बिशेस समाचार

जनयुद्धकालिन शैलीमा नेकपा अछामको स्कूलिङ, एकल महिलाको घर निर्माणमा जनश्रम

HOT NEWS       ,

मंगलसेन, असोज ५ : नेपाल कम्युनिस्ट पार्टी अछामको राजनीतिक प्रशिक्षण सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाको कुन्ति बण्डालीमा असोज १ गतेदेखि संचालन भएको उक्त प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

पार्टीको केन्द्रीय कार्यक्रमअनुसार सेती ब्यूरोले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा वैज्ञानिक समाजवाद, राजीतिक, अर्थशास्त्रका साथै पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिबारे प्रशिक्षण दिइएको नेकपा अछामले बताएको छ ।

जनयुद्ध शैलीमा कुन्तिबण्डालीको भट्टे लेकमा सम्पन्न प्रशिक्षण कार्यक्रममा जिल्ला सदस्यहरु, जनवर्गिय संगठनका प्रमुखहरु र जिल्ला पार्टीका सल्लाहकारहरुको सहभागी भएका थिए ।

सेती ब्यूरो स्कूलिङ विभाग प्रमुख डबल बहादुर शाह प्रमुख अतिथि रहेको प्रशिक्षण कार्यक्रमको अध्यक्षयता जिल्ला सेक्रेटरी केवी बडुवालले गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा सहभागी सबै एक दिने जनश्रम गरेका थिए । मंगलसेन नगरपालिका–१ स्थित कुन्ति बण्डाली निवासी दिलु थापाको घर निर्माणमा जनश्रम गरेको जिल्ला कमिटी सदस्य निरक शाहीले जानकारी दिए ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations