बिशेस समाचार

धुमधामका साथ देशभर विश्वकर्मा पूजा गरिदैँ

RECENT NEWS       ,

काठमाडौं, असोज १: आश्विन संक्रान्तिका दिन आज पूजाआजा गरी विश्वकर्मा दिवस देशभर धुमधाम मनाइँदै छ। आजको दिनलाई विश्वकर्मा पूजाका साथै वास्तु दिवसका रुपमा पनि मनाइने गरिएको छ। कालिगदले विश्वकर्मालाई विशेष महत्व दिने भएपनि फलामसँग सम्बन्धीत सबैले विश्वकर्माको पूजाआजा गर्ने गर्दछन्। आजको दिन फलाको पूजा गर्दा फलाम दिगोरुपमा सञ्चालन हुने र लाभ पनि मिल्ने जनविश्वास छ।

आजको दिनलाई द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारकाु बनाइ लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारकाु को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए।
प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारकाु अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ।
यही सम्झनामा नेपालमा आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गर्छन्। विश्वकर्मा बाबालाई विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गरिन्छ। आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन्।
यसैबीच शील्पका देउता भगवान विश्वकर्माको जनकपुरमा भव्यताका साथ पूजा गरी मनाउने चलन छ। जनकपुरमा उद्योग, कलकारखाना, सुनचाँदी व्यवसायी र शिल्पकारहरुले विश्वकर्मा भगवानको माटोको प्रतिमानै स्थापना गरि पुजा गर्ने गर्दछन्। विशेषगरी यहाँको सोनारपट्टीमा विश्वकर्मा पुजा भव्य हुने गर्दछ। प्रतिवर्ष सुनचाँदी व्यवसायी संघको अगुवाईमै विश्वकर्मा पुजाको आयोजना गर्ने गरिन्छ।
भगवानहरुको शिल्पकारको रुपमा मान्यता पाएका विश्वकर्माको पुजाआजा गरियो भने औजार, मेशिन र सवारी साधनहरुमो बढोत्तरी हुने जनविश्वास छ। यस पुजाको लागि जनकपुरका मुर्तिकारहरुले माटोको प्रतिमाहरु बनाएर बिहानै पुजागर्नेहरुले मुर्ति लग्ने मुर्तिकार रामलोचन पंडितले बताए। यसपलि असोज २ को निर्वाचनका कारण विश्वकर्मा पूजाको लागि बढि मुर्तिको डिमान्ड नआएको पंडितले सुनाए।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations