बिशेस समाचार

देश-विदेशका कबड्डी खेलाडीहरु रंगशालामा भिड्दै

HOT NEWS       ,

काठमाडौं ,असोज ४: भोलिबाट अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिता काठमाडौँमा हुने लागेको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा असोज ५ गतेदेखि ७ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको छ ।

आगामी असोज ५ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंका गरी दक्षिण एसियाका चार राष्ट्रले प्रतिष्पर्धा गर्ने जनाइएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आयोजना हुने उक्त प्रतियोगिता ‘राउण्ड रोबिन लिग’को आधारमा हुने छ । सम्पूर्ण खेलको समाप्तीपछि अंक तालिकाको शिर्ष स्थानमा रहने टोली च्याम्पियन घोषित हुने छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations