बिशेस समाचार

रोनाल्डोले दुई गोल हानेसँगै रियल मड्रिडको विजय सुरुवात

RECENT NEWS       ,

काठमाडौँ । रियल मड्रिडले अपोल निकोसियालाई हराएर आफ्नो विजय सुरुवात गरेको छ । साविकको विजेता मड्रिडले च्याम्पियन्स लिग फुटबलको यो सिजनमा पनि विजयी सुरुवात गरेको हो ।

बुधबार रातिदेखि सुरु भएको यो सिजनको समूह चरणको खेलमा समूह ‘एच’ मा रहेको युरोपियन च्याम्पियन रियल मड्रिडले साइप्रसको क्लब अपोल निकोसियालाई ३–० ले हराएको हो ।

रियल मड्रिडको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा सर्जियो रामोसले एक गोल गरे । १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । पहिले हाफमा १–० को अग्रता लिएको रियल मड्रिडले दोस्रो हाफको सुरुमा नै पेनाल्टीको अवसर पायो । ५१ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत व्यतिmगत दोस्रो गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर पारे । ६१ औं मिनेटम रामोसले गोल गरेपछि रियल मड्रिडले ३–० को जित निश्चित र्गयो । घरेलु मैदानमा भएको खेलमा जित निकाल्दै जिनेदिन जिदानको टिम रियल मड्रिडले महत्वपूर्ण तीन अंक जोडेको छ ।

समूह ‘एच’ अन्तर्गतकै खेलमा इंग्लिस क्लब टोटनह्यामले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई ३–१ ले हरायो । टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा सन हेङ–मिनले एक गोल गरे । बोरुसियाका लागि एण्ड्री यार्मोलेन्कोले एक गोल फर्काए । खेलको इन्जुरी समयमा ज्यान भेर्टोनग्हेन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटनह्याम १० खेलाडीमा सीमित भएको थियो । जितपछि टोटनह्यामको पनि तीन अंक नै भएको छ । तर गोल अन्तरका आधारमा टोटनह्याम दोस्रो स्थानमा छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations