बिशेस समाचार

उत्पादन नेपाली, ब्रान्ड इन्डियन

HOT NEWS       ,

काठमाडौं, असोज ४ :‘डेढ सयमै सर्टको कपडा १ स्वेटर पनि तीन सयमै पाइने १ु बानेश्वर निवासी दोलखाकी मनिषा कोइराला नेपाली कपडा मेलामा मूल्य सुनेर छक्क परिन् । बजारमा महँगो मूल्य तिरेर किन्दै आइरहेका लुगा भृकुटीमण्डपको मेलामा सोचेभन्दा कम मूल्यमा भेटिए । यही कपडा बजारमा इन्डियन भन्दै व्यवसायीले दोब्बर तेब्बर मूल्य असुल्छन् । गुणस्तरीय भएर पनि महँगोमा बिक्री गर्न इन्डियन कपडा भनिन्छ ।

अढाई सयमा टिसर्ट, तीन सयमा सर्ट र दुई सय तीसमा चोलीको कपडा भेटेपछि कोइरालाले घरका सबैलाई एक÷एक जोर किनिन् । मेलामा कपडाको मूल्य सुनेर छक्क पर्ने कोइराला एक्ली पात्र होइनन्, मेला अवलोकन गर्ने अधिकांश उपभोक्ता नेपाली लुगा र मूल्य देखेर छक्क परेका थिए । ‘नेपालमा गुणस्तरीय र आकर्षक कपडा बन्छन्, त्यही कपडा बजारमा इन्डियन भनेर बिक्री गरिन्छु रिलायन्स स्पिनिङ मिलका सञ्चालक शशिकान्त अग्रवालले भने, ‘हामी ब्रान्डिङमा चुक्यौं, ब्रान्डिङ गर्न नसक्दा रिटेलरले इन्डियन भन्दै बिक्री गर्छन् ।ु

नेपाली कपडाको ब्रान्डिङ नहुँदा उपभोक्तामा विश्वास छैन । नेपाली कपडा भन्नेबित्तिकै नाक खुम्च्याउने प्रवृत्ति अझै छ । तर, त्यही कपडा इन्डियन भनेपछि ग्राहकले खुसी भएर किन्ने गरेको प्रगति टेक्सटाइल्स उद्योगका प्रबन्ध निर्देशक जीतेन्द्रकुमार लोहिया बताउँछन् । खुद्रा व्यवसायीले नेपाली कपडा भनेर बिक्री नगरिदिँदा ब्रान्डिङ हुन नसकेको व्यवसायीको गुनासो छ ।
बजारमा नेपाली कपडा भनेपछि सस्तोमा बिक्री गर्नुपर्छ । तर, इन्डियन कपडा भनेपछि सयको तीन सय लिन सकिन्छ । ‘नेपाली कपडा डेढ सय पर्नेलाई इन्डियन भनेर पाँच सयमा बिक्री गरेको पनि देखेका छौुं लोहिया भन्छन्, ‘यो देख्दा चित्त दुख्छ, तर हामी केही गर्न सक्दैनौं ।ु ब्रान्डिङमा नगए नेपाली कपडा उद्योगले विकास गर्न सक्दैन, समस्या खुद्रा व्यवसायीको हो । यदि खुद्रा व्यवसायीले नेपाली कपडा भनेर उपभोक्तालाई बिक्रीमा ब्रान्डिङ भइहाल्छ । नेपाली कपडा आयातित इन्डियन कपडासरह गुणस्तरीय रहेको व्यवसायीको दाबी छ ।

प्रगति टेक्सटाइल्सले कपडा उत्पादन सुरु गरेको २६ वर्ष नाघिसक्यो । अहिलेसम्म ब्रान्डिङमा जान सकेको छैन । बजारमा खुद्रा व्यवसायीले इन्डियन कपडा भनेर बिक्री गरिदिन्छन् । प्रगति ब्रान्डिङमा जान प्रयास नगरेको पनि होइन, तर बजारमा नेपाली भनेर बिक्री गर्न नसकिने अवस्था देखियो । विगतमा अरु २÷३ उद्योग ब्रान्डिङमा जान खोजेका थिए, उनीहरू पनि सफल हुन सकेनन् ।

‘हाम्रो कपडा उच्च गुणस्तरको छ, यो हामी दाबीका साथ भन्न सक्छौं, तर कपडामा ब्रान्ड खुलाउन सक्दैनौुं लोहियाले भने, ‘प्रगति टेक्सटाइल्स मेड इन नेपाल लेखेमा रिटेलरले बिक्री गर्नै छाडिदिन्छन् ।ु ब्रन्डिङ गर्न महँगो पर्छ, यसका लागि मार्केट पनि हुनुपर्ने व्यवसायीको तर्क छ । तर, नेपालमा विस्तारै टेक्सटाइल्स उद्योग ब्रान्डिङमा जानुपर्नेमा सबै व्यवसायी एकमत छन् । धेरैजसो होजियारी उद्योग ब्रान्डिङमा गइसकेका छन् ।

नेपालमा चारवटा धागो उद्योग सञ्चालनमा छन् । सानो÷ठूलो लगानीका हजारभन्दा बढी टेक्सटाइल उद्योग छन् । अधिकांश उद्योगले कपडामा लेबल राख्दैनन् । ‘नेपाली प्रोडक्टलाई इन्डियन भनेर बिक्री गर्ने सोच राख्नु हुँदैन, मेरो आफ्नै माल भनेर बिक्री गर्न सक्नुपर्छु धागो उत्पादक संघका सचिव उत्तम गौतमले भने, ‘नेपाली कपडा गुणस्तरीय छन्, ब्रान्डिङ गर्न सकिएमा समग्र नेपाली कपडा उद्योगको विकास हुन्छ ।ु

नेपालमा चारवटा उद्योगले वार्षिक ४५ हजार मेट्रिक टन धागो उत्पादन गर्छन् । उत्पादित धागोमध्ये ८० प्रतिशत भारतलगायत मुलुकमा निर्यात हुन्छ । ‘नेपाली धागो इन्डियामा गएर कपडा बनेर नेपाल भित्रिँदा राम्रो भन्ने, त्यही धागोबाट स्वदेशमै कपडा बनाउँदा नराम्रो कसरी हुन्छ रु ु गौतमले भने, ‘हामीले बिक्रेता र उपभोक्ताको सोचाइमा व्यापक परिवर्तन गर्नुपर्ने देखिन्छ ।ु
नेपाली धागो टर्की पुग्छ । त्यही धागोबाट बनेको कपडा नेपालमा महँगो मूल्यमा भित्रिन्छ । नेपाली दौरा सुरुवालको कपडा इन्डियन भनेर बिक्री भइरहेको छ । नेपाली दौरा नौ सयको हाराहारीमा पर्छ, इन्डियन भन्नेबित्तिकै न्यूनतम १५ सयदेखि २५ सयसम्ममा बिक्री हुन्छ । नेपाली कपडाप्रति उपभोक्ताको आकर्षण कति रहेछ भनेर बुझ्न मेला काफी थियो । कपडा मेलामा ग्राहकको भीड देखेर ब्रान्डिङमा जान उत्साहित बनाएको लोहियाले बताए ।

मेलामार्फत नेपाली उत्पादनप्रति उपभोक्तालाई सचेत गराउने उद्देश्य राखेको रिलायन्सका सञ्चालक अग्रवालले बताए । ‘नेपाली कपडा गुणस्तरीय र सस्तो छ, तर खुद्रा व्यवसायीले उपभोक्तालाई भ्रममा पारिरहेका छन्ु उनले भने, हामी मेलामार्फत उपभोक्तालाई विश्वस्त बनाउन खोजिरहेका छौं ।ु नेपाली कपडाप्रति उपभोक्तालाई विश्वस्त गराउन मेला उपयोगी हुने देखिएको छ ।

नेपाली जुत्ता पनि सुरुवाती समयमा विदेशी ब्रान्डमा बिक्री गरिन्थ्यो । मेला महोत्सवमार्फत जवरजस्त रूपमा नेपाली जुत्ताप्रति उपभोक्ताको विश्वास आर्जन गर्ने काम भयो । अहिले नेपाली ब्रान्डमा जुत्ता बनाउन प्रतिस्पर्धा चलेको देखिन्छ, उपभोक्ता पनि नेपाली जुत्ताप्रति पूर्ण विश्वस्त भइसकेका छन् । नेपाली जुत्तामा जस्तै कपडामा पनि उपभोक्तालाई विश्वस्त बनाउनुपर्ने अग्रवाल बताउँछन् ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations