगरि जनमत पनि परिचालन गर्ने क्षमता भएको राजनीतिज्ञहरु मंचमा देखा पर्दा यस्तो हुन्छ । तर त्यो परिचालनचाहि धेरैजसो साँच्चैको सामाजिक आन्दोलनसँग सम्बन्धित क्रियाकलाप हुँदैन । यदि त्यो सामाजिक आन्दोलन अन्तरर्गतको क्रियाकलाप भए त्यसलाई पुँजीवाद अन्र्तरगतको क्रियाकलाप भन्नु उपयुक्त हुदैन । त्यो परिचालन साँँच्चैको सामाजिक आन्दोलन नहुने हुनाले परिचालन कर्ताको जविनकालसम्म मात्रै त्यो अगाडि बड्छ त्यो पनि पँुजीवादी जीवनकालसम्म मात्रै त्यो बारेमा जनताबीच भ्रान्ति रहेसम्म मात्रै ।

पुँजीवाद अन्र्तगत व्यक्तिको जीवन एउटा त्यस्तो निर्मम र कठोर विधानले बाँधिएको हुन्छ , जुन सामान्यतया व्यक्तिको बोध क्षमताभन्दा अलि टाढै हुन्छ । घना एक्लोपनाको भारी बोक्दै त्यो व्यक्ति समग्ररुपमा एउटा त्यस्तो अदृश्य मुल्य विधानले व्यक्तिको जीवनका सबै पक्षहरुमाथि प्रभाव पार्छ त्यसैले उसको जीवनको बाटो तय गर्छ र उसको भाग्यको निर्माण गर्छ ।

पुँजीवादका विधानहरु अन्धा हुन्छन् र अधिकांश मानिसहरुका लागि अदृश्य हुन्छन् । तर तिनै विधानहरु व्यक्तिको मन मस्तिष्कभित्र पसेर , त्यस विषयसम्वन्धी उसको चेतनाविनानै क्रियाशील रहन्छन् । व्यक्तिले त पुँजीवादी क्षितिजको विशालता मात्रै देख्न पाउँछ , जुन हेर्दाखेरी अनन्तजस्तो देखिन्छ । पँुजीवादी प्रचार माध्यमहरुले विलकुल यसरी नै सफलताको कथा प्रस्तुत गर्छन । सफलताका संभावनाहरुलाई व्यक्त गर्नका लगि तिनीहरुले रकफेलरको कथालाई सिक्नुपर्ने पाठको रुपमा प्रयोग गर्छन् चाहे त्यो सफलता झुठो होस् कि साचो । एक रकफेरको कथा सिर्जना हुन कति अभावहरु कति गरीवीहरु र कति पीडाहरुको संचयको आवश्यकता हुन्छ भन्ने कुरा त्यस सफलताको प्रस्तुतिमा छोएको पनि हुदैन । एक रकफेलरको अपार धन सम्पत्तिको निर्माणका लागि कति धेरै नीचता र उत्पीडनहरुको विशाल योगदान जरुरी हुन्छ भन्ने वास्तविकता पनि त्यस सफलताको कथाबाट गायब गरिएको हुन्छ । र जनताबीच क्रियाशील शक्तिहरुसँग त्यस्ता झुठा कथा र धारणाहरुलाई चिरेर वास्तविकता प्रष्ट्याउन सक्ने क्षमता सधै हुन्छ भन्ने कुरा पनि भएन नि ।

यसै सन्दर्भमा यहाँ दुई तिनवटा पक्षलाई अध्ययनको विषय बनाउनु जरुरी हुनसक्छ , जस्तो पराधीन देशहरुका जनतामाथिको शोषणप्रति अलिकति सम्मति हुने भएकाले साम्राज्यवादी देशहरुका मजदुरहरुले कसरी अन्तराष्ट्रिय वर्गीय भावना विस्तारै विस्तारै त्यागिरहेका छन् । त्यसैको परिणामस्वरुप आफ्नै राष्ट्रिय पुष्ठभुमिमा ती देशका जनताको जुझारु भावना कसर िकमजोर र नष्ट हुँदै गइरहेको छ ? तर ती विषयहरु वर्तमान टिप्पणीको सीमाभन्दा बाहिर भएकाले यसलाई यही रोक्छु ।

पुँजीवादमा जुनसुकै मामिलामा पनि हामीले सफलताको लक्ष्यसँग जोडिएको एउटा अवरुद्ध बाटो देख्छौ ,जुन बाधा व्यवधानले भरिपुर्ण हुन्छ । त्यो बाटोबाट लक्ष्यसम्म पुगी सफल हुनका लागि आवश्यक पृष्ठभुमि , ल्याकत र गुणहरुले सम्पन्न व्यक्तिले मात्रै हिँड्न सक्छ । त्यसमा इनामको झलक निकै टाढा टाढामात्रै देखिन्छ र बाटो एकलास र निर्जन देखिन्छ । त्यसमाथि यो बाटोमा मात्रै आफु लक्ष्यसम्म पुग्न सकिने दौड हो यो ।
अब म समाजवादको निमार्णसँग सम्बन्धि घटनाक्रमका नायकलाई यसका अद्भुत र मार्मिक नाटकका अभिनेताको रुपमा रहेको व्यत्तिलाई परिभाषित गर्ने प्रयत्न गर्नेछु । जसको दोहोरो अस्तित्व समाजका सदस्यका र अर्काे बेजोड व्यक्तिका रुपमा ।

मलाई लाग्छ , त्यस व्यक्तिको अनिर्मित गुणको पहिचान गर्नु र त्यसलाई मान्यता प्रदान गर्नु नै सबैभन्दा धेरै , सजिलो र सोझो तरिका हुन सक्छ । हो , त्यो व्यक्ति अहिलेसम्म पनि अधुरो र अपरिष्कृत सिर्जना हो । वैयक्तिक चेतनाभित्र विगत कालका कमी कमजोरीहरु वर्तमानमा विधमान रहिरहेका हुन्छन् । तिनलाई उन्मुलन गर्नका लागि अविराम प्रयासको आवश्यकता छ । यो प्रक्रियाअन्तर्गत दुईवटा पाटाहरु हुन्छन् । एकातिर परोक्ष र प्रत्यक्ष शिक्षाद्धारा समाज व्यक्तिमाथि क्रियाशील हुन्छ भने अर्काेतिर व्यक्ति स्वयं पनि आत्म शिक्षाको सचेत प्रतिक्रियाद्धारा अगाडि बढ्छ ।

चेग्वाभारा, समाजवादको सपना पुस्तकबाट 

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations