बिशेस समाचार

‘भ्रष्टाचारीका कमाण्डर’ चुडामणि शर्माको घरमा सिलिण्डर बम बिस्फोट !

HOT NEWS       ,

काठमाडौँ ,असोज २ : महाभ्रष्टाचारीको उपमा पाएका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फर्छ्यौट आयोगका सदस्य चुडामणि शर्माको घरमा विस्फोट भएको छ ।

बूढानीलकण्ठमा रहेको बंगलामा सोमबार विहानै अज्ञात समूहले सिलिण्डर बम विस्फोटको प्रयास भएको छ ।
विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको जनाइएको छ । घटना स्थलमा विद्युतीय तार र अन्य केही बस्तु फेला परेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शर्माले कर फर्छ्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । शर्मालाई गैरकानूनी तवरले पक्राउ गरिएको भन्दै सर्वोच्चले थुना मुक्ता गर्न आदेश दिएको थियो ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations