बिशेस समाचार

प्यूठान २ मा रोज राणा सर्वसम्मत हुने पक्कापक्की

HOT NEWS       ,

काठमाडौं, असोज १९ । नेपाली कांग्रेस प्यूठानले क्षेत्र नम्बर २ बाट प्रदेशसभाको निर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

आगामी मंसिरमा हुने निर्वाचनका लागि सो क्षेत्रबाट सिफारिस भएकामध्ये रोज राणा पहिलो स्थानमा रहेका छन् । कलाकार राणा चलचित्र क्षेत्रमा सफल निर्माताका रुपमा पहिचान बनाएका व्यक्ति हुन् । कला क्षेत्रसँगै राजनीतिक क्षेत्रमा पनि राणा उत्तिकै सक्रिय छन् ।

प्यूठान क्षेत्र नम्बर २ मा अत्यन्त लोकप्रिय युवा नेता राणाको विजय निश्चित भएसँगै उनको नाम एक नम्बरमा सिफारिस गरिएको हो ।

राणासँगै सिफारिस भएका नामहरुमा प्यूठान जिल्ला सभापति अम्बर भण्डारी र कांग्रेस प्यूठानको पूर्वजिल्ला सभापति शालिकराम पण्डितको नाम पनि सिफारिस गरिएको प्यूठान कांग्रेसले जनाएको छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations